[Show all top banners]

peaceinheaven
Replies to this thread:

More by peaceinheaven
What people are reading
Subscribers
Subscribers
[Total Subscribers 2]

Geology Tiger

Nepasin
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 जिन्दगी

[Please view other pages to see the rest of the postings. Total posts: 21]
PAGE: <<  1 2  
[VIEWED 31925 TIMES]
SAVE! for ease of future access.
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-31-12 6:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     15       ?     Liked by
 

 भैगो छोडी देउ मलाई तिमी बिनै बाँचिदिन्छु यो जिन्दगी 
आफ्नो इच्छा पूरा गर्न स्वार्थी बनी बाँच्नुछैन यो जिन्दगी 
तिम्रो माया पाउन आफूले आँसुले भर्नुछैन अरु कसैको जिन्दगी 
एक मुठी सास फेर्नको लागि चाहिन्न मलाई उधारो जिन्दगी 

अस्तव्यस्त छ जताततै, सम्हाली नसक्नुछ यो मेरो जिन्दगी 
सम्हाल्छु भन्छु म तर फेरि चिरा चिरा चर्किन्छ जिन्दगी 
बाँच्नको लागि मात्रै जिउनु पर्ने एउटा बाध्यता रहेछ जिन्दगी
सास मात्रै बाँकी रहेको एउटा जिउदो लास रहेछ यो जिन्दगी 

रुन्चे हाँसो नै भए पनि सबको सामू हाँस्नै पर्ने यो जिन्दगी
काँडै काँडाहरु बिचमा फूललाई सम्झी बाँच्नुपर्ने यो जिन्दगी 
खुशी बाँडी अरुलाई आफ्नो चाहनाको घाँटी रेट्नुपर्ने जिन्दगी 
हाँसी हाँसी पिउदै जानुपर्ने एउटा मन्द बिष रहेछ यो जिन्दगी

 
The postings in this thread span 2 pages, go to PAGE 1.

This page is only showing last 20 replies
Posted on 01-31-12 7:13 PM     [Snapshot: 39]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

नाइस वान

 
Posted on 01-31-12 8:09 PM     [Snapshot: 86]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 peaceinheaven jee, nairasyata le matra bhijeko srijana garnu vayena..jindagi ramailo pani cha...kripaya bahaar le bhariyeko kavita ni lekhnus na...Life is beautiful :))
 
Posted on 01-31-12 8:30 PM     [Snapshot: 105]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 Thank you serial

Lamopuri ji, thank you for your comment...zindagi Pakkai pani ramailo cha arko patak Ko prayas nairaasyata hatayera Pakkai pani khusi Ko hune cha...

Life is beautiful indeed :)

 
Posted on 02-01-12 7:06 AM     [Snapshot: 216]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

शान्ति तिम्रो कविता पढेर यस्तो लाग्यो तिम्रो मनमा शान्ति छैन ......
तर पनि तिम्रो रचना मिठो छ, अरु पनि यस्तै यस्तै लेख्दै जाउ..... आफ्ना मनमा लागेका तिता मिठा भावना पोख्दै जाउ

वास्तवमा जीवन सुन्दर पनि छ, अत्यन्त कुरूप पनि छ..... न त जीवनको कुनै निश्चित आकार छ न त कुनै निश्चित परिभाषा...... उकालीहरुमा जीवन उकालो नै हुन्छ.... ओरालीहरुमा ओराली.... भिरहरुमा भिर नै हुन्छ...... सुन्दर तलाउ हरुमा तलाउ नै..... वास्तवमा जीवन जस्तो भोग्यो तेस्तै हुन्छ यसको परिभाषा....

आशा छ तिमीलाई जिन्दगीले मन्द बिष मात्र होइन अमृतको प्याला पनि चखाउने छ

तर एउटा कुरा मलाई त जब मनमा शान्ति हुन्न केही खाना मन लाग्दैन ....आशा छ तिमीलाई भोक र निद्रा लाग्छ होला

 
Posted on 02-01-12 9:08 AM     [Snapshot: 277]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

शान्ति दी ,
मिठो कबिता, तितो सत्य . अझ निखार्दै जानुस है .

स्वर्गीय हरिभक्त कटुवाल को यो कबिता पढ्नुस .
 

पसलमा सोकेशभित्र सजाएरराखेको
काँचको चुरा जस्तो यो जिन्दगी
कुनै युवतीको हातमा चढ्दाचढ्दै
प्याट्ट फुट्न सक्छ यो जिन्दगी!
रबरको सस्तो चप्पल जस्तै यो जिन्दगी!
बाटामा हिँड्दाहिँड्दै
च्याट्ट टुट्न सक्छ यो जिन्दगी!
यो जिन्दगी खै के जिन्दगी!!


 
Posted on 02-01-12 9:38 AM     [Snapshot: 309]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

तपाई को जिन्दकी लाइ म मेरो जिन्दकी संग जोड्छु
जिन्दकी को नाम मा मैले लेखेको एउटा कविता भन्छु

इन्द्रेनी जस्तै रङीन जिन्दकी


हासो मा मखमल झै फुलेको जिन्दकी 

रोदन मा झरी झै रुझेको जिन्दकी 
मुस्कान मा सुर्योदय झै खुलेको जिन्दकी 
लाज मा रात झै लुकेको जिन्दकी 
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी 

माया मा संसार भूलेर बाचेको जिन्दकी 
माया को लागि तद्पेर बलेको जिन्दकी 
माया को आस म भोउतरिरहेको जिन्दकी 
अनी माया नै माया ले घिरेयेको जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी

बाँच्न को लागि संघर्स गरिरहेको जिन्दकी 
बाचेर मर्न को लागि लडिरहेको जिन्दकी 
अर्थ बिहिन बाचेको नी छ जिन्दकी 
बाच्नु को अर्थ खोज्दै हिदिरहेछ जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी 

मोउनता मा शब्द खोजिरहेछ जिन्दकी 
शब्द हरु बीच मा अर्थ खोजिरहेछ जिन्दकी 
कोलाहाल चिच्याहाट मा संगीत सुनाउछ जिन्दकी 
एउटा कथा को शब्द झै घुमेको जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी 

सङर्श गर्दा गर्दै नथाक्ने यो जिन्दकी 
आफ्ना सँग लडेर आफ्नालाई हराउन पर्ने जिन्दकी 
जिन्दकी नाम को युद्द लडिरहेको जिन्दकी 
अनी लडेर लाचर भएर बिबस बनेको जिन्दकी 
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी 
 
Posted on 02-01-12 9:40 AM     [Snapshot: 311]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

गज्जब छ अनि कटुवालजी को कविता नि सान्दर्भिक

 
Posted on 02-01-12 10:42 AM     [Snapshot: 359]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

एकदम सटिक लाग्यो कबिता ! सबै हरफहरु उत्तिकै दमदार छन् तर बिशेस यो !

रुन्चे हाँसो नै भए पनि सबको सामू हाँस्नै पर्ने यो जिन्दगी

काँडै काँडाहरु बिचमा फूललाई सम्झी बाँच्नुपर्ने यो जिन्दगी 
खुशी बाँडी अरुलाई आफ्नो चाहनाको घाँटी रेट्नुपर्ने जिन्दगी 
हाँसी हाँसी पिउदै जानुपर्ने एउटा मन्द बिष रहेछ यो जिन्दगी


 
Posted on 02-01-12 7:20 PM     [Snapshot: 457]     Reply [Subscribe]
Login in to Rate this Post:     2       ?     Liked by
 

 राहुल दाई, त्यो कविता मा यो नि थप्नुस ;
यो जिन्दगि खै के  जिन्दगि,
अल्छे बाहुन को मैलो जनै जस्तै झ्वाट्टै chuttina सक्छ यो जिन्दगि !

 
Posted on 02-01-12 7:55 PM     [Snapshot: 476]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

हिजोको रात, एकान्त सुन्य रात
जब पढे तिम्रो जिन्दगी
बाहिर हिडेँ खुला आकाश, जूनेली रात
मुस्कुराई रहेको जूनले सोध्यो मलाई
को हौ तिमी ?

मैले उतर दिएँ एउटा जिँउदो लाश
फेरी जिस्काउँदै जूनले सोध्यो
के चाहन्छौ?
मैले उतर दिएँ छैन केहि आश

फेरी सोध्यो उसले मलाई, माया गरेको छौ ?
मैले भने छैन केहि याद



 
Posted on 02-02-12 1:55 PM     [Snapshot: 606]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

आज मलाई लाग्यो जिन्दगी
रहर पुग्यो जिन्दगी को भन्थे 
तर बाच्ने लत लाग्यो जिन्दगी

आज मलाई फाप्यो जिन्दगी
चुरोट जस्तै  तान्दिन्छु भन्थे
तर लम्ब्याउन मन लाग्यो जिन्दगी 

आज मलाई नाच्यो जिन्दगी
रुने  के जिन्दगी भन्थे
नबुझेर पो रो को रैछ्  जिन्दगी

आज मलाई लाग्यो जिन्दगी
पानी परेर के भो त
पानी पछी लाग्ने घाम रेछ जिन्दगी

 
Posted on 02-02-12 4:30 PM     [Snapshot: 665]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 शान्तिको 'जिन्दागि'ले छोएर कतिजनाले जिन्दगि कोरेछन् | सबै एक-से-एक !! अझ पढ्न पाइयोस !!


 
Posted on 02-03-12 9:51 AM     [Snapshot: 772]     Reply [Subscribe]
Login in to Rate this Post:     3       ?     Liked by
 

मैले रोजे तिमीलाई तिमी मेरो जिन्दगी
सोचे शायद दुई पाइला सँगै हिंड्न सजिलो पो हुन्छ कि?
कहाँ जाने? कता जाने? अलमलियो बाटो हाम्रो
डर लाग्छ साथ हाम्रो फेरि कुनै दोबाटोमा छुटिन्छ कि?
काँडै काँडामाझ फूलेकी एउटा सुन्दर फूल तिमी
सँगै बाँच्ने सँगै मर्ने सपनाहरु तिम्रो मनले पनि बुन्छ कि?
आफ्नो दु:ख जति लुकाइ अरुलाई हँसाउने
सँगै हुँदा हाँसे पनि तिम्रो त्यो मन कतै एकान्तमा रुन्छ कि?
तिमीलाई रुवाउनु मेरै गल्ती भएको हो
हाँसो दिन खोज्दा आँसु नियति शायद यसैलाई भनिन्छ कि?
साँचो माया गर्नेहरुको सधैं जीत हुन्छ भन्थे
सुनिदिने दैव कोही भए दिलको आह हाम्रो यो सुन्छ कि?
 
 
Posted on 02-04-12 12:42 PM     [Snapshot: 869]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 खै यो जिन्दगी पनि के जिन्दगी ?  
साला लस्टै सस्तो भयो जिन्दगी । 
झ्याप भाको बेलामा साँढे झै हुने यो जिन्दगी 
नखाएको बेला चाँही लुते बिरालो यो जिन्दगी ।  
 
घण्टा हान्न नपाएर काम खोज्दै 
लखरलखर यताउती भौतारिन्छ जिन्दगी । 
कामले पेल्न थाले पछी दिक्क लाग्छ आँफैदेखि 
भन्छु फेरी साला, यस्तो पनि के जिन्दगी !
  
बाबुआमाले सोध्छन् नेपालबाट अफिस गइस्? 
कस्तो चल्दैछ हँ तेरो जिन्दगी ?   
कसरी भन्नु ग्याँस स्टेसनमा दिनरात 
घण्टा हानी हानी बित्दैछ मेरो जिन्दगी ।      
 
ठुलो भाग खान भनी आको अमेरिका 
लोप्पा पो खायौ है कठै! मेरो जिन्दगी । 
बालेट झिकी हेर्छु जब एउटा चुरोट 
किन्न पनि नपुग्ने रित्तो रित्तो छ यो जिन्दगी ।
 
सानैदेखि बिहे गर्ने ठुलो मेरो रहर थियो 
रहर सारा रहरै भो बितिसकेछ आधा जिन्दगी ।
घोर्ले छोरो जन्माएर घरजम गरी बस्छु भन्थे    
थुइक्क! अझै कति एक्लै बाँच्नुपर्ने हो यो जिन्दगी ?  
 
आफ्नै देश फर्की जाउ झै लाग्छ कहिलेकाँही   
जसोतसो कसो नचल्ला त साला यो जिन्दगी?
गर्नु गुलामी गरिसकिस्, हान्नु घण्टा हानिसकिस्  
अब त फर्की देशमा, आँफै केही गर भन्छ यो जिन्दगी ।

 
Posted on 02-09-12 11:20 AM     [Snapshot: 1037]     Reply [Subscribe]
Login in to Rate this Post:     6       ?     Liked by
 

बुझेर कहिले बुझ्न नसकिने
हरेक ती मोडहरु नयाँ नयाँ भएर उभिन्छ जिन्दगानी
एक थुप्रो निराशाहरु माथि सुतेर देखिने
आशाहरु भरिएको एउटा सुन्दर सपना रहेछ जिन्दगानी 
 
Posted on 02-09-12 12:25 PM     [Snapshot: 1082]     Reply [Subscribe]
Login in to Rate this Post:     1       ?     Liked by
 

 

जिन्दगी कसैलाई भाबिको लहना हो
जिन्दगी कसैलाई विलासको गहना हो ,
जसलाई जे सुकै भए पनि
मलाई बाच्ने एक बाहना हो !

 

कुनै कविले लेख्नु भएको कविताको एक अंस ( ठ्याक्कै मिलाउन सकिएन सार यही हो )


 
Posted on 02-09-12 2:36 PM     [Snapshot: 1125]     Reply [Subscribe]
Login in to Rate this Post:     7       ?     Liked by
 

जीवन  को अर्थ खोज्दा खोज्दै आफै प्रश्न चिन्ह बनेको यो जिन्दगी !
रंगमंचमा रमिता हेर्दा हेर्दै आफै नर्तकी बनेको यो जिन्दगी !!
माया पिरतीको हिसाब गर्दा गर्दै केवोल सुन्य भएको यो जिन्दगी !
सुर्य उदएको प्रतिक्ष्या गर्दागर्दै सुर्यास्त भएको यो जिन्दगी !!
 
Posted on 02-09-12 5:54 PM     [Snapshot: 1196]     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

मुटु खोलेर हास्न खोज्छु, तर आंशु किन टप्किन्छ?
अर्काको खुशीको लागी किन आफ्नै खुशी राख्नु पार्ने बन्धकी?

रहरै रहरमा बुनेको सुन्दर भोलीको कल्पना थियो मेरो
तर भत्किएका, ओइलाएका सपनाहरूको माला भएछ यो जिन्दगी।

 
Posted on 02-18-12 10:54 AM     [Snapshot: 1403]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिठो मिठो बात गर्दै हिजो सारा रात बित्यो
मधुर मधुर संगीत झै गुन्जिरह्यो यो जिन्दगानी ।
बिहानीमा एक्लोपन आभस भयो, भिज्यो सिरान
थाहा छैन पानी हो या आँसु हो यो जिन्दगानी ।।




 
Posted on 02-18-12 1:07 PM     [Snapshot: 1450]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै दिन पछि एस्तो राम्रो कविता पढे | लिफे इस बेऔतिफुल|
 



PAGE: <<  1 2  
Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Need Help of IT consultancies
Nepal TPS decision
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters