[Show all top banners]

nepesahila
Replies to this thread:

More by nepesahila
What people are reading
Subscribers
:: Subscribe
Back to: Chautari Refresh page to view new replies
 Chautari XIV

[Please view other pages to see the rest of the postings. Total posts: 298]
PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
[VIEWED 138194 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 04-16-06 9:42 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौतारी! चौतारी!! चौतारी!!!

जवानीमा
जवानीमा तानेको गाँजा, गाँजा
अहिले मुलाई लाइरा'छ हो नमजा ... ...

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब, पिकरेली, कलंकि,साँहिला,
आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि
आशे,चिप्ले,परदेशी,पानपाते,हर्के र कैले सबै लाइ यो सबै को साझा चौपारीमा म पिरतीको तर्फ बाट सबै लाई नमस्कार अनि स्वागत छ ।
ल राधा दिदी पनि रतौली खेल्दै आइपुग्नु भो चौपारीमा।

लागेछ मोहनी चाल मैले पाइन
छुटाइदेऊ मोहनी म कति रोइरनी

एऽऽऽ जैले म आउँछु सुतेकै देख्छु सुनमाया के भयो तिमीलाई
... ...

यता मास्टर्नी नानी पनि कम हुनहुन्न। कम्मर मर्काई मर्काई नाच्दै हुनुहुन्छ।

रिटिङ् रिटिङ् नबजाऊ विनायो
विनायोले मन मेरो मेरो छिनायो
साहिँला दाइ
आक्काका

खोलापारि म मयाँ लाउँदिन
वर्षा लायो भेट हुनै पाउँदिन
साहिँला दाइ
आक्काका
... ...

उता माथ्लो कान्लाबाट कालो टोपी ओढेर सुकिलो कछाडमा हुनुहुन्छ नेपे दाजी हातमा पुस्तक पनि छ।
कतै उपन्यास त हैन? वहाँ आफ्नै शिलकमा मुग्ध हुनुहुन्छ।

... ...
निर्णय आफ्नै, भाग्य आफ्नै, लालमोहर पनि आफ्नै
लेख्दैछौँ जनता मालिक भएको तमसुक अब !

पुरानो निन्द्रा, भर्खरको तन्द्राबाट ज-याक जुरुक अब
उठ्यो! उठ्यो!! उठ्यो!!! मेरो मुलुक अब!

तर मुलुक उठिसक्दा पनि, यता चित्रे भने मैनासितको लामो निन्द्रामै मस्त हुनुहन्छ।

चित्रे:

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(बह्यो खोला, बेँशी झ-यो सम्मै
तिम्रो माया, कलेजीमा टम्मै) ---२
आँखैमा, गाजलू लपक्कै
भन माया, लाइदिऊँ कि छपक्कै

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

(रातो चोलो पाखुरीमा टिमिक्कै
माया बस्यो आँखैमा झिमिक्कै) ---२
के गोड्नु कर्कलो बारि
पर्ख तिम्लाई रोइरने नपारी

बैँशैमा,
बैँशैमा मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी

लेकाली हे, हे, चोयाको डोको
सानु माया हे, हे, लगाउने धोको
नपुग्दै मर्छु पो क्यारे
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
हे! भन सोल्टी बरोबर नढाँटी
... ...

उता कालीपारे काकाले आफ्नै सुसेली आफ्नै भाकामा खुट्टा खच्याई खच्याई नाच्दै हुनुन्छ।

हाssssss तिमी पारी म भएँ वारी
बिचैमा छ रेसुङाको घारी
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला

हाssssss तिम्लाई मलाई छेकने डाँडोलाई
लगे पनि हुँदो हो पैरोले
सुर्के खोला धुर्के घाँस काटौला साँइली जोवन साटौंला


यता नेपेसाईँला भने काँठे भाखामा रमाउँदै हुनुन्छ।

भै रेछ जम्का भेट, भै रेछ जम्का भेट
आँखा तरि कान्छि नानी
नजाऊ न भागेर
फूल सारे माया नमारे
... ...

उता हट्टियाकी सानी(uptowngal) पनि कम छैनन् है। कोसित हो मैले चिनिन नि हात समाउँदै नाच्दै हुनुन्छ।

म माया लाऊँदिन, म माया लाऊँदिन
आफू सुखी साईँला दाजू
म दुखी स्वाउँदिन
फूल सारे माया नमारे...

लाहुरे दाइ भने लाहुर जाने रनमा परे जस्तो छ।

लाहुरे:
लाहुरेको हारेको कर्म
बाँचे भने साईँली
फर्कुम्ला यो घरमा
नरुनु सम्झेर

लाहुरी भाउजु-

कुहु कुहु कोइलिको बोली
तिमी बिना राजै
न्याउलीको सुसेली
मन रुन्छ सम्झेर

 
The postings in this thread span 15 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 05-04-06 1:55 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भौते ज्यो कति मिठो कबिता लेक्नु भाको । म त आज देखि तपा को कबिता को फ्यान भाको छु ।
 
Posted on 05-04-06 2:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हित केटा खै आईस क्रीम सक्यो कि छैन । सक्यो भेने भनुस् दात झर्यो रे झरेन hehhehehhe
 
Posted on 05-04-06 2:46 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

क्यार्न तेस्तो बचन लाउँछौ ए काका बुडा! जाबो चार थोपा मइतेलाँ बिक्ने इमान होइन मेरो।
घट्ट जाँदै थेँ तिम्लाई देख्या भ' मार्दिनु, नत्र त कुरो अरि हाल्थेँ नि। मेरा घराँ दुइ -तिन फेरा आगो सल्काम्नलाई मइतेल पैँचो देओ तेति पिर परेओ छ भने आजै चाइन्जो आऊ, एउ जर्किन तिम्रै टाउकाँ खन्याइदिम्ला!

यि काका बुडा नानाथरि फलाक्छन्। गोडा दुएक मैना पइला, काकिआमा बुडि भइ एउडि तरुनि खोज्नु परो भन्दै एई चौतारिआँ कुर्लेओ मुइँले मात्तै हैन सपै गाम्लेले सुनेओ कुरो हो। अब बिचरि तेस्तो लछ्छिनकि काकिआमालाई बेथा लागेओ बेलाँ ओखतिमुलो अर्दा पैसा सकिया रिस मलाई पोख्तै हिन्छन ए बुडा त!

लु कल अर्न हुँदैन काका, बरु बेलुका हाम्रा घराँ आऊ, सानेले एउडा झक्किओ रातो भाले खोजेओ छ, दादाले बजारआटि जिराओ धुलो र जाईफल, सुकमेल ल्यामछन् रे मजाले पिरो झोल बना'र खानु पर्छ।



लु साने चौतारी मजाओ बनाम्नु

 
Posted on 05-04-06 3:12 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जिम्माल, मुखै रसाएर आयो गाँठे।
खैरेका गामका कुखुरा भुन्दा त हाम्रा गामका लोकल आलु नै मीठो।
 
Posted on 05-04-06 3:27 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हेर हेर काहा गो भनेर घराँ फुच्चे रोहि रा त
त्यो मोरो भाले याहाँ चौपारो मा पो रहेछ
माइला दाइ को साने ले काहाँ बाट ल्यायो भुन्या
त मेरै भाले पो लच
काहाँटि मुइले पाले को भाले खानि नि

 
Posted on 05-04-06 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कता के भओ भओ कुरै मिल्दैन भनेको चौपारि बनाम्ने अहिले सम्म ३०० नै पुगेको रैन्छ । अहिले पुग्यो भने अहिले नै बनाम्छु नत्र भोलि । सुत्न पुनि पर्यो नि होइन त ।
 
Posted on 05-04-06 4:10 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

कुखुरा को भाले जस्ले लगे पनि आखिर खाने त हो नि । लौ न छिटो छिटो ढिडो पकार अनि कुखुरा को तात्तो झोल सित खाने होइन त लौ आम्´नु है निम्तो छ ।
 
Posted on 05-04-06 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

भाउते लु आऊ ह्याँ फलैँचाँ बसेर तमाखु तान्दै अरौँ हामि।


साने, ३०० त पुइआल्छ नि एउछिनाँ। डिजेन सिजेन मिलाम्दै अर, यता हामि भाले पकाम्ने सुरसार अर्छौँ। अइले नै
चौतारो बनायौ भुने तेस्को सिमेन्टि सुकुन्जेलमा एता ३०० पुग्छ। तिम्ले ल्याओ भाले त हाम्रा घरको बुईँगलाँ बसेर
झ्यालाटि च्याउँदैछ! :)

 
Posted on 05-04-06 4:22 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

check it

Chupari sample.jpg

अहिले को चौपारि यस्तो बनाम्ने बिचार अरेको छु । हेर्नु त कस्तो होला । पिपल को बुटा लाइ अल्लि राम्रो बनाको छु के रे ।

 
Posted on 05-04-06 4:32 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गजप!!
लु यहि राखे हुन्छ धेरै राम्रो। यसो गित पनि राख न मिल्छ भने!
 
Posted on 05-04-06 4:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lau na yo chautari ta gajap ko po rahechha


sano kanchha mero nam lekhna nabhulnu hai . chautari ra manchhe chinne jimma timro yes patak :)
 
Posted on 05-04-06 5:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

के था तो मलै जिम्माल माइला तिमी घट्टाँ तिर गाका हौ भन्नि?

पराल साल गामाँ घोरल पस्दाखेरि तेसैलाई छेक्न खोज्दा झैं चारहात खुट्टा फाल्दै काल्नै-काल्ना क्यार्न दुगुर्न परेओ थो र घट्टाँ जान नि? लौ त नि जे भओ भओ। जे भा नि मर्तेलओ अनिकाल लाओ छ के रे हाम्रातिर। दुई मुठी हाम्लाई सम्झे काइदा जो हुन्तो।

मेरा नि मुखै जो रसाए के रे तो रातो भाले र पिरो झोलओ कुरो सुनेर। लौ म नि यस्सो आम्ला सानकान्छाओ घर तिर बेल्कातिर।

अपूर चौपाराका पुराना लंठूहुर कता छन्? आम्चन कि आम्दैनन तेतातिर आज? सिरे केटो, भउते, दादा गोताएँ, मुन्द्रे, चित्रे, लाले, पून्टे, साँइलो, रामकिस्ने, नेपे दाजी हुरलाई नदेखेको नि धेरै जो भओ।


जिम्माल माइला घट्टाँ गउँ पिस्दै अरेओ पुरानो फोटु....

 
Posted on 05-04-06 5:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

चौपारि चौपारि ---- चौतारि चौतारि
लौ त सुरुवात मैले नै गरेको छु ।



sanokanchha.jpg

ल त साथीहरु आउनुहोस् बिसाउनुहोस्, रमाइलो गर्नुहोस् ।
बिर्खेमाइला,चित्रे,दादा,पुन्टे,काका,सिरे,भौते,गोतामे,मुन्द्रे,लाले, गलब,
पिकरेली, कलंकि,साँहिला, आइते मुखिया, लालुपाते, गुरासे, लाउरे,लुते,
नटे, डल्ली, सेर्पिनि,लन्लि,रामकिस्ने,रुइना, नेप्चे, बेमानि ,आशे,चिप्ले,
परदेशी,पानपाते,हर्के,यामे , सुभे ,मिस , ठुल्नानि , हिते ,नारने र
कैले....(अरु कति कोनाम छुटयो पछि का दिन हरु मा राख्दै अरमला )
सबै लाइ यो सबैको साझा चौपारीमा म सानोकान्छाको तर्फ बाट सबै लाई
नमस्कार अनि स्वागत छ ।
यो चौपारि लाइ रमाइलो मात्र होइन एउटा सुचना को स्रोत पनि बनाउनु पर्ने
बेला भएको छ त्यहि अनुरुम मैले यो चौपारि लाइ केहि सामान्य रुप मा परिमार्जित
गर्ने प्रयास गरेको छु । तपाइ हरु (गाम्ले हरु ) लाइ कस्तो लाग्यो लेख्दै गर्नु होला।

बिएफबिसगोर्खा रेडियो

माछापुच्छ्रेएफ एम

बिबिसिनेपालि सेवा

लौ त अब यो चौपारि लाइ पनि पुराना चौपारि लाइ जस्तो रमाइलो बनाउदै लग्नु
हुनेछ भन्ने मैले आशा राखेको छु । पुराना गाम्ले हरु लाइ पनि यो चौपारि लाइ मल
गर्न पनि नभुल्नु होला भन्दै यो यो चौपारि को शुभारम्भ गर्दछु।
उहि तपाइ हरु को सानोकान्छो।
 
Posted on 05-04-06 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तेस्त अरेको के हुन्छ कि हुन्न भनेर भओ जस्तो लाओ के रे
 
Posted on 05-04-06 5:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

यो तेस्त अरेको के हुन्छ कि हुन्न भनेर भओ जस्तो लाओ के रे
 
Posted on 05-04-06 5:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै निद्रा ले समातो केरे तेहि भर मैले भोलि सम्म कुरिन
 
Posted on 05-04-06 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त गाम्ले हरु अहिले त कोहि पनि आएनौ केरे म एक्लै छु चौपारि मा
 
Posted on 05-04-06 6:00 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

congratulation !!! and thanks alot sano babu


ramro chha chautari redio ni sunna paine
 
Posted on 05-04-06 6:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब को चौपारि मा त मैले टाउका मा चौपारि राउदेको छु के रे
 
Posted on 05-04-06 6:04 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

लौ त यो चौपारि को कुरा कानि लाइ यहि समाप्त अरेर अर्को चौपारि मा आउनु को लागि अनुरोध अर्छु । यो चौपारि लाइ जस्तै अर्को चौपारि लाइ पनि मया अर्नु होला केरे । ल त सुभ रात्री
 



PAGE: <<  1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
2020 : Why No Trump !
Nepal Likely to Get 60-Day TPS Notice
#MAGA#FAFO is delicious
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NEPAL TPS IS GONE
NOV 18th TPS DAY
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
EAD Filing
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
Leave messages on US congressman's facebook to support TPS
Business Ideas in Nepal?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
A legit Non-Profit organization "United For TPS Nepal "
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters