[Show all top banners]

kanchho bhai
Replies to this thread:

More by kanchho bhai
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 1]

tibet123
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 कोटेस्वोर् को जाम
[VIEWED 21403 TIMES]
SAVE! for ease of future access.
Posted on 04-13-08 11:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

     " कजरा रे कजरा रे,,,,,,,"- हेल्लो! मर्निङ् सर्! हजुर सर्! खै अझै , घन्टा लाग्छ होला सर्, एस्तो जाम , हजुर् सर्, हुन्छ सर् भोलि देखि बजे नै निस्किन्छु घर् बाट।" जना शर्ट् प्यान्ट् टाइ लगएका लक्का जवान् ले अनुहार् रातो पार्दै भने। एसो मान्छे हेर्दा पुर्व तिर का जस्ता देखिन्थे, आफ्नो भविस्य खोज्दै काठ्मन्डु भित्र्या होलान्। हातमा कालो झोला पनि झुन्ड्याका रहेछन्, कुनै प्राइभेट् अफिसको नाम लेखिएको रहेछ। फाइन्यान्स् हुनु पर्छ पक्कै पनि। घरि घरि आफ्नो घडि पनि हेर्दै छन् अनि झ्याल बाट टाउको निकालेर गाडि कति सर्यो भनेर नि हेर्छन्।

    एत्तिकैमा अर्को मोबाइल् करायो- ' डु यु वाना बि एन् अंेरिकन् इडिओट्?......', बिचरा सङै बस्ने बुढि आमा को आन्खा लागिराको रहेछ, मोबाइल् बजेर झसङ भैन्। मन् मनै सरापिन् पनि होला 'बज्जे को ठाडो'भनेर। 'हेल्लो! अन् हेरन डार्लिङ्, आज नि जाम मा परे भनेको त। नरिसाउन, मैले जानि जानि कहा ढिलो गरेको हो ? अब एकैछिन् कुरन आयिपुग्न आटे के। एकैछिन् कुर बेबे, लभ् यु…।' जना + को बिध्यार्थि बोल्यो। मान्छे भर्खर् को छ। कपाल कोहि पुर्व कोहि पस्चिम फर्केका छन्, छोये नि घोच्ला जस्ता ठाडा छन्। पायेन्ट् आफ्नो हो कि भाइ को हो, छोटो छोटो , खै पैताला नि कसरि छिर्दो हुन् तेत्ति सनो मोता बाट।

    कुरा हो भक्तपुर् रुट् को मिनिबस भित्रको दैनिक कहानिको। १ दिन् होइन दिन् होइन सधै तेस्तै जाम, सधै ढिलो।

  हुन त्यो जाम ले मेरो धेरै साथी हरु को खहरे जीवन मा कलकलाउदो झरना नबगाको पनि कहाँ हो , आफ्नो भाग्य नै खोटो, जहिले पनि सङ्गै सिट्मा बुढा-बुढी जवान हरु मात्र पर्ने।

   गाडी गट्ठाघरको ओरालो ओर्लेर कौसल्टार को उकालो घिस्रिडै थियो, एक हुल सुन्दरी हरु ले गाडी रोक्न हात दिए। भक्तपुर को मिनी बस पर्यो, साइड लागि हाल्यो। अरुबेला भए सुरुमा कहाँ अझै मान्छे हल्न खोजिरा भनेर कराउने नै हुन्थे, त्यो दिन सुन्दरी हरु देखेर अरु कराउदा नि नकराये नि हुन्थ्यो जस्तो लाग्यो।

   एउटी सुन्दरी लाई झ्याल बहिर देख्दा नै मुटु उफ्रिन थालिशक्य थियो। उनिहरु लाई गाडीमा च्ढौन खलासी झ्याल बाट टाउको छिराएर आफ्नो परिचय दिन थालयो " यसो अली पछाडि सरेर बसम , दाजु अली सरम " दाजु लाई झोक चलेछ क्यारे "अब पर सर्नी जात नै होइन भाई" पो भन्छन बुढा त। झ्याउ लागिराथ्यो, बुढा को कुरो सुनेर एक्लै हासे। "अब सिट मुनी राखे मात्रै हो भाई"अर्की बुढी जान्ने भाईन। दिनहु यही किचलो सुनेर मेरो कान चै पाक्न मात्र बाँकी थिए। नभन्दै सुन्दरी हरु को प्रबेश भो गाडीमा, हरियाली छायो। उनिहरु भिड पन्छ्याउदै मेरै छेउ तिर पो आउछन बा।  अघी त्यो बहिर देख्दा नै मनले रोजिसकेको सुन्दरी सँग आँखा जुधिहाले, क् चाहियो ? एत्तिकै द्ङ परे चै। गजब को कुरो "खै नानी, ओर्लिम भनेर " सँगइ बस्ने बुढो ओर्लिन पो खोज्छन ! आफ्नो छेउ को सिट खाली, छेउमै तेत्रा बिधी तरुनी, आज चै पक्कै केही हुनी भो भनेर मक्ख परे। आफुलाई यहाँ अर्कै जवान आएर बस्ला छेउमा भन्ने पिर परिसक्यो, केटी हरु चै " बस्न, बस्न" पो गर्छन्। आन्खिर मा त्यही मेरो मन ले खाकी चै " बस्छु excuse me! भित्तामा जाम्न" भन्दै पो आउछे त। आज चै भगवान ले नै गरीब लाई "गरी खा" भनेर पठाइदेको जस्तो लाग्यो। तरुनी भित्तामा जान खोज्दै थिन, मेरा घुडाले उनका खुट्टा हरुको स्पर्स गर्ने मौका पायो। जिउ नै सिरिङ्ग भएर आयो। अझै मै पट्टी फर्केर उस्का साथी हरु सँग कुरा पो गर्न थालि। उनको यो वार्तालाप को सिलसिलामा उनी सँग निकै आँखा जुधे। हरेक जुधाइमा आफ्नो कमजोर मन, भुइचालो गैहाल्ने। मलाई नि उनिसँग को यो आँखा जुधै को खेल खुब रमाइलो लगिराथ्यो, उनी झ्याल बहिर पो हेरेर बस्न थालिन।

   उनी झ्याल बहिर हेर्नी, उनलाई  हेर्नी कार्यक्रम चल्दै थियो, हावाले उनको कपाल उडाएर सबै मेरो अनुहार छोप्यो। उनले अली अप्ठेरो मान्दै कपाल हटएर आफ्न कान पछाडि अड्काउने कोशीस गरिन। अलिअली current लागिराकै थियो अब पुरै 420 volt को झट्का लाग्यो। मन मनै हावा लाई धन्यवाद दिए। पछाडि का नखर माउली हरुले अली रातो भाको थाहा पाएछन क्यारे, उम्ली पसेर मलाई जिस्काउन पो थाले बा। "हम्रो कुसुम को कपाल को मेहेन्दी सर्यो कि क्या हो कसैको गालामा, गाला नै रातो हुने गरी" पो भन्छन त। एही बहाना मा भए नि नाम थाहा पाइयो, खुशी लाग्यो, "कुसुम, ओहो, क्या राम्रो नाम्"। नाम सुन्दा नि आनन्द आयो। कुसुमले मेरो अनुहारमा हेर्दइ "छ्या! लाज नभका केटी हरु, जे नि भन्छन" भनिन अली लजाउदै। मलाई रमाइलो लागिराथ्यो, सधैं आफु केटी जिस्काउने, आज ओरिपरी बाट केटी मलाई जिस्काउनी। म कुसुम लाई एक टक हेरिरा रछु, ऊू बोल्दा पो झसँग भए "के हेरेको नि अर्कालाई त्यसरी, चिन्नु न जान्नु, लाज नभा मान्छे"। म पनि के कम, "हेर्न नि नपाईनी हो र?" भन्दे। यती मात्र क् भनेको थिए, पछाडि बाट यौटी चम्काउली चम्की "पाईन्छ पाईन्छ किन नपाउनु नि? "

क्रमस:


 
Posted on 04-13-08 11:50 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Election ko news herda herda wakka bhako bela ma yesto katha padhna pauda khushi lagyo. Good goin.


 
Posted on 04-13-08 11:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"आज चै भगवान ले नै गरीब लाई "गरी खा" भनेर पठाइदेको जस्तो लाग्यो।"

Naya nepal ma garib le khana paune ho ki hoina ...................
best of luck

la sathi banki pani chadaii hai
saraii interesting rahicha
thanks man


 
Posted on 04-14-08 1:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

khai jaos ni aru pani uthsahit bhayo mero man pani

 
Posted on 04-15-08 12:33 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो भन्दा पहिला नि एउटा कथा लेखेको, सुपर-डुपर फ्लप भो।।। यो  कथा तपाईं हरु लाई राम्रो लगेको सुन्न पाउदा खुशी लाग्यो। अब बाँकी भाग पनि राख्दैछु, प्रतिकृया को आशा छ।
साथ साथै म दीप ज्यु, दीपिका ज्यु, क्रेजी, सुर्नताल। र अरु को ठुलो पंखा रहेको कुरा पनि जानकारी गराउन चाहन्छु।

 
Posted on 04-15-08 12:47 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले अगाडि बढेर कुरो नगरने ताल बुझिछन क्यारे आँफैले "अनी आफ्नो नाम चै के नि"भनेर सोधिन। मैले तुरुन्तै "कान्छो भाई" भन्या मात्र के थिए पछाडि बाट सुन्दरी हरु हामी सँग introduction गरे चै पाप लाग्छ कि के होउ, कुसुम सँग मात्रै कुसुमे रुमाल साट्नि?" " भन्न थाले। पाये त तिमीहरु सबै लाई लान्छु नि, भनम जस्तो नलाग्या नि कहाँ हो र, भन्न मिलेन। बातावरण निकै रमाइलो हुँदै थियो, बानेस्वोर अाइपुगिसकेछ। कती छिटो आको हो? हिजो-अस्ती त कहिले आउला जस्तो हुन्थ्यो, आज त उर्बशी हरु को बिचमा केही होशै भएन रहेछ।

 "ए कुसुम जाने होइन? कि बसिरनी मन छ?" भनेर एयटी कराइ। उनिहरु बानेस्वोर मै ओर्लिने कुरो मैले बुझे, कस्तो नरमैलो भएर आयो। कुसुम ले मेरो अनुहार म हेर्दाइ "जाने हो तिमी नि? " भनेर सोधी। "जाने नि, तिम्ले बोलएपछी त" भनियो भन्नलाई  त, तर कहाँ जानी चै अझै बुझेको थिएन मैले। जिन्दगीमा पहिलो पल्ट एस्ती उर्बशिले जाम भनेको, त्एस माथि मुस्कानका साथ, जानै पर्‍यो नि भन्ने सोचे।

  उस्का सङिनी हरु अघी लागे, म निस्केर कुसुम लाई बाटो छोडिदे, अनी उस्कै पछी हिंडे। केटी हरु अली पर उभेका रहेछन, अब कुसुम को र मेरो भाडा तिर्न पर्‍यो भन्ने सोचेर पैसा दिन्छु त खलासी त “उ त्यो दिदी हरु को नि तपाईंले दिने भनेको भन्दै हुनुहुन्थ्यो” भन्छ त? भो कि? चुना लगाइ हाले नि मोरिहरुले। अब नदिम नि कसरी, दिम नि कसरी पर्‍यो मलाई। कुसुम को अगाडि इज्जत राख्न भए नि दिनै पर्‍यो भन्ने सोचेर तिरे सबै को भाडा, मुटुमा गाठो पारेर। फेरी ID Card नि बोकेक रहेनछन नक्कली हरुले, नत्र त अलिअकती भए नि discount पाएन्थ्यो नि। भाडा तिरेर एसो हेर्छु त, केटी हरु त उ पर पुगिसकेछन, ल ठिकै छ, अब चै कुसुम सँग मज्जाले गफ गर्न पर्‍यो भनेर एसो कुसुम लाई हेर्छु त मैले त तोरिको फूल देखिहाले नि। कुसुम त एउटा बाईक मा केटा सँग लपक्कै टसिएर बसिसकिछे। म त जिल्लाराम। के बोल्नी, के भन्नि भो मलाई त। कुसुम गई बाइ बाइ गर्दै, modify गर्या बाईक त राम्रै थिओ, के गर्नु, बाईक नि अर्काको, बाईक वाली नि अर्काको।।

  तरुनी हरुले मलाई नराम्रो सँग झुलाए। अब आफु कहाँ रत्नपार्क जानु पर्ने मान्छे, बानेस्वोर मै ओर्लियो केटी भनेर, अब अहिले केटी नि नाइ, पैसो नि झ्वाम । “केटाकेटी आए, गुलेली खेलाये, मट्याङ्रा मात्र सत्यानास” भन्थे गोबिन्दया हजुरबाउ, आज मज्जाले चाखियो।

   एक्छिन्मै अर्को माईक्रो आयो, परै बाट "रत्नपार्क रत्नपार्क" भन्दै। तेस्मै जानु पर्ला भनेर यसो हेर्छु त एक हुल ठिटिहरु बसेका रहेछन। “तुम्बाले थुतुनो पोलेको भौते बियर नि फु गरेर खान्छ” भन्या जस्तो, मनै झसँग भो, पाइला नै अगाडि बढेन। "दाइ आउनुस्न! म मिलाएर राख्छु" भन्दै थियो भन्नलाई त खलासी तर अब नि मिलेर बस्न मन लागेन मलाई, अर्को माईक्रो कुर्दे, यसै ढिला उसै ढिला!


 
Posted on 04-15-08 1:14 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kasto bore bho ni sathi
bhagwan le garib lai hoina bike wala dhani lai nai khana diyo hai

thikaii cha naya nepal le paka dincha
aab majority laeepachi khana paincha

gazab cha keep it your good work
thanks


 
Posted on 04-15-08 7:34 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kanchhobhai जी,  रमाइलो प्रस्तुती पस्कनु भएछ, धन्यवाद!
 
Posted on 04-15-08 8:03 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Kancho bhai, good work!  Smooth and well written.  Keep it coming!.
 
Posted on 04-15-08 5:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

waiyat ji,

 धन्यवाद, मेरो कथा पढेर comment गरिदिनु भाकोमा।

twakatukka ji,

भगवान ले पनि म माथि अन्याय नै गरेको हो त?

takeiteasy ji,,

 मेरो कथाले हजुर लाई उत्साहित बनायो रे? ल खुशी लाग्यो। खै त बाँकी पनि पस्की सके, हजुर को comment आएन त।

cheli ji,

 यू आर वेलकम।

spring ji,

 प्रसन्शा को लागि धन्यवाद! फेरी अर्को पनि पस्कने कोशीस गर्छु म।

साथ साथइ म सँगइ कोटेश्वर को जाम म पर्नु हुने सबै साथी हरु लाई धेरै धन्यवाद।


 
Posted on 04-15-08 5:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-20-08 9:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो लाग्यो ,मुड फ्रेश भयो ।

दाजु लाई झोक चलेछ क्यारे "अब पर सर्नी जात नै होइन भाई" पो भन्छन बुढा त। perfect 10 on 10 .

निरन्तरता दिनु होला !


 
Posted on 04-24-08 10:00 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कान्छो भाई,

प्रस्तुती रमाईलो रहेछ। अरुहरु पनि पढ्न पाईयोस। म जस्ता पाठकहरुलाई यस्तै मिठा प्रस्तुतीहरुले गुन लगाउने क्रम नसकियोस।

एउटै प्रयासमा हरेस चै खान नहुने। जस्को चस्का लागेको हो उनै सँग भडकेर कसरी गुजारा गर्ने हो? त्यो माईक्रो छोडेर चै त बबाल भो नी -- एउटी कुसुम ओर्ली त के भो? अर्की कुसुम उकुस मुकुस भएर बसेकी थिई कि? कसो?

शुभकामना।


 
Posted on 04-24-08 10:41 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ल रमाइलो रेछ!

 नेत्र सुख, स्पर्ष सुखले जामको दुख बिर्सिएछ कान्छो भाईजी। कुसुम मोरि बाइकमा गइ त के भो , भोलि बुद्धनगर सम्म जाने भेटिन्छन, पर्सि माइतिघर सम्म, निकपर्सि त ए रात्तै सिधै घराँ आइलाग्ने भेटिन्छन्, कि कसो???


 
Posted on 04-24-08 10:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै रमाइलो - माथि राख (keep it up) 
 
Posted on 04-24-08 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-24-08 12:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले त यो टोपिक देख्ने बित्तिकै फेरी चुनावको बेलामा हुल्दङा भएर कोटेश्वर जाम भएको होला भनेर नपढेको। कुरा त अर्कै रहेछ। कान्छो भाई ज्यु को पहिलो प्रस्तुती हो मैले पढेको, रमाइलो लाग्यो। अरु पनि लेख्दै गरौ है।
 
Posted on 04-25-08 12:25 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

jhyalincha jyu,

धन्यवाद!

fucheketo jyu,

भो हैन त मूड फ्रेस? अर्को नि कोशीस गरम्ला।

Deep jyu,

सुरुमा त म जस्ता नाथे को नाथे कथा पनि पढेर कमेन्ट गरिदिनु भाकोमा धेरै खुशी छु। कुसुम ले त मलाई पो उकुस्-मुकुस गराएर गइ त दाजु।

Birkhe Maila jyu,

नेत्र सुख, छुस्स-छुस्स स्पर्स सुख भन्या नि अजिब को हुदो रइछ- कोटेश्वर को जाम भुलाउन सक्नी। सकिन्छ त अब?

serial jyu,

धेरै धन्यवाद!


harikancha jyu,

यो चै  'R'NAC जानी खटारो हो। पछाडि मान्छे चै झुन्ड्या रइन्छन फोटो खिच्दा।

Dipika02 jyu,

कोटेश्वर मा जाम पर्न लाई नि चुनाव आउन पर्ला त अब? त्यहाँ त everyday चुनाव, बिहान बेलुकी चै मतदाता अली बेसी नै हुन्छन।

कुसुम ले छोडेर गए र क् भो त? उस्को कथा ले हजुर हरुको यती धेरै माया पाइयो।
त्यस माथि 'Deep' 'Dipika02' हरु जस्ता प्रभो हरु बाट कमेन्ट पाउदा त खुशीको सिमाना नै रहेन!
सबै जनालाई धेरै धेरै धन्यवाद!


 
Posted on 04-28-08 4:39 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अफिस आवरमा विक्रम तेम्पो पाउन साह्रै गाह्रो, म एक चोटि अफिस जान लगनखेलमा कुर्दै थे र बल्ल बल्ल आयो pataki tempo। लडाईं गरेर सिट पको त बीचको सिट परेछ, एसो हेर्छु त म त तरुनीharuको बीचमा । ओर्लन पर्ने सिंहदरबारमा, म त पुङ्गे रत्नपार्क । ओर्लन सके पो , शरीर भरी उतेजना भएर नफुल्नु पर्ने अङग फुलेछ । काम मा एक घण्टा ढिलो भो , कसो छडके आएन त्यो दिन ।
 
Posted on 03-01-17 3:08 PM     [Snapshot: 4167]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रमाइलो रैछ कान्छोभाइ . कुसुमको जुलुम सहेर, मिठो कथा कहेर अम्मा हौ.
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters