[Show all top banners]

D J Tantrik
Replies to this thread:

More by D J Tantrik
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जनसंख्या राज्य मंत्रीका ९ जाना छोराछोरी
[VIEWED 5974 TIMES]
SAVE! for ease of future access.
Posted on 12-31-09 9:35 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 



अर्को जन्माइदिऊँ ?
जनसंख्या राज्यमन्त्री
खड्गबहादुर बस्याल


नयाँ पत्रिका


काठमाडौं, १५ पुस


दुई
मात्र सन्तान, ईश्वरका वरदान ! यस्तै विज्ञापनमार्फत जनसंख्या मन्त्रालय
रेडियो, टेलिभिजन र पत्रपत्रिकाबाट जनतालाई सन्देश दिइरहेको छ । तर,
मुलुककै जनसंख्या राज्यमन्त्रीका नौजना छोराछोरी छन् ।


हुन त,
जनसंख्या मन्त्रालयले छोरा होस् या छोरी, दुवै बराबरी भन्ने सन्देश पनि
दिन्छ, तर जनसंख्या राज्यमन्त्री खड्गबहादुर बस्यालले छोराको आसमा आठ छोरी
र एक छोरा जन्माएका हुन् ।


'पहिले
छोरा भएन, छोरी जन्मँदै गए, त्यसैले सन्तान धेरै भए,' जनसंख्या
मन्त्रालयको कुर्सीमा बसेर राज्यमन्त्री बस्याल आफैँले नयाँ पत्रिकासित
भने, 'सातजना छोराछोरीबाट १२ नाति-नातिना जन्मिएका छन् ।'


छोरा
जन्मिएला भन्दा-भन्दै उनले सात छोरी जन्माए । आठौँ सन्तान छोरा जन्मिए ।
एउटा छोरा जन्मिएपछि बस्यालले अर्को छोरा जन्माउने प्रयत्न गरे । तर,
जन्मिइन् फेरि अर्की छोरी । जम्मा नौजना सन्तान जन्मिएपछि उनको 'सन्तान
उत्पादन-प्रक्रिया' रोकिएको छ ।


धेरै
छोराछोरीको मात्र होइन, अहिले देशको पनि जिम्मेवारी पाएका राज्यमन्त्री
बस्यालले आफ्ना छोराछोरीको नाम र कोभन्दा को जेठो हो भन्नेसमेत बिर्सिएका
छन् । आठजना छोरीको नाम बताउने क्रममा मन्त्री बस्याल दुईपटक झुक्किए । '६
नम्बरमा छोरी निर्मला जन्मिई,' उनले भने, 'होइन क्यार, त्योभन्दा पहिले त
गीता जन्मिएकी हो, त्यसपछि मात्र सातौँ नम्बरमा निर्मला ।'


जेठी
छोरी शारदाको बिहे दैलेख घर भई भारत अहमदाबादमा कार्यरत इन्जिनियरसँग भएको
थियो । 'ज्वाइँ गत वर्ष मात्र हार्टअट्याक भएर बिते,' उनले सुनाए ।
अहमदाबादको घर बिक्री नभएकाले छोरी र नाति-नातिना उतै रहेको उनले बताए ।


माइली
छोरी विष्णु सुर्खेतकै तातोपानी उत्तरगंगामा घरजम गरी बसेकी छिन् ।
साँहिली छोरी गाउँमै अनमि छिन् । 'उसको विवाह गर्न बाँकी नै छ,' मन्त्री
बस्यालले भने ।


चौथो
नम्बरकी छोरी सीताको सुर्खेत नगरपालिका भैरवथानमा बिहे भएको छ । पाँचौँ
नम्बरकी तारा र छैटौँ नम्बरकी निर्मलाको पनि बिहे भइसकेको छ ।


सातौँ
नम्बरकी छोरी गीता राज्यमन्त्री बस्यालसँगै अहिले मन्त्रीनिवास पुल्चोकमा
बस्छिन् । गीताका श्रीमान्लाई मन्त्री बस्यालले नै मलेसिया पठाएका छन् ।


राज्यमन्त्री
बस्यालका एक मात्र छोरा अहिले जनस्वास्थ्यमा स्नातक तहमा अध्ययनरत छन् ।
उनी आठौँ नम्बरमा जन्मिएका थिए । सबैभन्दा कान्छी सन्तान सुशीला जन उच्च
मावि, सुर्खेतमा कक्ष्ाा १० मा अध्ययनरत छिन् । कक्षा नौमा पढ्दै
'लभ-म्यारिज' गरेकी सुशीलाले बच्चा पनि जन्माइसकेकी छिन् ।


राज्यमन्त्री
बस्याल दलित मात्र होइनन्, गरिब परिवारका पनि हुन् । छोराछोरी हुर्काउँदा
लागेको ऋण उनले मन्त्री भएपछि मात्र तिरेका छन् ।


'सम्पत्ति केही छैन, गाउँमा १० धुर जमिन छ,' उनले भने, 'पैसा ल्याऊ, अनि घर बनाएर बसौला भनेर ज्वाइँलाई मलेसिया पठाइदिएको हुँ ।'


बस्यालले
जमानामा पनि 'लभ-म्यारिज' गरेका हुन् । सानो परिवार, सुखी परिवार बनाउने
सपना थियो उनको पनि । 'तर, छोरीहरू जन्मँदै गए, परिवार बढ्दै गयो,' उनले
भने ।


आफैँ एसएलसीसम्म पढेका राज्यमन्त्री बस्यालका सातजना छोरीले पनि एसएलसी मात्र उत्तीर्ण गरेका छन् ।


०४७
सालमा कांग्रेस प्रवेश गरेका बस्याल ०६२/६३ को आन्दोलनमा दुईपटक गिरफ्तार
भएका थिए । कांग्रेसले उनलाई समानुपातिक कोटामा संविधानसभा सदस्य बनाएको
हो । बस्याल दलित कोटामा सभासद् र मन्त्री भएका हुन् ।


'सबैले
सरकारी विद्यालयमै पढेका हुन्, छोरीहरू बेरोजगार छन्,' राज्यमन्त्री आफैँ
गुनासो गर्छन्, 'छोरीहरूलाई कतै काममा अल्झाइदिन पाए हुन्थ्यो भन्ने पनि
लाग्छ । 'तर, कसलाई भन्नु, आफैँ मन्त्री छु ।'


'बाउ'
नै मन्त्री हुँदा पनि जागिर पाइएन भनेर छोरीहरूले गुनासो गर्ने गरेको उनले
बताए । 'आफ्नै बाउ मन्त्री हुँदा पनि (जागिर) नभए कहिले पनि हुँदैन
भन्छन्,' उनले भने ।


एकताका
गि्रल उद्योग खोल्दा लिएको ऋण बढेर एक लाख २५ हजार पुगेको थियो । ऋणले
घर-जग्गा नै गुम्ने हो कि भन्ने चिन्ता थियो । 'तर, पार्टीले मन्त्री
बनाइदिएपछि ऋण तिरेको छु,' भर्खरै ऋणमुक्त भएकामा उनी सन्तुष्ट छन् ।

mansara basyal



'नौ सन्तान भएपछि नियोजन गरेँ'
श्रीमति मनसरा बस्याल

म भर्खरै १४ वर्षकी थिएँ, उहाँ -खड्गबहादुर बस्याल) सँग माया बस्यो ।
उहाँ -सुर्खेतको) गोठीकाडाबाट यहाँ -वीरेन्द्रनगर) पढ्न आउनुहुन्थ्यो, म
गाई लिएर गोठालो जान्थेँ । पहिले चिनजान भयो, पछि माया बस्यो ।


उहाँको बानी राम्रो थियो । आउँदा-जाँदा भेट हुन्थ्यो । पछि मलाई उहाँ
राम्रो लाग्न थाल्नुभयो । माया बसेको करिब तीन वर्षपछि मलाई भागौँ भनेर
उहाँले नै भन्नुभो । मैले त्यही राति सबै कपडाको कुम्लो बनाएर घरमा कसैलाई
थाहा नदिई भाग्ने योजना बनाएँ । ०२५ साल असोजको पूणिर्मा मनाएर हामी
भाग्यौँ । उहाँका साथीहरू हामीलाई झुप्रासम्म पुर्‍याउन आउनुभयो ।


पछि उहाँले नेटाको खल्टाकुरा प्राथमिक विद्यालयमा पढाउनुहुन्थ्यो, मलाई त्यहीँ राख्नुभयो । चार महिनापछि हामी घर गयौँ ।


म त्यतिवेला १८ वर्षको थिएँ, उहाँ २० को हुनुहुन्थ्यो । जेठी र माइली छोरी जन्मिसकेपछि हामीले बाजा बजाएर माइती मानेका -गएका) हौँ ।


जीवनमा उहाँले धेरै संघर्ष गर्नुभो । पहिला पुलिस हुनुभो । हो नि, मेरा
बूढा त असइ पनि हुनुभा हो । तीन वर्ष असइ भइकेपछि त्यो जागिर छाडेर दुई
वर्षजति मास्टर हुनुभो । पछि १८ महिनाजति भेटेरिनरीका मुखिया पनि हुनुभो ।
कपडा-पसल पनि गर्‍यौँ ।


पछि गि्रल उद्योग खोलेर पनि बस्यौँ । उहाँले त्यतिवेलादेखि नै राजनीति
गर्न थाल्नुभा हो । तर, छोराछोरी धेरै भए, मलाई धेरै छोराछोरीको टेन्सन
हुन्थ्यो । उहाँ राजनीतिमै व्यस्त हुनुभो । घर पनि कहिलेकाहीँ
भुल्नुहुन्थ्यो ।


छोरा पाउने भन्दा-भन्दै आठवटी छोरी भए । त्यसपछि पनि नौ महिनाकी छोरी
खेर गइसकेपछि छोरो भयो । अर्को पनि छोरा जन्माऊँ न त भनेको फेरि छोरी नै
जन्मिई । त्यसपछि मैले परिवार नियोजन गरेँ ।


यति धेरै छोरी हुँदा पनि उहाँले कहिल्यै अर्को बिहे गरौँ भन्नुभएन ।
तर, समाजले त छिटो बिहे गर्, नत्र तेरो छोरा नै हुँदैन भन्थ्यो । मेरा
बूढाले मलाई धेरै माया गर्नुहुन्छ ।


जेठी छोरी शारदा ३८ वर्षकी छे । उसको भारतको गुजरातमा बिहे भको छ ।
साँहिली विनीता र छोरो भानुभक्तबाहेक सबैको बिहे भइसक्यो । कान्छी छोरी
सुशीला १९ वर्षकी छे । उसको यतैका एकजना गुरुङसँग बिहे भको छ ।


दुई बिघा घडेरीसहित चार बिघाजति पुख्र्यौली सम्पत्ति बूढाले जम्मै
राजनीतिमै सिध्याउनुभो । हाल (सुर्खेत) उत्तरगंगा बजारमा सानो घडेरीमा घर
छ । गाउँमा एक कठ्ठा बारी र ६ कठ्ठा खेत छ ।


म अहिले काठमाडौंको मन्त्रीनिवासमा बस्छु, अहिले जाडोमा घर आएकी हुँ ।
धेरै त बूढासँगै बस्छु । राजनीति गरेर सम्पत्ति त गयो, तर खेर गएन जस्तो
लाग्छ । अहिले मेरा बूढा मन्त्री हुनुहुन्छ । कसला काटे मसला पाइँदो रहेछ ।


(गणेशकञ्चन भारतीसँगको कुराकानीमा आधारित)

तस्बिरः श्रीधर पौडेल/नयाँ पत्रिका



Last edited: 31-Dec-09 09:36 AM

 
Posted on 12-31-09 11:19 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

he might be eligible for guiness world record...first janasankhya mantri with 9 children.
Nepal will have one more thing to be proud of after Buddha and Mt.Everest. 
PS: Manchey ho ki Musa ho yo mantri?

 
Posted on 12-31-09 12:48 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

He is the most eligible for that population minister post.. coz only he knows the trouble of having 9 children to raise.

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters