[Show all top banners]

Deep
Replies to this thread:

More by Deep
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 भ्यात्ले लाई कल्ले?

[Please view other pages to see the rest of the postings. Total posts: 23]
PAGE: <<  1 2  
[VIEWED 17358 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-27-07 2:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"भ्यात्ले लाई कल्ले?"

ए दीप, त्यो भ्यात्लेलाई फोन गर्न -- आउँछ की -- तिनजना मात्रै त के खेल्नी -- मजै आउँदैन।

अबिनले हातमा अटाई नअटाई तास फिस्दै मलाई काम अरायो।

तैं गर्न -- तेरो साथि -- मलाई उठनै मन लागेन।

मेरो नी के को साथि? त्यै सुशिलदाई काँ आईरदो रे छ -- तिँ तास खेल्दा चिन्या त हो नी -- अबिनले सुनायो।

अनि अस्ति तेइ भ्यात्लेकाँ गा हैन त तँ, हामीले माछा मार्न हिन भन्दा मिल्दैन भनेर -- बिस्सेले थप्यो।

त्यो त अब त्यैँ सुसिलदाई काँ गा बेला कार्ड भिडायो अनि के त नी -- सफाई दियो अबिनले।

खै फोन? अबिनले सोध्यो।
****
म्यारेज खेल्ने भनेर बिस्से म र अबिन तास ठिक्क पारेर बस्या पातकी मधुकरले आउन मिलेन भनेर फोन गर्यो। मधुकरको लोग्ने स्वास्नी नै खेल्थे -- पाँच जना भए पछि त भै हाल्थ्यो।

स्वास्नीलाई सन्चो भएन भन्छ बज्या।

तँ एक्लै आइज न त -- मैले अलिकति अनकनाएर भनें मधुकरलाई।

अबिन र बिस्से दुबैले घुरेर हेरे मलाई।

काँ आउनी एक्लै मारी हाल्छे नी। झन तेसमाथि हारियो भने त --

मिलान जसरी भए नी -- आईज आईज -- ब्यर टन्नै छ --म:म ठिक्क पार्या छ -- भनें मैले अरु के भन्नु?

ल ल हेर्छु न्त -- आशाको त्यान्द्रो झुन्डाएर फोन राख्यो उस्ले।

के आउँ छ रे? दिक्क लाग्या जसरी सोध्यो अबिनले।

था छैन स्वास्नीलाई सन्चो भएन भन्छ -- एक्लै आईज भन्या मार्छे भन्छ--बोरै भो मैले सुनाएँ।

एक्लै त नआकै ठिक छ। बिस्स्ले ढुक्कै भन्यो।

मैले बिस्से तिर हेरें अनि अबिन तिर। दुईटैको हेराई उस्तै थ्यो।

तेस्को स्वास्नी पनि आए पो रौनक आउँछ -- बिस्सेले झिक्यो कुरो।

तेस्को स्वास्नी आउनी तँलाई के को रौनक नी? मैले सोधें। हुन त कुरो बिस्सेले ठेगानकै गर्या हो।

अब आफ्नो छैन अनि के त नी? बिस्सेले निर्धक्क सुनायो।

तेस्को स्वास्नी संग त हार्दा नी मजा लाग्छ मलाई त -- कस्तो मीठो कुरा गर्छे। अबिन त झन अगाडी लाग्यो। कुरो त हो -- बोलेकै मीठो उस्ले त।

ह्याँ हुँदा चैँ भाउजु भाउजु भनेर नथाक्ने नभा बेलाँ चै तेस्को स्वास्नी तेस्को स्वास्नी भन्नी रौनक र मीठो कुरा रे -- पातकीहरु। पाको बेलाँ मैले नी दोष लाई देँ -- भागेदार त म पनि हो तेसो त।

अब के भन्नी त ---? बिस्से र अबिन दुइटैको अनुहारमा एक किसिमको चमक आयो र फिलुङ्गो झैं बिलायो।

मैले तिमीहरु भन्दा पैले ब्या गरें भने त बस्दीन म तिमीहरु सँग -- मैले हाँसेर सुनाएँ।

मैले पैला ब्या गरेँ भने म पनि बस्दिन तिमेरु संग। अबिनले पनि कुरा प्रस्ट पार्यो।

म त कुरा छिनेकै दिन डेरा सर्नी हो -- बिस्सेले थप्यो।

एक राउन्ड हाँसियो। साथि साथिमा हाम्रो बिस्वास तेस्तो थ्यो।
*****
खै फोन? अबिनले फेरी सोध्यो।

मलाई के था? बिस्से बोलेन मैले जबाफ दिएँ।

तैले अघि कुरा गर्या हैन मधुकर सँग। काँ राखीस? अबिनले सम्झायो।

भान्छा मै होला न्त उतै राख्या जस्तो लाग्छ। सुनाएँ।

ले न त -- अबिनले फेरी अरायो।

लागी रा छ -- जान तैँ फोन गर्नी तैले हो क्यारे -- भन्देँ।

म त सक्दिन -- खेल्न मन लाए तै गर भन्न थाल्यो।

खेल्न त मन लाग्या अघि देखी -- बज्या रबि जेलो जस्तो थ्यो -- थलथले --भ्यात्ले।
सक्दिन म पनि-- खास कुराकानी गर्ने गर्या छैन काँ तास खेल्न आईज भनेर फोन गर्ने? मैले भनेँ --

ल ल फोन गर्न त -- तेस्ले उठाए पछि मलाई दे म कुरा गरम्ला अबिनले भन्यो।

आजा दिन झुर रे छ -- काँ मधुकर्या अप्सरा जस्ती स्वास्नी सँग म्यारेज खेल्न छोडेर अघोरी भ्यात्ले सँग भिड्नु पर्ने भो -- बिस्से बिरक्तियो।

यता उता जमघटमा कुरा गर्यो हो भ्यात्ले सँग --फोनमा त बोल्या थे न।

"हेलो रबि जी हो?" मैले सोधे उता फोन उठे पछि।

अङ्ग्रेजीमा गडरयाङ्ग र मडर्याङग गर्यो --

यस्तो खत्तम अङ्ग्रेजीमा को सँग रीसाईरा रे छ -- भन्ठाने मैले सोधेको सुनेन छ क्यारे --

रबिजी हो? फेरी सोधें नरम सँग -- आर्काको रीसाँ म फेला परम्ला र नआउला खेल्न फेरी तास भन्ने पिर।

"हो -- के गर्छस?" भ्यात्ले यसपाली नेपालीमै जङ्गियो। मैले केई गर्नु न भन्नु --

मैले केई बोल्नु अगि नै फेरी कुर्लीयो "ह्याँ फोन नगर भन्या हो हैन मैले? कति चोटी भन्नु पर्छ? "

कैले भन्यो नगर भनेर? फेरी म को को तेस्लाई के था? कलर आई डी भए पनि -- म छक्क परेँ।

उ गर्जीदै थ्यो -- "डु नट कल लिस्टाँ छु म --- था छ? फाईन तिराउँछु -- जाक्दिन्छु म -- चाइँदैन कलिङ्ग कार्ड भनेसी त --- "
 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 09-27-07 2:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप जीको सिर्जनालाई म के भनुं पर्भू? उत्तम भन्दा नि राम्रो छ कि? त्यही भनुम्। तारेमाम्।
 
Posted on 09-27-07 4:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ha ha ha ha ,


दीपको कथा - यस्तै हो, पढीसकेर नि सम्झी सम्झी हाँस्न मन लाउनी ।
 
Posted on 09-27-07 4:09 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राम्रो छ, फूल अफ ह्युमर
 
Posted on 09-27-07 4:18 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-27-07 4:19 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप ज्यु को कथा को के कुरा गर्नु। पढ्ढा पढ्दै हासेर न पुगेर पढीसकेर फेरी मज्जा ले हांसे।
अरु पनि आ उदै गरोस है, प्रभो।
 
Posted on 09-27-07 4:20 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिस दिदी हासे पछी मज्जा ले मुख खोलेर हास्नुस न। यसरी
 
Posted on 09-27-07 4:25 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

नेप्चेभाइको अनुरोधमा --- (मनमनै कथा बुझ्न नि ट्याम लाग्या हो के उसो त )
 
Posted on 09-27-07 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

lol funny and ending is really excellent. me and my friend are laughing our head off keep writing good stuffs.
 
Posted on 09-27-07 11:53 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीप् ज्यो, दामि लाग्यो। कसरि यति साना घटनाहरु बाट यति राम्रा क्रितिहरु बनाउने हो, हामिलाई नि सिकाउनु पर्यो भन्या।
 
Posted on 09-28-07 7:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 09-28-07 10:05 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


"बज्या रबि जेलो जस्तो थ्यो -- थलथले --भ्यात्ले। "
जे.लो. रे फेरि थल्थले भ्यात्ले रे, कुरा नबुझ्या शुरुमा मैले ।
 
Posted on 09-28-07 10:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा दीप ब्रो! लोल! दा-मी गएछ यो पल्टपनि! ब्रोले लेख्ने तरिका चाँहि बास्तबमै दामी छ यार!

यो कलिङ कार्डले हैरान गर्ने रहेछ। घरको फोनमा आए त ठिकै हो, मेरो साथीलाई सेल फोनमा कल गरेर मिठो स्वरमा "दाई हेर्नु न हिजो रात भरी एउटा नि बेच्न सकिएन, म्यानेजर रिसाइराको छ, त्यहि भएर फोन गर्या" भन्दिरैछ। बिचरा नाई भन्न त खोज्छ तर त्यस्तो मिठो स्वर भाकीलाई के नराम्रो भन्नु भन्दै "ल न त एउटा किन्छु" भन्ने रैछ।
 
Posted on 09-28-07 1:35 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ह्याँ हुँदा चैँ भाउजु भाउजु भनेर नथाक्ने नभा बेलाँ चै तेस्को स्वास्नी तेस्को स्वास्नी भन्नी रौनक र मीठो कुरा रे -- पातकीहरु।
 
Posted on 09-29-07 1:51 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हा हा हा! दामी गयो फेरि दिप पर्भोबाट!
 
Posted on 10-01-07 8:26 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

आफ्नो जिन्दगीको अमुल्य केही पल यो प्रस्तुतीमा खर्चीने सबै प्रति मेरो हार्दिक आभार।
 
Posted on 10-01-07 8:52 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दीपज्यू, यो कथाले म्यारिड र ब्याचेलरको बीच बिभाजन ल्याउला जस्तो छ ।

प्रस्तुती गजबको छ ।
 
Posted on 10-01-07 9:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाहाहाहा दीपले प्याच्च हाँसो गोलि हानेको रेछ यतातिर आफ्नो आँखोले बल्ल ठम्म्यायो!

गजब छ पर्भु!
 
Posted on 10-01-07 10:09 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hey Deep,
Sorry I missed you in my last thread. You dropped by a tad late. I have two things to say about the piece:

1. I am never introducing you to my wife. I don't trust you.
2. As I said earlier, you write with the flair of Bhairav Aryal.

I wanna see you write longer.

Hope everything is fine with you.
 
Posted on 10-05-07 6:02 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

hahahahhahah hahahhaha hahahha
Deep Bro, babal chha hai

काँ मधुकर्या अप्सरा जस्ती स्वास्नी सँग म्यारेज खेल्न छोडेर अघोरी भ्यात्ले सँग भिड्नु पर्ने भो
 
Posted on 10-13-07 12:05 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

..... agrees with sum_off..- you write with the flair of Bhairav Aryal.

Deep bro, you are simply amazing. Write seriously, you got great potential in writing..

Let more flowing like this..

 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
TPS Re-registration case still pending ..
tesla stock OMG !!
TPS for Nepal likely to extend next week
Conservative discussions
सालीको चाक
TPS To F-1 COS
Embassy of Nepal might be able to help extend TPS for Nepal
I hope all the fake Nepali refugee get deported
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Venezuela TPS lawuit
ChatSansar.com Naya Nepal Chat
Who is hottest nepali female?
Looking for girl
TPS for Venezuela is terminated, only 60 days extension for transition period
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
रबि लामिछानेको दाहिने हात ICE को हिरासतमा
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Looking for girl
Who is hottest nepali female?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters