Syandai
Replies to this thread:

More by Syandai
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

asha1
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 तपाईँले आज सपनामा के देख्नु भो? सपनामा देखेको कुरा बिपनामा यस्तो हुन सक्छ। - गुरु केदार बरालको संकलन
[VIEWED 31303 TIMES]
SAVE! for ease of future access.
Posted on 08-26-10 10:30 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


सपना



फल


आकाशमा मास्तिर उड्नु टाढा-टाढाको यात्रा गरिन्छ, जसले लाभ हुन्छ ।
आकाशमा उड्नु लाभ हुन्छ ।
आकाशबाट झर्नु समाजमा बेइज्जती हुन्छ ।
आकाश देख्नु प्रतिष्ठा मिल्छ, सरकारबाट धेरै धन प्राप्त हुन्छ ।
आकाशमा बादल देख्नु सरकारको कृपा हुन्छ, व्यवसायमा वृद्धि हुन्छ ।
पानी पर्नु बिरामी पर्ने या जाल फरेबमा फसिने सूचना हो ।
पानी एकै ठाउँ परिरहनु परमात्माको कृपाले अन्न सस्तो हुने सूचना हो ।
बिजुलीका साथ पानी परेको देख्नु बिरामी भए निको होइन्छ, ऋण भए फच्चे हुन्छ ।
जमीनसम्म देख्नु दौलत मिल्छ ।
जमीनमा जोतेको, छरेको, रोपेको देख्नु संसारका हरेक काम पूरा हुन्छ । जीवन आरामले बित्छ ।
आकाशका धूलो वा आँधी देख्नु त्यस देशमा लडाइँ वा तूफान हुने सूचना हो ।
बिजुली देख्नु मालदार हुइन्छ ।
जमीनमा मिल्नु वरवाद होइन्छ, फरेबमा फसिन्छ ।
जङ्गलमा हिँड्नु धार्मिक उन्नति गर्छ, आफ्नु धर्ममा जीवनभर रहन्छ ।
जङ्गलमा खानु पिउनु धेरै धन मिल्छ या धन प्राप्त गर्न परिश्रम गर्छ ।
माटो खानु धेरै धन मिल्छ, अथवा बेइज्जत हुन्छ ।
माटोमा हिँड्नु धनी होइन्छ ।
ईनार खन्नु आम्दानीको वृद्धि हुन्छ या व्यापारबाट लाभ हुन्छ, दुनियाँले तिमीबाट लाभ पाउँछ ।
इनारबाट सिँचाइ गर्नु आफ्नु धनबाट केही परमात्माको काममा पर र्सार्छ, दीन-दुःखीलाई मद्दत गर्छ ।
इनारबाट पानी निकालेर कुनै रुखमा हाल्नु दीन वा दुःखीहरुको सेवा गर्छ ।
इनारबाट पानी पियाउनु साधु वा महात्माको सेवा गर्छ ।
इनारबाट पानी निकाल्नु आम्दानीमा वृद्धि हुन्छ ।
इनारमा झर्नु मुसीबतमा फसिन्छ, शोक वा सन्तापमा परिन्छ ।
इनारबाट निस्कनु जिन्दगी आसानीसँग बित्छ या हरेक ठाउँमा सफलता प्राप्त हुन्छ ।
पानीमा हिँड्नु कुनै राजालाई प्रशन्न पार्छ, अन्धाधुन्ध उन्नति गर्छ ।
खोलामा बाढी देख्नु रीस या मुसीबतको सूचना हो ।
नदीमा अँध्यारो देख्नु परेशान हुइन्छ, पागल बनिन्छ, शोक पर्छ ।
सोतो तर्नु मरण नजीकिएको निशानी हो ।
नदी या कुलोमा नुहाउनु कुनै खुसीको कुरो हुन्छ, बिरामी निको हुन्छ, पाप कर्म छोडिदिन्छ ।
भुसमा भासिनु मुसीवत या शोकमा फस्नुपर्ने सूचना हो ।
कुलाको फोहोर पानी पिउनु कुनै रोगमा फस्ने सूचना हो ।
कुलोलाई अर्कातिर बगाउनु शोक वा मुसीबत हटेर खुसी हुइन्छ ।
हौज देख्नु कुशल जीवन व्यतीत हुन्छ वा नोकरी वा व्यवसायमा लाभ हुन्छ ।
नाउ देख्नु शोक वा दुःखबाट छुट्छ । राजाको आज्ञाको दण्डबाट छुट्छ ।
नाउमा चढेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार हुन्छ, थोरै दिनपछि छुट्छ ।
नाउबाट सुखा भुइँमा उत्रनु दुश्मन विजय प्राप्त हुन्छ, अगाध दौलत मिल्छ ।
नाउलाई सुखा मैदानमा देख्नु मुसीबत आउँछ, भारी शोकमा प्राप्त हुइन्छ ।
जमीनमा केही बनाउनु असल दिलको हुइन्छ ।
ताराको चमक देख्नु राजाको कृपाले लाभ हुन्छ, परिवार बढ्छ ।
तारा समूहलाई अति चम्किलो देख्नु देश धनी हुन्छ, देशको शासनव्यवस्था राम्रो हुन्छ; संसारमा त्यो देशको प्रतिष्ठा बढ्छ ।
तारा निल्नु चोरी गर्छ र तकलीफमा फस्छ ।
तारालाई हातमा लिनु गुणवान् छोरी जन्मिन्छे या कसैबाट लाभ हुन्छ ।
नाउसहित आफूलाई डुबेको देख्नु राजाज्ञाको अपराधमा गिरफ्तार भएर कैद हुइन्छ ।
पहाड देख्नु शत्रुमाथि विजय प्राप्त हुन्छ ।
पहाडमा हिँड्नु इज्जत मिल्छ, धेरै धन पाइन्छ ।
पहाडको मालिक हुनु कुन ठूलो व्यक्तिको मालिक हुइन्छ या आफ्नु शत्रुलाई परास्त गरेर वशमा बसाइन्छ ।
पहाडमा लडेको देख्नु कसैलाई हैरान पार्छ या कुनै दुष्टलाई नाश गर्छ ।
पहाडमा बाटो हिँडिरहेको देख्नु धैर्यवान् वा साहसी हुइन्छ ।
पहाडमा प्वाल पार्नु कसैसँग जालसाँजो गरिन्छ ।
पहाडमा चढ्नु अगाध उन्नति हुन्छ । दौलत हात लाग्ने निशानी हो ।
फूल देख्नु प्रेमी/प्रेमिका मिलन
पान खानु स्त्री प्रसङ्ग (यौनसम्बन्ध) हुने
पिँजडा देख्नु जेल-नेल पर्ने ।
हरियो वन देख्नु शुभ समाचार मिल्ने ।
सुख्खा वन देख्नु चिन्ता हुने ।
चन्द्रमा प्रतिष्ठा मिल्ने ।
ग्रहण आपत पर्ने  ।
खाना बनाउनु सन्तान बिरामी हुने ।
सुन पाउनु धन जाने, हानी हुने ।
र्सप मार्नु कष्टबाट छुटकरा पाउने
हस्ताक्षर गर्नु धनहानि हुनु ।
बिरालोले टोक्नु दर्घटना पर्ने तर
Last edited: 26-Aug-10 10:32 PM

 
Posted on 08-26-10 11:20 PM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 


स्यानदाइले मेरो केही जिज्ञासाहरुको उत्तर दिनुहुन्छ र मेरो सन्देश गुरु केदार बरालसम्म पुर्याइ दिनुहुनेछ भन्ने आशा गर्दछु:

१। गुरु केदार बरालले यो सबै सपनाको फलहरुको संकलन कहाँबाट गर्नु भयो? कुनै धार्मिक ग्रन्थबाट? कुनै सिद्द पुरुषको मुखारबिन्दबाट? अथवा गुरु केदार बराल स्वयंलाई दिब्य अलौकिक ज्ञान प्राप्त भएको हो? 
२। के गुरुले कहिले आफूले संकलन गर्नु भएको सपनाको फलहरु वास्तविक जीवनमा कति सफल असफल छन् भनेर कहिले सोध गर्नुभएको छ? जस्तोकी बिजुली देख्यो भने मालदार हुने फल रहेछ, तर के गुरुले अहिले सम्म आफूले भेटेका मान्छेहर मध्य कति जनाले बिजुली देखेछन् र ती मध्य क-कस्ले कस्ता माल भेटेछन् भन्ने कुरा कहिले जान्ने चेष्टा गर्नु भएको छ?

हिन्दू धर्म आँफैमा अवैज्ञानीक र रुढीबादी छैन, हाम्रो ज्योतिशशास्त्र त वास्तबमा विज्ञानमा आधारित छ। तर यसका व्यख्याताहरुले आफू खुशी यसको व्याख्या गरेकै कारणले, आफ्नो स्वार्थ हेरेकै कारणले गर्दा यस्को अस्तित्वनै खतरामा परेको छ। धर्मको उद्देस्य भनेको कसैलाई पनि नदेखिने परलोकमा सुख पाउने कामनाले यो लोकमा अरुलाई दु:ख दिन सिकाउनु होइन, बरु यही लोकमा समस्त मानवबर्गको सेवामा समर्पित हुन प्रत्येक व्यक्तिलाई अभिप्रेरित गर्नु हो।

आशा छ गुरु केदार बरालले यी सबै सत्यहरुलाई राम्ररी बुझ्नुभएको छ, गुरुलाई एउटा अनुरोध छ, यस्ता सपनाको फलहरुको गुरु नबन्नुस्, बरु एउटा सामाजिक क्रान्तिको गुरु बन्नसु, समाजलाई सही बाटो देखाउनुस्।          


 
Posted on 08-26-10 11:33 PM     [Snapshot: 76]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेपाल बिगारने यस्तै फोकटियाहरुले हुन।

बराल बुढालाई Inception  मा जस्तो सपनामा गएर "सोतो तरेको" देखाइदिनुपर्छ अनी ठीक हुन्छ।
Last edited: 26-Aug-10 11:33 PM

 
Posted on 08-28-10 12:22 PM     [Snapshot: 397]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सपनामा ठोकेको देख्दा के हुन्छ हँ ?
 
Posted on 08-28-10 8:19 PM     [Snapshot: 543]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Well said Geo. Hope to see comment/s from Kedar Guru.

 
Posted on 08-28-10 9:40 PM     [Snapshot: 580]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो त सपना पनि कस्तो दर्लाग्दो दर्लाग्दो देख्छु आफुलाई नै कैले कैले आश्चर्य लाग्छ। कुनै कुनै सपना त आफु लाई नै लाज लाग्छ अरुलाई भन्न। यो साला दिमाग पनि कहाँ को कुर कहाँ पुरौछ आफुनै बिचलित् हुन्छु म। कहिले कहिले त सुत्न जाँदा अब मेरो दिमाग ले के चलचित्र देखौने हो भनेर पहिले देखी सतर्क हुन्छु। एक दुई पतक् त म गैरो निन्द्रा नलागोस भनेर दुई दुई घण्टा मा अलार्म बज्ने गरेर सुत्न थाले। आफ्नो गती देखेर कहिले त मुसु मुसु हासु जस्तो लाग्छ। कहिले चाँही के यो घाडो अैपरेको यो भनेर दिक्क लाग्छ। साला जिन्दगी त यसै पनि गाह्रो छ अब सुत्दा पनि सपना मा के औने हो भनेर तर्सेपछी केही बाँकी छ अरु?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters