[Show all top banners]

Geology Tiger
Replies to this thread:

More by Geology Tiger
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ
[VIEWED 12608 TIMES]
SAVE! for ease of future access.
Posted on 03-29-12 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

सार्हो हुनु त ढुङ्गाको नियति हो
उ त जहिले पनि सार्हो नै हुनेगर्छ
तर यहाँ कोमल मुटु ठानेर माया लाएको मान्छे
थाहै नदिई ढुङ्गा भन्दा पनि सार्हो हुनेगर्छ

त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ

कसरी बन्यो? कहाँबाट आयो?
अनि संसारमा कस्तो कस्तो चोट खायो?
खोज्नेहरुलाई आफ्नो काहानी
ढुङ्गा नलुकाइ सबै सबै नै भन्ने गर्छ
मान्छेले पो सधैं मुखमा मधुर मुस्कान छर्दै
भित्र भित्र छातीभित्र ज्वालामुखी पकाउने गर्छ

त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ

कुनै बाहिरी शक्तिले नगुल्टाए र नबगाएसम्म
घाम पानी आँधी हुरी अनेक बिषम सहेर
ढुङ्गा सधैं यथास्थानमा नै रहने गर्छ ।
मान्छे पो मौकापरस्त हो र उ सधैं आफ्नो अनुकूलता हेरी
हुर्केको गाउँ र लाएको माया बिर्सेंर अन्तै बसाँइ सर्छ

त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ

पूज्नेले पूजिदिए ईश्वर पनि बनिदिन्छ ढुङ्गा
गर्दैन चमत्कार केही तर
आस्थाहरु थुपार्ने एउटा आधार बन्नेगर्छ
धेरै चोटि झुक्किइसके म मान्छेसित
देव रुपमा देखिएर क्षणभर मै
दानव भई तिखा दाह्रा पिठ्यूँमाथि धस्ने गर्छ

त्यसैले त मलाई मान्छे होइन ढुङ्गा नै मनपर्छ

 
Posted on 03-29-12 8:50 AM     [Snapshot: 21]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

वाह जिते  वाह !!

न त परेलीमा ठेस लाग्दा रुन्छ ,
न त परेलीबाटै झर्दा दुख्ने हुन्छ.
मन त ढुंगा कै भे बेस हुन्छ,
मन त ढुंगा कै भे बेस हुन्छ,
 


 
Posted on 03-29-12 8:59 AM     [Snapshot: 32]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गज्जब जिते सान -

 
Posted on 03-29-12 9:12 AM     [Snapshot: 50]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिते को कविता ले दिल जित्यो .....वाह वाह वाह ...
 
Posted on 03-29-12 9:18 AM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 अन्तिम अनुच्छेद अति मन पर्यो !! 

"पूज्नेले पूजिदिए ईश्वर पनि बनिदिन्छ ढुङ्गा 
गर्दैन चमत्कार केही तर 
आस्थाहरु थुपार्ने एउटा आधार बन्नेगर्छ 
धेरै चोटि झुक्किइसके म मान्छेसित
देव रुपमा देखिएर क्षणभर मै 
दानव भई तिखा दाह्रा पिठ्यूँमाथि धस्ने गर्छ"

 
Posted on 03-29-12 9:36 AM     [Snapshot: 84]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 जिते दाई मान्छे र ढुंगा को बीच मा मलाई नि ढुंगे मनपर्छ . किन कि ढुंगा ले माया नि गर्दैन घृणा नि गर्दैन ! 
 
Posted on 03-29-12 9:52 AM     [Snapshot: 117]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

ढुङ्गा जस्तै मुटुमा पनि आस्था र विश्वाश राखे त्यो नि भगवान बन्छ। ढुङ्गा ले जसरी मान्छेले पनि आफ्नो मनको कुनामा रहेको कथा-ब्यथा केहि नलुकाइ सबै सुनाउन थाले तेइ मान्छेहरुको माझमा पल भर मै उु तामाशे बन्छ। हरेक मुटुको आफ्नै ब्यथा हुन्छ जिते दाई। कोमल मुटु तेत्तिकै ढुङ्गा जस्तो साह्रो त कसरी बन्न सक्छ र? मुटुलाई ढुङ्गा बन्न धेरै शक्ती चाहिन्छ। त्यो शक्ती बुझ्न सके ढुङ्गा ठानेको मुटु प्रती स्रद्धा आँफै बढ्छ।

मनमा लागेको कुरा भनिदिए जिते दाई। शब्द चयन सधैं झै अती नै मिठो लाग्यो।


 
Posted on 03-29-12 9:59 AM     [Snapshot: 126]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सिरिस जी, राहुल्भई बिगोतामे  बेफुर्सदी हुनु , भए पनि अमेरिकाने ब्रो बेला बेला मा पस्कनु भएको कविता ले छाक टार्दै छौ . दोहोर्याएर पढे .


 
Posted on 03-29-12 1:51 PM     [Snapshot: 230]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आहा कस्तो घच्चीको कबिता जितु-दाई....

मलाई पनि ढुंगानै मन पर्छ लात खाए पनि बात खाए पनि केहि भन्दैन चुपचाप सहिरहन्छ...... पिठ्युमा छिना रोपेर मुर्ति बनाए पनि अबिर-अक्ष्यताले सजाए पनि केहि भन्दैन मौन रहिरहन्छ ...... 

धन्यबाद दाज्यु,
सबैको जय होस् .


 
Posted on 03-29-12 6:58 PM     [Snapshot: 328]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हो सही भन्नु भयो जिते जी, मान्छे नै त्यो चिज हो जो जतिबेला जे पनि बन्न सक्छ, कहिले साह्रो ढुङ्गा त कहिले नौनी, कहिले देवता त कहिले राक्षस , जसरी साह्रो हुनु ढुङ्गाको नियती हो त्यसै गरी बदलिनु पनि मान्छेको नियती हो। समय परिस्थितीलाई बुझेर बद्लिनुनै मानिसको प्रक्रिती हो। यसैले ढुङ्गा र मान्छे दुबैले आफ्नो नियती भोगिरहेछन र प्रकृतिक गुण देखाइरहेछन्। यसैले यही यथार्थ लाई बुझ्नु नै ठीक हुन्छ होला। गलत भएमा माफ पाँउ।
Last edited: 29-Mar-12 07:00 PM

 
Posted on 03-30-12 9:48 AM     [Snapshot: 485]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठुल्दाइ साँच्चै नै मन त ढुङ्गा कै भएको बेश हुने रहेछ ..

दिपिकालाई आफ्नो सुन्दर भावको लागि धेरै धेरै धन्यवाद अनि सुनयनीलाई पनि !

कविता मन पराउनेहुने मित्रहरु अमेरिकाने, सिरियल, गोर्खे, ओबामे, थाहा छैन, डल्ले सबैलाई धन्यवाद !

 
Posted on 03-30-12 2:02 PM     [Snapshot: 527]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 E-Howdy? guru daro jaadai cha ta..
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters