[Show all top banners]

Smooth

More by Smooth
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 Education in Nepal
[VIEWED 7126 TIMES]
SAVE! for ease of future access.
Posted on 09-10-11 5:03 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पेशल आचार्य

 

दोहोरो पलायन


बर्सेनि हजारौँ विद्यार्थी र अबौर्ं रुपियाँ विदेशिन नरोकिएपछि निजी क्षेत्र जुर्मुराउँदै

आर्थिक वर्ष २०६६/६७ को ११ महिनामा मात्र २६ हजार २ सय २२ छात्रछात्रा उच्चशिक्षा अध्ययनका लागि तेस्रो मुलुक गए। त्यसको अघिल्लो वर्ष अध्ययनका लागि विदेशिनेको संख्या २४ हजार ८ सय २४ थियो। अर्कोतिर, अध्ययनकै लागि भारत जानेको संख्या त्यसभन्दा कम छैन। स्वीकृति आवश्यक नपर्ने भएकाले भारतमा अध्ययनरत विद्यार्थीको यकिन संख्या सरकारी निकायसँग छैन।

त्यसरी विदेशिने विद्यार्थीमार्फत बर्सेनि ७० अर्ब रुपियाँभन्दा बढी रकम बाहिरिंदै आएको छ। दुई दशकअघिसम्म अधिकांश उच्च तथा उच्च मध्यमवर्गले विद्यालय तह अध्ययनका लागि भारतका दार्जीलिङ, नैनीताल, बैँगलौर पठाउने गर्थे। मुलुकभित्रै सुविधासम्पन्न र अन्तर्राष्ट्रियस्तरका बोर्डिङ् स्कुल खुल्न थालेपछि त्यसरी बाहिरनिे ९० प्रतिशत विद्यार्थी स्वदेशमै पढ्न थाले। पछिल्लो एक दशकमा प्लस टुको विस्तारसँगै एसएलसी उत्तीर्ण भएपछि विदेशिने विद्यार्थीको संख्यामा कमी आए पनि स्नातक अध्ययनका लागि विदेशिनेको संख्या बढ्दो छ। शिक्षा मन्त्रालयका एक अधिकारीका अनुसार, विदेशिने कुल विद्यार्थीमध्ये ७५ प्रतिशत स्नातक अध्ययनका लागि बाहिरन्िछन्।

तथ्यांकले विदेशिने विद्यार्थीको संख्या बढ्दो देखाउँछ। एकातिर मुलुकभित्रै सुविधासम्पन्न कलेज खुल्ने क्रम बढ्दो छ भने अर्कोतर्फ अध्ययनकै लागि विदेशिने विद्यार्थीको संख्यामा समेत कमी आउन सकेको छैन। त्यसको प्रमुख कारण राजनीतिक अस्िथरता र सरकारमा बस्नेहरूको कमजोरी ठान्छन्, शिक्षा क्षेत्रका अनुभवीहरू। गोल्डेनगेट कलेजका प्रमुख कार्यकारी अधिकृत रमेश सिलवाल भन्छन्, "सरकारले प्राथमिकताको क्षेत्र निर्धारण गर्न नसक्दा पनि शिक्षा क्षेत्रले प्रगति गर्न नसकेको हो।" लगानीको वातावरण निर्माण र शिक्षालाई प्राथमिकतामा राख्ने हो भने यहाँका विद्यार्थी बाहिर जाने क्रम मात्र रोकिने होइन, युरोप-अमेरिकासम्मका विद्यार्थी ल्याउन सकिनेमा विश्वस्त छन्, सिलवाल।

अहिले मुलुकमा त्रिभुवन विश्वविद्यालय अन्तर्गत ६ सय ७६, पूर्वाञ्चल विश्वविद्यालयका ८४, पोखरा विश्वविद्यालयका २६, काठमाडौँ विश्वविद्यालयका २१ र नेपाल संस्कृत विश्वविद्यालयको सम्बन्धनमा २७ कलेजले स्नातक कक्षा सञ्चालन गररिहेका छन्। त्रिभुवन विश्वविद्यालयले स्नातक तहमा १३ संकायको अध्यापन गराउँदै आएको छ। त्यसैगरी, पूर्वाञ्चल विश्वविद्यालयले २५, पोखरा विश्वविद्यालयले २२, काठमाडौँ विश्वविद्यालयले १७ र नेपाल संस्कृत विश्वविद्यालयले दुईवटा संकाय सञ्चालन गररिाखेका छन्। एक वर्षअघिको तथ्यांक अनुसार विश्वविद्यालयमा अध्ययनरत कुल विद्यार्थीको ५० प्रतिशत अर्थात् २ लाख २ हजारभन्दा बढी विद्यार्थी स्नातक तहमा अध्ययनरत छन्।

उच्चशिक्षा अध्ययनका लागि विद्यार्थी बढी जाने मुलुकमा पर्छन् : बेलायत, अस्टे्रलिया, अमेरिका। पछिल्लो वर्ष मात्रै क्रमश: १९ हजार ४४, १ हजार १ सय २१ र १ हजार ६३ विद्यार्थी ती मुलुकमा गएका थिए। तर, ती देशका सबै कलेजहरू स्तरीय भने हुँदैनन्। अमेरिका र बेलायतका कतिपय कलेज नाम मात्रका रहेको दाबी गर्दै नयाँबानेश्वरस्थित पि्रमियर कलेजका प्रमुख कार्यकारी अधिकृत नवराज सुवेदी भन्छन्, "यहाँबाट जाने अधिकांश विद्यार्थी चार/पाँचवटा कोठा भाडामा लिएर थोत्रा कम्प्युटरमार्फत पढाइ हुने कलेजमा भर्ना हुन्छन्।" केही समयअघि मात्र युरोपसहितका मुलुकको शैक्षिक अवस्थाको अवलोकन गरेर फर्किएका सुवेदीका अनुसार यहाँ बाबुआमासँगै बसेर पढ्दै आएका विद्यार्थीले विदेशमा आफैँ काम गरेर पढाइ खर्च जुटाउनुपर्दा पनि पढाइ राम्रो हुन नसकेको हो। मिल्दोजुल्दो कोर्स भए पनि ती मुलुकमा यहाँको जस्तो निगरानीमा राखेर पढाउने शैली नहुँदा पनि अधिकांशले त्यहाँको परीक्षा बिगार्ने गरेको सुवेदीको भनाइ छ।

नेपालका केही शिक्षण संस्थाहरूले विदेशी विद्यार्थीलाई पनि आकषिर्त गर्न थालेका छन्। चितवन मेडिकल कलेज र पोखराको मणिपाल कलेजमा भारत, बंगलादेश, श्रीलंकासमेतका धेरै विद्यार्थी अध्ययनका लागि आउने गर्छन्। त्रिभुवन विश्वविद्यालयको स्नातकोत्तरमा पनि विदेशी विद्यार्थीको चाप निकै रहन्छ भने हामी किन अध्ययनकै लागि विदेशिने? कतिपय बाबुआमाले प्रतिष्ठाका लागि पनि छोराछोरी अमेरिका, बेलायत पठाउने गरेको स्मरण गर्दै सगरमाथा मल्टिपल कलेज, डिल्लीबजारका पि्रन्सिपल चिरञ्जीवी घिमिरे भन्छन्, "विश्वविद्यालयमा राजनीति नहुने हो भने कसैले पनि गुणस्तरीय शिक्षाका लागि विदेशिनुपर्ने अवस्था छैन अब।"

घिमिरेले भनेजस्तै विश्वकै सबैभन्दा कम खर्चमा पढ्न पाइने नेपालका विद्यार्थीले मोइक्रोसफ्टदेखि लन्डनका नाम चलेका बैँकसम्ममा काम गर्न सफल हुनुले पनि यहाँका कलेजको गुणस्तर कम छैन भन्ने बुझ्न गाह्रो पर्दैन। यहाँ २५ लाख रुपियाँ खर्च गर्दा पढ्न सकिने कोर्स विदेशमा तेब्बर बढी लगानी गरेर पढ्ने क्रम बढेको बताउँदै कान्तिपुर सिटी कलेजका पि्रन्सिपल प्रह्लाद कार्की भन्छन्, "राजनीतिकै कारण कहिले तालाबन्दी त कहिले बन्द-हडतालबाट वाक्क भएका अभिभावक बढी खर्चेर भए पनि विदेश पठाउनतर्फ लाग्ने गर्छन्।" समयमा परीक्षा र नतिजा सार्वजनिक नहुँदा पनि विद्यार्थी पलायन हुने क्रम बढेको कार्कीको अनुभव छ।

विदेशबाट मेडिकल पढेर आउनेले १९ पटकमा पनि पास गर्न सकेका छैनन् मेडिकल काउन्सिलको परीक्षा। तर, नेपालमा अध्ययन गर्नेले तीनपटकभन्दा बढी कहिल्यै परीक्षा दिनुपरेको छैन, यसबाट पनि यहाँको गुणस्तर बढेको बुझ्न सकिन्छ। अमेरिका, अस्टे्रलिया, बेलायतले शिक्षाबाटै राम्रो आम्दानी लिएका छन्। अमेरिकामा मेडिकल पढ्न डेढ करोड रुपियाँ लाग्छ भने भारतमा इन्जिनियरङि् गर्न १० लाख भारतीय रुपियाँ खर्चनुपर्छ। यहाँको हावापानीको फाइदा उठाउँदै र सस्तोमा राम्रो शिक्षा दिन सके शिक्षाबाट विदेशी मुद्रा आर्जन गर्न सकिनेमा दुईमत छैन। तर, त्यसका लागि सबैभन्दा पहिले वातावरण हुनुपर्छ भन्नेमा पनि शंका छैन। ध



विद्यार्थी रोक्ने प्रयासमा कलेजहरू

बर्सेनि हजारौँ विद्यार्थी र अबौर्ं रुपियाँ विदेशिइरहेको पृष्ठभूमिमा त्यस पलायनलाई रोक्न निजी क्षेत्र सक्रिय रहेको छ। अहिले देशभर िसुविधासम्पन्न र गुणस्तरीय पढाइ हुने कलेज स्थापना र सञ्चालन गर्ने होड नै चलेको छ। त्यसमा पनि राजधानीमा विशेष प्रयास भइरहेका छन्, गुणस्तर र सुविधाका लागि कलेजहरूबीच प्रतिस्पर्धा पनि भइरहेको छ।



गोल्डेनगेट कलेज

त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा बीटेक, माइक्रोबाइलोजी, बीबीएस, बीमलगायतका पढाइ हुँदै आएको छ, पुरानो बानेश्वरस्थित गोल्डेनगेट कलेजमा। सीसीटीभी, अत्याधुनिक ल्याब, लिफ्टजस्ता भौतिक सुविधा मात्र होइन, पढाइमा पनि त्यत्तिकै ध्यान दिएको छ, कलेजले। त्यसैले त कलेजमा चार हजारभन्दा बढी विद्यार्थीको भीड लागेको छ। प्रमुख कार्यकारी अधिकृत रमेशकुमार सिलवालका अनुसार ८० प्रतिशतदेखि शतप्रतिशतसम्म विद्यार्थी उच्च अंकसहित उत्तीर्ण हुँदै आएका छन्। उनका अनुसार गोल्डेनगेटका विद्यार्थीले होटल म्यानेजमेन्टमा सर्वोकृष्ट, बीएमा नेपाल टप, सबैभन्दा बढी डिक्टिनसन ल्याएका कारण पनि विद्यार्थीको रोजाइमा गोल्डेनगेट परेको हो।



केएमसी कलेज

अधिकांश राम्रा विद्यार्थीको छनोटमा पर्दै आएको छ, कमलादीस्थित केएमसी कलेज। चर्को प्रतिस्पर्धाकै कारण बीबीएमा ६५ प्रतिशत ल्याउनेले पनि भर्ना नपाएको बताउँछन्, कलेजका निर्देशक अजयप्रसाद ढकाल। उनका अनुसार यसपटक ६० सिटका लागि १ हजार २ सयले प्रवेश परीक्षा दिएका थिए। ८५ देखि शतप्रतिशतसम्म विद्यार्थी उत्तीर्ण गराउन सफल यस कलेजले विशिष्ट श्रेेणीमा अधिकांश विद्यार्थी उत्तीर्ण गराउँछ। अतिरत्तिm कम्प्युटर कक्षा, कडा अनुशासन र कलेजले लिने आन्तरकि परीक्षामा

उत्तीर्ण हुनैपर्ने नियमले पनि केएमसीलाई सफलता पाउन सहयोग पुर्‍याएको ढकालको दाबी छ।



लिवर्टी कलेज

लामो समयदेखि शिक्षण क्षेत्रमा लागेकाहरूद्वारा सञ्चालनमा ल्याइएको अनामनगरस्थित लिवर्टी कलेजले बीबीएको पढाइ सञ्चालन गर्दै आएको छ। इन्टर्न र जागिरका लागि सजिलो भएकाले पनि विद्यार्थीको रोजाइमा पर्दै आएको छ, लिवर्टी। पोखरा विश्वविद्यालयको सम्बन्धनमा कलेजले कम्प्युटरमार्फत प्रवेश परीक्षा लिएर त्यही दिन नतिजा सार्वजनिक गर्दै आएको छ। पि्रन्सिपल ऋषिराज चापागाईंका अनुसार लिवर्टीमा बीबीए अध्ययन गर्न ३ लाख ५० हजार रुपियाँ खर्चनुपर्छ। कलेज नआए तत्काल अभिभावकलाई खबर गर्ने नियम छ, लिवर्टीम्ाा। विश्वविद्यालयले एउटा सेक्सनमा ४५ जना राखेर पढाउनुपर्ने नियम बनाएको भए पनि लिवर्टीले ३० जना राखेर पढाउँदै आएको चापागाईंको दाबी छ।



सगरमाथा मल्टिपल कलेज

प्रवेश परीक्षा पास गरेर मात्र पुग्दैन, परामर्शमा समेत सफल हुनुपर्छ, सगरमाथा मल्टिपल कलेज डिल्लीबजारमा बीबीए अध्ययन गर्न। पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन हुँदै आएको कलेजका विद्यार्थीले कुनै पनि विदेशी विश्वविद्यालयका विद्यार्थीसँग प्रतिस्पर्धामा गर्न सक्ने दाबी गर्दै पि्रन्सिपल चिरञ्जीवी घिमिरे भन्छन्, "भोलि के पढ्ने र के बन्ने भन्ने परामर्श दिने गरेका कारण पनि सगरमाथाका विद्यार्थी सफल भएका हुन्।" पढ्न अन्यत्र जाँदा पनि यहाँ उत्तीर्ण गरेको विषय फेर िपढ्नु नपर्ने व्यवस्था छ, बीबीएमा। कलेजले प्रवेश परीक्षा र परामर्शमा राम्रो गर्नेलाई छात्रवृत्तिसमेत प्रदान गर्दै आएको छ।



कान्तिपुर सिटी कलेज

पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा बीबीए कक्षा सञ्चालन गर्दै आएको पुतलीसडकस्थित कान्तिपुर सिटी कलेजले सिभिल, इलेक्ट्रोनिक्स र इलेक्ट्रोनिक्स एन्ड कम्प्युटर इन्जिनियरङि्को पढाइ सञ्चालन गर्दै आएको छ। त्यसबाहेक यसले बीसीए र बीआईटी कोर्ससमेत अध्यापन गर्दै आएको छ। अनुभवी शिक्षक र कडा नियमकै कारण यहाँका विद्यार्थीले उत्कृष्ट नतिजा ल्याउँदै आएका सञ्चालकहरूको भनाइ छ। संस्थागत रूपमा चलेकै कारण कलेजले सफलता पाएको बताउँदै पि्रन्सिपल प्रह्लाद कार्की भन्छन्, "विद्यार्थीलाई बजारको अवस्थासहितका चौतर्फी ज्ञान दिएकै कारण कलेजले सफलता हात पार्न सकेको हो।"



लर्डबुद्ध कलेज 

नेपालमा आईटीको कोर्स पढाउने पहिलो कलेज हो, मैतीदेवीको लर्डबुद्ध एजुकेसन फाउन्डेसन। सिक्किम मणिपाल विश्वविद्यालयको सम्बन्धनमा यसले बीबीए, बायोटेक्नोलोजी र फेसन डिजाइनको स्नातक कक्षा सञ्चालन गर्दै आएको छ। निश्चित समयमा परीक्षा लिने र तोकिएकै समयमा नतिजा प्रकाशन हुने गरेका कारण पनि लर्डबुद्ध विद्यार्थीको रोजाइमा पर्दै आएको दाबी गर्दै फाउन्डेसनका महासचिव पंकज जलान भन्छन्, "अन्यत्र चार वर्ष पढाइ हुने कोर्स यहाँ तीन वर्षमा पढ्न पाउने सुविधाले पनि लर्डबुद्ध सफल भएको हो।"



युनिग्लोब कलेज

पोखरा विश्वविद्यालयको सम्बन्धनमा बीबीए कक्षा सञ्चालन गर्दै आएको छ, नयाँबानेश्वरस्थित युनिग्लोब कलेजले। आफ्नै नयाँ आधुनिक भवन रहेको कलेजले गुणस्तरीय पढाइसँगै भौतिक पूर्वाधारमा पनि त्यत्तिकै खर्च गरेको छ। एक सय कम्प्युटर अट्ने वातानुकूलित ल्याब भएको युनिग्लोबले व्यावहारकि र पूरा समय पढाउँदै आएको छ। राम्रो नतिजा ल्याउन सफल कलेजमा अध्ययन गर्न प्रवेश परीक्षा, अन्तर्वार्ताबाहेक पढाइसम्बन्धी प्रस्तुतिसमेत उत्तीर्ण गर्नुपर्ने व्यवस्था छ।



पि्रमियर कलेज

प्रथम श्रेणीभन्दा माथिका विद्यार्थीको रोजाइ बन्दै आएको छ, नयाँबानेश्वरको पि्रमियर कलेज। विद्यार्थीको अन्तर्वार्ता लिएर मात्रै भर्ना गर्ने यस कलेजमा बीबीएस र सीएको पढाइ हुँदै आएको छ। अधिकांश पीएचडी उत्तीर्ण शिक्षकद्वारा अध्यापन गराउने कलेजले अनुशासनमा पनि जोड दिँदै आएको छ। यतिसम्म कि तीन दिनसम्म बिनाजानकारी कलेज नआए सात दिनका लागि निलम्बन गर्ने नियम बनाइएको कलेज प्रशासनको भनाइ छ। विद्यार्थीको अनुगमन गर्न सीसीटीभी जडान गरिएको छ भने यस वर्षदेखि एकैसाथ बीबीएस र सीए पढाउन थालिएको छ। कलेजले प्लस टुमा राम्रो गर्ने, गरबि तथा जेहेन्दारलाई छात्रवृत्ति प्रदान गर्दै आएको छ।



नोबल कलेज

बीबीए, बीएचएम, बीएस्सी नर्सिङ्, बायो केमेस्ट्रीसहितका आठवटा विषयमा पढाइ सञ्चालन गर्दै आएको छ, नयाँबानेश्वरस्थित नोबल कलेजले। पोखरा विश्वविद्यालयको सम्बन्धनमा सञ्चालित नोबलले भौतिक पूर्वाधारसँगै गुणस्तरीय पढाइमा जोड दिएकै कारण ८० प्रतिशतभन्दा बढी विद्यार्थी उच्च अंकसहित उत्तीर्ण गराउन सफल भएको निर्देशक शंकर श्रेष्ठको दाबी छ। उनका अनुसार यति धेरै कार्यक्रम सञ्चालन गर्ने नोबल मात्रै हो। आफ्नै अस्पताल भएकाले पनि यहाँ अध्ययनरत विद्यार्थीलाई इन्टर्न गर्न सजिलो हुने श्रेष्ठको भनाइ छ।



गेटवे कलेज

होटल म्यानेजमेन्टको पढाइ सञ्चालन गर्दै आएको छ, सामाखुसीस्थित गेटवे कलेजले। पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धन रहेको कलेज राम्रो नतिजा ल्याउने विद्यार्थीको छनोटमा पर्दै आएको सञ्चालकहरूको दाबी छ। गेटवेले मुलुकमै पहिलोपल्ट चक, डस्टर, मार्कर र बोर्डबिना पढाउन थालेको बताउँदै प्रमुख कार्यकारी अधिकृत कृष्णचन्द्र झा भन्छन्, "प्रयोगात्मकमा जोड दिएकै कारण सफल भएका हौँ।" दुई वर्षअघि स्थापित कलेजले एकपटकमा ४० जनालाई पढाउँदै आएको छ।



नोभा कलेज

राजधानीको मीनभवनस्थित नोभा कलेजले चार वर्षयता बीबीएसको कक्षा सञ्चालन गर्दै आएको छ। इन्टरनेसनल अमेरकिन युनिभर्सिटी क्यालिफोर्नियाको सम्बन्धनमा सञ्चालित कलेज विदेश गई पढ्न नसक्ने मध्यमवर्गका विद्यार्थीको रोजाइमा पर्दै आएको छ। यहाँको कोर्स विश्वभर िमान्यता प्राप्त भएकाले पनि विद्यार्थीको रोजाइमा पर्दै आएको छ, नोभा कलेज। पि्रन्सिपल हरकिुमार कार्की भन्छन्, 'सामान्य कलेजकै हाराहारीमा खर्च गर्दा अन्तर्राष्ट्रिय मान्यता प्राप्त कलेजमा पढ्न पाइने भएकाले पनि नोभाले छिट्टै ख्याति कमाएको छ। विद्यार्थीको परचियपत्र, सर्टिफिकेटसहितका सबै कागजात अमेरिकाबाट आउँछ, नोभा कलेजमा।"
 

http://www.ekantipur.com/nepal/article/?id=2734

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters