[Show all top banners]

cheli
Replies to this thread:

More by cheli
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 लीको गीत
[VIEWED 5743 TIMES]
SAVE! for ease of future access.
Posted on 12-05-08 1:16 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लीको गीत

यहाँ मेरो कोठाबाहिर एउटा चौर छ । व्यस्त ठाउँ व्यस्त मान्छे, चौरमा घाम तापेर, बदाम सुन्तला खाँदै बस्ने बानी अमेरिकीहरुलाई परोस् पनि कसरी, त्यसैले होला, चौर प्राय: सुनसान नै हुन्छ । एक महिना जस्तो अगाडिको कुरा हो, बाहिर ठुलो अनि मीठो स्वरमा कसैले गीत गाएको सुने मैले, यसो बाहिर हेरेको, एउटा चाइनिज जस्तो देखिने मान्छे ( चाइनिज नहुन पनि सक्थ्यो, शायद मेरै कमजोरी हो, म चाइनिज, कोरियन, जापानिज, फिलिपिनो आदिलाई उस्तै देख्छु) गीत गाउँदै हिंडेकोथियो, आफ्नै भाषामा । भन्छन् नि गीत-संगीतको कुनै भाषा हुँदैन भनेर, शायद त्यसैले होला, भाषा नबुझे नै पनि मलाई त्यो गीत मनपर्यो ।

दुइ तीन दिन पछि फेरि, म भित्र पढिरहेकीथिएँ, कसैको गीत सुनियो, झ्यालबाट बाहिर हेरें, त्यही मान्छे, फेरि पनि त्यही गीत गाउँदै हिडेकोथियो । “यो मान्छे पागल हो कि क्या हो? हेर्दा त त्यस्तो लाग्दैन, किन सँधै एउटै गीत गाउँदै हिँडेको होला?” मनले प्रश्न गर्यो । “ फरक गीत होला, भाषा बुझेपो फरक छुट्टिन्छ त!” मनलाई सम्झाएँ मैले ।

त्यस्को भोलिपल्ट, स्कुलबाट फर्केर कोठातिर आउँदैथिएँ, त्यही मान्छे भेटियो, चिन्नु न जान्नुको मान्छेसँग पनि हाइ हेल्लो गर्नु पर्ने यहाँको चलन न हो, मुसुक्क हाँसेर उसले भन्यो – “Hi, How are you doing?”

 “ म ठिक छु, तिम्रो के छ ?” मैले सोधें ।

“ म पनि ठिक छु, तिमी पनि USF जान्छौ ?” उसले सोध्यो,

“हो” मैले भनें । “ मैले केही पटक तिमीले गीत गाएको सुनेकी छु, कुन भाषामा हो?” मैले फेरि सोधें ।

“मेरो आफ्नै, चाइनिज भाषामा” उसले भन्यो ।

“ए! त्यसो भए त यहाँ जस्तै आफ्नो आफ्नो देशमा पनि हामी छिमेकी नै रहेछौं “ मैले थपें ।

“तिमी कुन देशबाट हो र?” उसले सोध्यो ।

“नेपालबाट” मैले भनें । नेपाल शब्द भन्दा मेरो स्वर स्नेहले अलिकति पग्ले जस्तो, गर्वले अलिकति फुले जस्तो अनि श्रद्धाले अलिकति नतमस्तक भए जस्तो, भए झैं लागेको थियो मलाई, त्यसबेला पनि ।

उसले भने जिन्दगीमैं पहिलो चोटि सुनेको शब्द जस्तो गरेर “नेपाल?” भन्यो । म केही भन्न खोज्दै थिएँ, उसले फेरि आफैं भन्यो – “ ओह, नेपाल, त्यो सानो देश, जुन Mount Everest को अर्को पट्टि छ ?” 

सगरमाथा मेरो देशमा छ भनेर गर्व गर्ने मलाई थाहै थिएन, चाइनिजहरुले नेपाललाई कसरी चिन्दा रहेचन् भन्ने । होइन भन्न सक्दिन थिएँ म, आखिर सगरमाथाको एउटा पाटो उनीहरुको देशमा पनि छ नि, त्यसैले “हो” भनें ।

मलाई त्यसबेला पनि उसको गीतको बारेमा कति प्रश्न सोध्न मन थियो, कुरा देश पट्टि गयो, अनि उतै अलमलियो । “ तिमीलाई भेटेर खुशी लाग्यो, पछि भेटौंला है” यति भनेर उ आफ्नो बाटो लाग्यो ।

क्रमश:...................( राख्न मन त थिएन)

Last edited: 05-Dec-08 01:18 PM
Last edited: 05-Dec-08 02:41 PM

 
Posted on 12-05-08 1:28 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राख्न मन नगरेपनी राखेछौ - ठीक गरेछौ -
पढ्न त मजै आउछ - अरु पनि थप ल

 
Posted on 12-05-08 1:41 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्रमश: पो राख्न मन थिएन भन्या त लहरे!

लेख्दै छु, एकै छिन मा पुरै टाँस्छु है !!


 
Posted on 12-05-08 1:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


टासम टासम चाँडो, हामी पनि पर्खि बस्या छम चेलीजी ।
 
Posted on 12-05-08 2:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भोलि पल्ट, स्कुलको शटल पर्खेर बसेकीथिएँ म बस स्टपमा, उ त्यही आइपुग्यो । “ हाइ, हिजो त परिचय गर्नै बिर्सेको, मेरो नाम ली हो तिम्रो ?” उसले भन्यो ।
“मेरो चेली, तिम्रो नाम त मेरो जस्तै रहेछ” मैले हाँस्दै भनें । उ पनि हाँस्यो ।
“एउटा कुरा सोधौं ली ? “ गीतको बारे मा सोध्ने यही मौका थियो मेरा लागि ।
“सोधन” उसले भन्यो । नसोध त कसले पो भन्छ र!
“ भाषा नबुझे पनि मलाई तिमीले गाएको गीत एक दम मनपर्यो, मैले दुइ दिन सुनें, दुवै दिन एउटै गीत गाए जस्तो लाग्यो, तिम्रो त्यो गीत ले के भन्छ ?”
“हो एउटै गीत गाएको हो मैले, त्यो गीत मैले आफैं लेखेको हुँ, त्यसले मेरो व्यथा भन्छ, मान्छे ले मान्छेको व्यथा बुझेर होला, तिमीलाई त्यो गीत मनपरेको “ गम्भिर हुँदै भन्यो उसले । “ कस्तो व्यथा ? ” मैले सोधें ।
“ यो गीत मेरी भुतपुर्व प्रेमिकालागि हो, उसले मलाई छोडेर गई, तर म उसलाई बिर्सन सक्दिन, उसैको यादमा सँधै यो गीत गाउँछु म, शायद यो मैले लेखेको मेरो जीवनको अन्तिम गीत हो । यसले – “ ए निष्ठुरी, तिमी किन मलाई छाडेर गयौ ? मैले तिमीलाई हदै सम्म माया गरेकै थिएँ नि ... भन्छ " अझ बढी गम्भिर बन्यो उ ।
“ओह, दु:ख लाग्यो मलाई, तर अन्तिम गीत किन र?” मैले फेरि सोधें ।
 “किनभने उसलाई मैले गीत लेखेको मनपर्दैन, म सपना, कल्पनाको संसारमा मात्र हराउने मान्छे रे, वास्तविक संसार के हो मैले बुझेकै छैन रे, अनि मलाई यो संसारमा कसरी रमाउनु पर्छ भन्ने पनि थाह छैन रे, उसको बिचारमा । उ भौतिक दुनियाँमा रमाउँछे, पार्टी, क्लबहरुमा जान खोज्छे, म भने अलि एकलकाँटे छु, त्यसैले उसको बिचारमा, उसको र मेरो टाइप मिल्दैन रे । टाइपका लागि उसले मेरो माया लत्याएर गइ, हामी सँगै पढ्छौं अहिले पनि, त्यसैले मैले गीत लेख्न बन्द गरें भने, मेरो सपना, कल्पनाको दुनियाँबाट बाहिर आएं भने अलि Realistic भएँ भने, शायद उ फर्केर आउँछे कि !” उसले बोल्दा बोल्दै सटल आइपुगेको थियो, चढ्दै भन्यो उसले ।
 म पनि सटल चढें, त्यहाँ लीका केहि साथीहरु थिए, आफ्नै भाषामा बोल्न थाले उनीहरु, त्यसैले मैले केही भनिन । मन दुखी बनेको थ्यो उसको कथा सुनेर । “आखिर कसरी त्यति कठोर बन्न सक्छ मान्छे ? “ प्रश्न सोध्दै थियो मेरो मन । तर मसँग उत्तर थिएन दिनलाई ।
शायद अपार दु:ख र वियोगको गीत भएकोले होला, भाषा नबुझेपनि त्यो गीत मलाई भावुक लागेको, मन छुने लागेको । जस्तै जे भए पनि, सपना कल्पनाको सुन्दर संसार छोडेर उ, वास्तविकताको कुरुप दुनियांमा नगए हुन्थ्यो जस्तो लाग्छ मलाई हिजोआज । कोठा भित्र एक्लै बसेर गीत लेखे जतिको, आफ्नै सिर्जनामा आफैं झुम्दा जतिको मजा डान्स पार्टिहरुमा झुम्दा कहाँ आउँछ होला र ?
समाप्त
Last edited: 07-Dec-08 09:27 PM

 
Posted on 12-05-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चेली जी, कथा सदा झैं उत्तम अती उत्तम। थोरै लेख्ने तर असली लेख्ने कला हामीलाई नि सिकाइ दिनुस् न है। 
 
Posted on 12-05-08 3:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

>>कोठा भित्र एक्लै बसेर गीत लेखे जतिको, आफ्नै सिर्जनामा आफैं झुम्दा जतिको मजा डान्स पार्टिहरुमा झुम्दा कहाँ आउँछ होला र ?<<

के कुरा गर्या होला - आउछ चेली मजा आउछ


 
Posted on 12-05-08 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछी छोटो मिठो कथा लिएर आएछौ चेली नानु। कथा राम्रो छ
गीत-संगीतको कुनै भाषा हुँदैन भनेर, शायद त्यसैले होला, भाषा नबुझे नै पनि मलाई त्यो गीत मनपर्यो

ठीक भनेउ भाषा जुनसुकै भए पनि संगीत ले मान्छे लाई मोहित पार्दछ


 
Posted on 12-05-08 4:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Bhakte ज्यू, अर्को भाग पनि टाँसे मैले पढ्नुहोला है!
ठूल्दाइको कुरोले पनि लाजै लाग्ने भन्या, मैले हजुरलाई के सिकाउनु, सूर्यलाई बत्ती देखाउन खोजे जस्तो गरेर ?
राम्रो मान्दिनु भएकोमा धन्यवाद!!
लहरे हो र? खै म त गा'को छैन त्यस्ता ठाममा, अनि साँच्चै भन्दा जाने कुनै इच्छा पनि छैन, जतिसुकै मजा आवोस !!
धन्यवाद हजुरबा, त्यही त है, मलाई पनि अचम्म लाग्छ भन्या, संगीतको त्यो मोहनी देख्दा!!

 
Posted on 12-05-08 5:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

छोटो तर मिठो, तितौरा खा जस्तो । धन्यवाद चेलीजि । 
 
Posted on 12-08-08 7:20 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thanks Bhakteji,
Aaha Titaura ko yaad aayo!!!

 
Posted on 12-08-08 12:45 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो प्रस्तुती!

""कोठा भित्र एक्लै बसेर गीत लेखे जतिको, आफ्नै सिर्जनामा आफैं झुम्दा जतिको मजा डान्स पार्टिहरुमा झुम्दा कहाँ आउँछ होला र ? ""

मलाई लाग्ने कुरा चाहिँ-

मजा टाइप A =  इन्टेन्सिटी बढि हुन्छ र छोटो जीवन हुन्छ, तिख्खर, अमिलो, पिरो, अलिकतामा मात्र मजा छ।

मजा टाइप B‍‍= इन्टेन्सिटी कम हुन्छ तर लामो जीवन हुन्छ, शीतल, सात्विक, सुदिङ भन्छन नि, अनि जति धेरै त्यति मजा छ।

 

मजा A को स्वाद लागेपछि, धडाधड धेरै खाइन्छ र पिरो ले मुख पोल्न पनि सक्छ। भनिहालेँ अमिलो निबुवा साँधेको जस्तो मजा!

मजा B को स्वाद लागेपछि, बिस्तारै खाइन्छ र सधैँ खाइन्छ तै पनि कहिले पनि मुख पोल्दैन मुखलाई सुख हुन्छ!

 

मजा टाइप C ‍‍= खै कस्तो कस्तो, मजाहरु यस्ता यस्ता हुन्छन भनेर साझाको थ्रेडमा खोक्नुको मजा जुन मैले अहिले भोग्दै छु!

लोल

 


 


 
Posted on 12-08-08 1:31 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hehehe lol
facebook पनि मजा टाइप A हो जस्तो छ ।
अमिलो निबुवा साँधेको जस्तो मजा त के मा पो छ होला र?

 
Posted on 12-08-08 2:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एउटा कुरा भन्न बिर्सिरा मैले! हैन एउटा हैन दुइटा कुरा भन्न बिर्सिरा मैले-

१) पहिलो पटक यो थ्रेड हेर्दा, 'चेलीको गीत' लेख्न खोजेको 'चे' मेटिएको होला भन्ठानेर गित हेर्न थ्रेड खोलेको है, अनि कथा रहेछ समय नभएर बन्द गरेँ!

२) पछि फेरि यहि थ्रेड देख्दा पहिले हेरेको र सोचेको बिर्सेछु, अनि त "लोक गीत' लेख्न खोज्दा बिर्सेर 'लीको गीत' लेखियो भन्ठानिरा!

भनेसि म साँच्चै धेरै बुडो भएको होला कि के होला हँ?


 
Posted on 12-08-08 9:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चे "लीको गीत" हाहाहा
अझ लोक गीत पनि रे!!!



 
Posted on 12-11-08 3:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मैले पनि चेलिको गित भनेर बसेको  त कथा पो रहेछ ।  धेरै पछि तिम्रो लेखाई पढ्न पाईयो, धन्यबाद ।

आफ्नै सिर्जनामा आफैं झुम्दा जतिको मजा डान्स पार्टिहरुमा झुम्दा कहाँ आउँछ होला र!!!
 राम्रो छ!


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
Bill to Protect TPS and DED Recipients
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters