[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 दशै आयो , मलाई छुदै नछोइ टाढा बाट गयो !
[VIEWED 4286 TIMES]
SAVE! for ease of future access.
Posted on 10-05-11 12:40 PM     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

यो पाली पनि सदा झै दशै आयो,
अनी सदा झै सबै तिर खुशी ल्यायो
सबै को मुख मा मुस्कान ल्यायो
तर सबैलाई आएको दशै
मेरो घर तिर चै नपसी गयो ।
दशै ले मलाई आफ्नो नभनी ,
म सँग बोल्दै नबोली पर बाट गयो । 


दशै फेरी मेरो लागि बिरनो भयो ,
दशै ले मलाई नयाँ लुगा हाल्देन ,
मेरो घर छेउ को चोउर मा पिङ पनि हालेन
अनी मेरो घर मा म्या म्या गर्दै दशै कराएन
अनी मेरो कौसी को एन्टिना चङ्गा पनि आद्केन
पोहोर जस्ताइ दशै ले मलाई अछुत नै बनायो
यो पाली पनि दशै ले मलाई नछोइ पर बाट नेटो कात्यो । 


मेरो निधार मा दशै टिका बनी सझिएन ,
ठुला को अशिर्बाद बनी दशै मेरो घाटी मा बेरिएन
अनी जमरा बनी दशै मेरो कान मा बिजाएन
दशै ले यो पाली मलाई आफ्नो भनेन
दशै आफ्नै सुर मा आयो अनी आफ्नै सुर मा गयो ,
मलाई दशै ले आए पनि भनेन गये पनि भनेन ,
दशै मलाई वास्ता नै गरेन
सबै को मा आएको दशै मेरो मा चै आएन ।
 

मलाई लाग्छ दशै ले अब मलाई आफ्नो भन्दैन
३ करोड नेपाली को घर मा आउने दशै मेरो मा आउँदैन
कि दशै ले मलाई नेपाली नै भन्दैन
कि मलाई दशै ले आफ्नो मान्दैन 
मलाई अछुत  बनाउदै दशै फेरी आयो
टाढा बाट मलाई हेरेर गयो ।
 

दशै ले मलाई अतित चै याद गरायो
पिङ को रिङ्गता याद गरायो
माझा ले काटेको हात दु:खयो
अनी मेरो कान मा म्या गर्दै दशै करायो
अनी मा बुर्लुक्क उफ्रदै टिका थाप्न हिंडेको बाटो सम्झयो
दशै ले मलाई घर याद गरायो ,
त्यो काठमाडौं को सुन्सन बाटो याद गरायो
अनी मामा घर जादा मलेखु को माछा नि याद गरायो
मेरो मनस पलट मा सदै आउने दशै
अनी मेरो मन मस्तिक मा सदै ताजा हुने दशै
आज मलाई आफ्नो नठानी ,
म सँग बोल्दै नबोली टाढा बाट फर्को ,
यो पाली दशै ले मलाई नछोइ फर्क्यो ।
 

हुन त दशै मा सँग रिसाको पनि होला,
मैले दशै लाई अर्को बर्ष भेट्ने बाचा गरेको थे ,
तेस्को अर्को बर्ष कती बिते औंला मा गन्न सकिन
तेइ भएर दशै म बाट तडिएको होला
म निस्थुरी ठानी दशै कुद्केको होला ,
दशै को पो केइ बाध्यता छैन ,
केही बिबस्ता मा बाधियेको छैन
उ बर्षइ पिच्छे आउछ अनी जान्छ
मेरो त धेरै वाध्यता छ ,
म उस्ले भनेको बेलामा उस्लाई भेट्न सक्दिन
अनी मैले चहेको बेला दशै आउँदैन ,
शायद दशै र मेरो अन्तर्दोन्द छ
सब लाई आफ्नो भन्ने दशै मलाई चै आफ्नो भन्दैन ।    
 


 
Posted on 10-05-11 12:49 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दशैं अझ गाको छैन अम्रिकाने, बल्ल नवमी भयो। दशमी रातो टिका भएर आउने छ, खुशीहरु एक धिक्का भै आउने छ । शुभकामना । 
 
Posted on 10-05-11 12:53 PM     [Snapshot: 20]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 lol amrikane 
maile daisai namana ko pani 12 barsa bhayo. aba ta dasai ko feeling pani gayo


 
Posted on 10-08-11 11:07 AM     [Snapshot: 149]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अब नि मित्र
 
Posted on 10-08-11 11:29 AM     [Snapshot: 168]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 मलाई चाँही अलि अलि छोएर गयो
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
2020 : Why No Trump !
legal Query for married nepali girl now have taken US citizenship
Tps decision coming or not nov 18
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOV 18th TPS DAY
Work Permit
EAD Filing
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters