[Show all top banners]

turthisbad4you
Replies to this thread:

More by turthisbad4you
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पारस गोलीकान्डको 'पिपली लाइभ'
[VIEWED 10003 TIMES]
SAVE! for ease of future access.
Posted on 12-14-10 7:58 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


संविधान निर्माण र सरकार बनाउने विषयमा समेत सहमति जुटाउन नसकेका कङ्ग्रेस नेता सुशील कोइराला माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवासमा हान्निएर पुगे। उद्देश्य कङ्ग्रेस नेतृ सुजाताको ज्वाँईलाई गोली ताक्ने पूर्व युवराज पारसलाई कारबाही गर्ने विषयमा सहमति जुटाउन। पारसलाई कारबाही गर्न सहमति जुटाउन यति सक्रिय रहेका कोइराला कहिल्यै पनि कुटाई अथवा गोली नै खाएर मारिएका कङ्ग्रेस कार्यकर्ताको बारे छलफल गर्न यसरी हतारिएनन्। कार्यकर्ता मारिने र कुटिने क्रम रोकिएन र रोकिएको छैन पनि।

कामचलाउ सरकारको क्रान्तिकारी कदम पनि 'मान्न लायक' देखिएको छ। सिविर बाहिर निस्केर छातिमा गोली ठोक्ने माओवादी र सार्वजनिक ठाउँमा मत्तहात्तीको व्यवहार देखाउने सेना र प्रहरीलाई कारबाही गर्न तम्तयार नहुने सरकारले पारस काण्डको छानविन गर्न समिति बनाइहाल्यो। चोरी भयो, लुटिएँ, बलत्कृत भएँ, पिटिएँ भन्दै दोषीको किटानी सहित उजुरी दायर गर्नेहरु मुलुकमा छन्। उनीहरुको उजुरीमाथि कानमा तेल हाल्ने सरकारी प्रशासन उजुरी नै नहुँदै गोली काण्डको अनुसन्धानमा जुट्यो।


गोली चल्यो। मिडियाका लागि समाचार हुनु स्वभाविक हो। गोली चलाउने पूर्व युवराज पारस शाहा पहिलेदेखि नै विवादमा रहँदै आएका हुन्। यसैकारण पनि मिडियाले उनको यो हर्कतमाथि औला ठड्याए। एक साता अघिमात्रै गोठाटारमा एक सर्वसाधारणले 'स्वास्नी तर्साउन' गोली प्रहार गरेका थिए। अखबारका पानामा त्यो समाचार खासै ठूलो बनेन। पारसको गोली र गोठाटारमा भएको हवाई फायरको प्रकृतिमा खासै भिन्नता छैन।


बन्दुकको नालबाट निस्केको गोलीले कसैको पनि ओहदा चिनेर निसाना तोक्दैन। मृत्युको मोल पनि मानिसपिच्छे फरक हुन सक्दैन। मृत्यु आखिर मृत्यु हो। तर, समाचार सबै मृत्यु र सबै गोलीमाथि समान हुन सक्दैन। राजतन्त्र अन्त्य भएको समय धेरै नभइसकेको अवस्थामा राम्रो या नराम्रो दुबै कारणले पारस एक किसिमको 'सेलिव्रिटी' हुन्। उनले गरेको अपराध दण्डनीय छ। प्रहरी प्रशासनले उनलाई गोली चलाएको आरोपमा कुनै पनि समय पक्रन सक्ने अधिकार राख्छ।


यहाँ पारसले गोली चलाउनु ठिक या वेठिकको वहस गर्न खोजिएको होइन। राज्यले यो विषयलाई जति प्राथमिकता दियो त्यो कति हदसम्म सही हो भन्नेमात्र हो। उपप्रधानमन्त्री सुजाता कोइरालाको ज्वाँईका विरुद्ध हावामा गोली नचलाई कुनै सर्वसाधारण विरुद्ध गोली चलाएको भए के यत्तिकै महत्त्वका साथ दलहरु वैठक बसेर पारसको कारबाहीका लागि योजना बनाउँथे ?
दुई साता वितेको छैन - राजधानीमा ट्याक्सी चालकहरुले मनोमानी मूल्यमा ट्याक्सी चलाउन पाउनुपर्छ भनेर हड्ताल गरे। राजधानी ठप्प भयो। कसैले आकाशमा चलाएको गोली भन्दा बढ्ता प्रभाव पार्‍यो यो घटनाले। एक किसिमको 'संगठित अपराध' घट्दा मुलुकका ठूलादेखि साना कुनै पनि नेताले मुख खोलेनन्। न कुनै छलफल भयो यो अपराध रोक्न। 'अब बलात्कारीहरुले कुन दिन जुलुस निकालेर बलात्कार गर्न पाउनुपर्छ भन्दै जुलुस निकाल्छन,' ट्याक्सी आन्दोलनबाट पीडितले सुनाउँदै थिए।
मुलुककै पूरानो विश्वविद्यालयले स्नातक तहको परीक्षा लिइरहँदा माओवादीको भातृ संगठन अखिल क्रान्तिकारीको अधिवेशन पर्‍यो। अधिवेशनले परीक्षा नै रोकियो। त्रिविको शैक्षिक क्यालेन्डर नै विग्रने गरी भएको यो 'अपराध'का पीडितको संख्या चितवनको जंगलभित्र आकाशमा गरिएको गोली सुन्नेभन्दा धेरै बढी थियो। न त दलका नेता यसमा बोले न त कुनै छलफल नै भयो।


कुनै पनि अपराधीलाई सुरक्षाकर्मीभन्दा बढी डर उ जस्तै अपराध गर्नेबाट हुने गर्छ। सायद यही कुरा लागू हुन्छ नेपाली राजनीतिमा। संविधान सभाको चुनावपछि नेपालका राजनीतिक दलहरुमा देखिएको धेरैखाले प्रवृत्तिलाई जनताले 'अपराध' भन्दा फरक मानेका छैनन्। पारसले हावामा गोली हानेर अपराध गरेका छन् भने पारसविरुद्ध अभियानमा जुटेका नेताहरु कुनै पनि दृष्टिकोणले 'चोखा' छैनन्। पारसविरुद्ध संविधान बनाउने देखि सरकार निर्माणमा सहमति जुटाउनेसम्मका सबै कुरा छाडेर लागेका नेताहरु सर्पको पुच्छर देख्‍ने सर्पभन्दा फरक रहेनन्।


 
Posted on 12-15-10 2:03 AM     [Snapshot: 325]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


प्रहरीलाई राम्रोसँग थाहा छ, एउटा मान्छेले करोडौँ रकम अवैध तवरले विदेश लगिरहेको छ। त्यसलाई पक्राउ गर्दा र कानुनी कारबाही गर्दा देश जनताको भलो हुन्छ। तर सँगै प्रहरीसँग आफ्नो समस्या पनि छ, अपराधको लहरो तान्दा त्यसबाट गर्जने पहरोको।



पूर्व युवराज पारसको हवाई फायरकान्डका सूत्रधार, अर्थात् उनीसँग चितवनको सौराहामा भनाभन गर्ने सुजाताका ज्वाइँ रुबेल चौधरी अहिले प्रहरीका लागि मात्र हैन देशको सञ्चार उद्योगका लागि पनि एक जना घाँडो व्यक्ति रहेछन। यसको प्रमाण खोज्न कि त तीन महिनापहिले ललितपुरको खुमलटारबाट पक्राउ परेका तीन बंगलादेशी नागरिक जो हाल केन्द्रीय कारागरमा बन्दी छन्, उनको बयान हेर्नुपर्छ कि पर्वत खानीगाउँ ३ घर भई काठमाडौँमा पढ्न बसेका विष्णुप्रसाद तिवारीको पीडा बुझ्न सक्नुपर्छ। काठमाडौँ प्रहरीका इन्सपेक्टर कुमुद ढुंगेलको सादा पोशाकवाला टोलीले तीन महिना पहिले खुमलटारबाट दूरसञ्चार प्रविधिको दुरुपयोग गरी अर्बौँ रकम नोक्सानी गर्ने गिरोहका व्यक्तिलाई पाँच करोड बराबरको कल बाइपास उपकरणसहित पक्राउ गरेको थियो।


ती बंगलादेशी नागरिकले पक्राउ लगत्तै आफूहरु रुबेलबाबुको मान्छे भनी चिनाएका छन्। तर रुबेलबाबुको नाम न उनीहरुको कुनै बयानमा कसैले लेख्‍ने हिम्मत गरेको छ, न कुनै मिसिल मै। कल बाइपास अर्थात् भीओआइपी जसलाई अंग्रेजीमा भ्वाइस ओभर इन्टरनेट प्रोटोकल भनिन्छ,  यो सञ्जालको अन्तर्कथा भने बेग्लै छ।


नेपाल प्रहरीको नक्सालस्थित हेडक्वार्टरभित्र अपराध अनुसन्धान ब्युरो सीआईबी नामको टोली यस्ता अपराधको अनुसन्धानमा निकै पोख्त मानिएको छ। प्रविधिको दुरुपयोग गरी हुने अपराधबारे अनुसन्धानको जिम्मेवारी पाएका छन् इन्सपेक्टर गौतम केसीले।


यो टोलीले भीओआइपीसम्बनधी अपराधबारे गहिरिएर अनुसन्धान गर्‍यो। तर निश्कर्ष यस्तो निस्कियो कि हाकिमहरु तैँ चुप मै चुपको अवस्थामा पुगे। भीओआइपी रहेको स्थानबारे बुझ्नका लागि नेपाल टेलिकमसँग एउटा बेग्लै प्रविधि छ। तर पहुँचवाला नै यस्तोमा लाग्नाले टेलिकम त्यस्तो प्रविधिमार्फत् अपराध अनुसन्धानमा लागेको छैन वा त्यो कामका लागि प्रहरीलाई टेलिकमले सहयोग गरेको छैन। यसपछि प्रहरीको सीआइबी टोलीले इन्टरनेटबाटै बुझ्न सकिने उपाय निकाल्यो। तीन महिना पहिलेसम्म मन्डिखाटारमा भीओआइपी सञ्चालनमा रहेको बकाइदा देखिएको थियो। मन्डिखाटारमा रुबेल बाबुकी सासु सुजाता कै घर वा आसपासमा त्यस्तो देखिएको प्रहरी स्रोतले जनाएको छ।


तर, खुमलटारमा छापा हानेसँगै त्यहाँको भीओआइपी पनि गायब छ। केही साता पहिलेसम्म त्यही प्रविधिबाट जाँच्दा उपराष्ट्रपति परमानन्द झाको घर आसपास भीओआइपी प्रयोग भएको प्रहरी स्रोत बताउँछ। घटनाक्रमले पनि रुबेल चौधरीको संलग्नलाई अस्वीकार गर्दैन। तर शक्ति हुनेले सकुन्जेल लुट्न पाइने देश न हो यो, कसैको केही लाग्दैन। अहिले यो पिरलोमा परेका छन् हनुमानढोकास्थित अपराध महाशाखाका प्रहरी।


पर्वतको खानीगाउँ ३ घर भई काठमाडौँमा अध्ययनरत विष्णुप्रसाद तिवारीले आफूलाई सँधैजसो ज्यान मार्ने धम्की आइरहेको उजुरी दिएका छन्।


दोषी फलानो हो भन्ने आधारमा प्रहरीसँग छ, तर अहिले मण्डिखाटार निर्मल निवासभन्दा शक्तिशाली र डरलाग्दो छ प्रहरीका निम्ति।


 
Posted on 12-15-10 2:19 AM     [Snapshot: 339]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Paras and sujata both are nalayek. Paras was made crown prince when everybody was celebrating dashain to refrain from people birodh, so was the sujata koirala, made dpm before nalayek father went to hell, when puppet madhav just became pm with GP ashirbad.


Now both are in  logger head, time will tell which one is more fatal to each other action, either sujata coz sure now her bangaldeshi son in law's illegal activities will be revealed. Or as always to paras shah because of his criminal activities.


 
Posted on 12-15-10 11:44 PM     [Snapshot: 833]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

टाइगरटप्स कान्डमा पारसलाई पक्राउ गरेर चितवन लैजाने तर रुवेल चौधरीलाई ससुरालीमा वयान लिने दोहोरो मापदन्ड अस्वीकार्य छ । रुवेल केवल उपप्रधानमन्त्रीका ज्वाइँ हुन्, राष्ट्रको कुनै ज्वाइँ हुँदैन ।



शनिबार रातिको टाइगरटप्स कान्डमा प्रहरीले पूर्वयुवराज पारस शाहलाई गिरफ्तार गरी चितवन पुर्‍याएर बयान लिइरहेको छ । तर, सोही घटनाको अर्को पक्ष अर्थात् पीडित भनिएका उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाइँ बंगलादेशी नागरिक रुवेल चौधरीसित भने प्रहरीले उनकै ससुराली अर्थात् मन्डिखाटारस्थित सुजाता निवासमै गएर ँजानकारीलिएको छ । सामान्यतः कुनै पनि घटनाको छानबिनमा घटनास्थलमै पीडित र पीडक दुवैको बयान लिनुपर्ने हुन्छ । तर, सरकारले एउटै घटनामा संलग्न दुई पक्षमध्ये एकलाई गिरफ्तार गरी घटना घटेको जिल्लामै पुर्‍याएर बयान लिएको छ भने अर्को पक्षसित उनकै निवासमा पुगेर ससम्मान 'जानकारीलिएको छ । एउटै घटनामा संलग्न दुईमध्ये एक पक्षलाई भिआइपी सम्मान र अर्को पक्षमाथि बेग्लै व्यवहार अस्वाभाविक छ ।


पारस शाहमाथि एउटा सामान्य नागरिकका रुपमा कानुनी प्रक्रिया अघि बढाउनु अति जरुरी छ । मुलुकमा गणतन्त्र आएको र अब कोही पनि संविधानभन्दा अग्लो नभएको प्रमाणित गर्न पनि यो आवश्यक छ । पारस शाहको गिरफ्तारी र उनीमाथिको छानवीन यस दिशामा सकारात्मक कदम हो । तर, हिजो पारसको भूमिकामा आज रुवेललाई राष्ट्रले कुनै पनि शर्तमा स्वीकार गर्न सक्दैन । रुवेल उपप्रधानमन्त्रीका ज्वाइँ होलान् तर राष्ट्रका ज्वाइँ पक्कै होइनन् ।


अहिलेसम्म सार्वजनिक तथ्यहरुले रुवेल चौधरीको मानसिक भय र उनले सामना गरेको अस्वाभाविक परिस्थितिको अनुमान गर्ने आधार दिन्छन् । उनी आतंकित र पीडित हुन सक्छन् तर उनी कानुनभन्दा माथि छैनन् । सरकारी संयन्त्रहरुले यो घटनामा दोहोरो चरित्र देखाएका छन् । रुवेललाई वयान लिन उनको ससुराली पुगेर राज्यले गणतन्त्र आएको सन्देश दिएको छैन बरु नयाँ राजतन्त्र सुरु भएको छनक दिएको छ । रुवेल चौधरीमाथि भिभिआइपी व्यवहार गणतन्त्रका लागि लज्जा हो । उनलाई नयाँ राजकुमारमान्न राष्ट्र तयार छैन ।


पूर्वयुवराज पारसको विगत आपराधिक र विवादास्पद छ अनि उनी अझै पनि सुधि्रनसकेको प्रमाण टाइगरटप्स्-कान्ड हो । उनले पूर्वयुवराजका हैसियतले कुनै छुट पाउन हुन्न । सँगसँगै त्यही कारणले उनीमाथि प्रतिशोधपूर्ण व्यवहार पनि हुन हुन्न ।


सरकारले यो घटनामा छानवीन समिति बनाएर राम्रो काम गरेको छ । घटनाको वास्तविकता पत्ता लगाएर दोषीलाई कारवाही गर्न बाटो खुलेको छ । तर, वयान लिन नै दुई थरी मापदन्डले सरकारको तटस्थतामाथि प्रश्न गर्ने ठाउँ दिएको छ । सामान्यतः एउटा नेपाली यस्ता घटनामा संलग्न भएको भए उसले सम्बन्धित इलाकाको प्रहरी कार्यालयमा स्वयं उपस्थित भई बयान दिनैपथ्र्यो तर बंगलादेशी नागरिक रुवेल चाहिँ ससुरालीबाटै यो दायित्वबाट किन उम्किए ? भोलि यस्ता घटनामा कुनै सर्वसाधारण नेपालीले प्रहरी कार्यालयमा गएर बयान दिन इनकार गर्‍यो भने त्यतिखेर प्रहरीले उसकै निवासमा गएर बयान लिन्छ या लिदैन ?


पारसमाथि पूर्वयुवराज होइन, एउटा सामान्य नागरिकको हैसियतमा व्यवहार गरिनुपर्छ भने रुवेललाई पनि उपप्रधानमन्त्री सुजाताका ज्वाइँका रूपमा होइन, एक सामान्य विदेशी नागरिकका रूपमा व्यवहार हुनुपर्छ । अपराध प्रमाणित भएमा पारस शाहलाई न्यायको कठघरामा उभ्याइनै पर्छ तर उनको हिजोको ठाउँ आज रुवेलले लिन सक्दैनन् । लोकतन्त्रमा कानुनले सत्ताको दलालीलाई स्वीकार गर्दैन, जब गर्छ तब त्यो कानुन रहन्न । रुवेल चौधरीको नाम भिओआइपी छलीदेखि अरु अभियोगमा पनि अघि आएको छ । उनीमाथि यी प्रकरणमा पनि छानवीन हुनुपर्छ । ( नयाँ पत्रिका)


 
Posted on 12-18-10 5:01 PM     [Snapshot: 1020]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 12-18-10 8:32 PM     [Snapshot: 1156]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

डाइनोसरहरुले बदलिदो जलवायु संगै परिवर्तित हुन नसकेका कारण लोप भये। आजभोलि हाम्ले देख्ने गैडा पनि केही समय पछि लोप हुनेछन। किनभने आफूलाई निकै काम परिवर्तन गर्ने मा पर्छन यिनिहरु। समय संगै परिवर्तित नभएका राजतन्त्र हरु नासिय संसार बाट। नेपालबाट पनि नासियो।  परसले चितवनको रिसोर्ट्मा देखाएको चर्तिकला ले के भन्छ भने यो मानिस पनि बदलिएन समय बदलिदा पनि। त्यो पनि राम्रो काम हो र जारी राखेको? रक्सी खाको बेलामा बन्दुक पडकाउने। पहिले राजतन्त्र हुँदा सम्म त्यसैको आडमा त्यस्तो गरे पनि त्यो बानी अझै गएन। तर तेसको परिणमा फरक हुन सक्छ। पहिले कैयौ मान्छे मार्दा पनि सजाए भोग्न परेन(राजसन्स्था  बद्नाम भयो र लोप भयो) अब भने सजाए भोग्न पर्ने हुन सक्छ। सरकार बलियो भएको अवस्थामा। कसैले पनि जे पायो तेही गर्न पाउन हुदैन। कानुन सबै लाई बराबर हुनु पर्छ। चाहे त्यो पारस हो वा माओवादीको काली खाम्। गल्ती गर्ने सबै लाई सजाए हुनु पर्छ।


 
Posted on 01-07-11 1:16 AM     [Snapshot: 1542]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

गणतन्त्र नेपालको 'नव बडामहारानी' सुजाता जोस्टले आफ्ना एक मात्र छोरी ज्वाइँ बंगलादेशी नागरिक रुबेल चौधरीको सहयोगमा मन्त्री पदको चरम दुरूपयोग गर्दै अनेकौं गैरकानुनी धन्दा सञ्चालन गरिरहेको खुलासा हुन आएको छ। प्रहरीको हतियार खरिददेखि अवैध हातहतियार र भीओआईपी(कल बाईपास)मा समेत रुबेल चौधरीको संलग्नतामा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री सुजाता जोस्टको बंगलादेशी ज्वाइँप्रतिको मोहलाई अर्थपूर्ण मानिएको छ। एक गुप्तचर स्रोतबाट प्राप्त जानकारी अनुसार रुबेल चौधरी आफ्नी सासु सुजाता जोस्टको आडमा बंगलादेश, पाकिस्तान, बर्मा, इंग्ल्यान्डदेखि साउदीसम्म अन्तर्राष्ट्रिय आपराधिक गिरोहका लागि नेपालमा बसेर कारोबार सञ्चालन गरिरहेको थाहा हुन आएको छ।

भारतको गुहाटी जेलमा जेल जीवन बिताइरहेका दाउद इब्राहिम गिरोहको सदस्य पाकि मियाँ उर्फ सम्सुल हक मुसलमान र निजका ज्वाइँ अन्डरवर्ल्ड डन डा. हाइदर हुसेनसँग मिलेर रुबेल चौधरीले बर्मा, मणिपुर, आसाम, बंगलादेश हुँदै पश्चिम बंगाल र युपी विहारमा भारतीय सेनाको बर्दी लगाएर अवैध हतियार र ड्रग्सको कारोबार गरिरहेको दाबी गुप्तचर स्रोतको छ। भारतको आसाम राज्यको मोरी गाउँ डिस्ट्रिक बस्ने डा. हाइदर हुसेन हाल राजधानी काठमाडौंमा बसेर सुजाताका बंगलादेशी ज्वाइँ रुबेल चौधरीमार्फत् राजनैतिक पहुँच पुर्या एर अवैध हतियार, कल डाइभर्ट तथा जाली नोट र लागूऔषधको कारोबार सञ्चालन गरिरहेका छन्।

राजधानी काठमाडौंलगायत देशका प्रमुख सहरी क्षेत्रहरूमा जमात ऊ दावाको नाममा लस्कर ए तोयवाले साउदी अरब र कुवेतका शेख हराबाट मस्जिद र मदरसाका नाममा रकमहरू भित्र्याउने काम आतंकवादी संगठनका सदस्यहरूले गरिरहेका छन्। जानकारी अनुसार नेपाल र भारतको सीमावर्ती क्षेत्रमा भारतको बीएसएफ र नेपालको सशस्त्र प्रहरी बल दुवै सिमानामा तस्करी धन्दालाई छुट दिइरहेका छन्। त्यसको हिस्सा नेपाल प्रहरी, सशस्त्र प्रहरीको नेतृत्वले समेत पाउने गरेका छन्। उपप्रधानमन्त्री सुजाताको छोरी ज्वाइँ रुबेल घर ज्वाइँका रूपमा मण्डिखाटारस्थित सुजाता निवासमा बस्नुलाई अर्थपूर्ण मानिएको छ।

स्रोतका अनुसार नेपालको राजनीतिमा शक्तिकेन्द्रको रूपमा रहेको कोइराला निवास गिरिजाको देहान्तपछि सुजाताले हत्याउन पुगेकी छन्। कुनै समय आफ्ना पिता प्रम भएका बखत बाबु गिरिजाको रेखदेखका गरेको बेला तत्कालीन शाही नेपाल वायुसेवा निगमको टिकट एजेन्ट नियुक्तिमा करोडौंको घोटाला गरी धमिजा काण्ड मच्चाउन सफल भएकी सुजाता पैसा र शक्तिका लागि जुनसुकै मूल्य चुकाउन तयार हुन्छिन्। सुजाताले घरज्वाइँ रुबेललाई अंगिकृत नागरिकता उपलब्ध गराएर नेपाली राजनीतिमा आफूपछि आफ्नी छोरी मेलानी र ज्वाइँ रुबेललाई स्थापित गराउने भित्री तयारी गरिरहेको कुरा सुजाता निकट स्रोतले बताएको छ।
स्रोतका अनुसार सुजाता जोस्टले आफ्ना घर ज्वाइँ रुबेलमार्फत् प्रहरीको हतियार र लुगा खरिददेखि सुडान काण्डमा ४४ करोड घोटाला र पछिल्लो समय आएर प्रहरीको सामान खरिद प्रक्रियामा १७ करोडको घोटालामा पनि सासु सुजाता र ज्वाइँ रुबेल चौधरीको संलग्नतासम्बन्धी अख्तियारले छानबिन र अनुसन्धानको दायरामा राखे पनि सुजातामाथि अख्तियारले कारबाही अगाडि बढाउन सकेको छैन। भनिन्छ, प्रहरीको सरुवा बढुवामा समेत बंगलादेशी ज्वाइँ रुबेल चौधरीको सिफारिस क्याबिनेटसम्म चल्ने गरेको छ। यसका अलावा कल डाइभर्ट (अवैध फोन अन्तर्राष्ट्रिय कल) कारोबारमा रुबेलको नाम र संलग्नताबारे पटक–पटक प्रहरीमा पक्राउ पर्ने बंगालीहरूले बयान दिँदासमेत प्रहरी नेतृत्वले बेवास्ता गर्दै छुट दिनुलाई अर्थपूर्ण मानिएको छ।

source : सुनिल शर्मा, दृष्टी साप्ताहिक



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters