[Show all top banners]

UBB
Replies to this thread:

More by UBB
What people are reading
Subscribers
:: Subscribe
Back to: Politics Refresh page to view new replies
 DC Nepal ma chapiyeko padnai parney news
[VIEWED 9338 TIMES]
SAVE! for ease of future access.
Posted on 11-03-13 10:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

http://www.dcnepal.com/news/news.php?nid=110284
 
Posted on 11-04-13 3:21 PM     [Snapshot: 498]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

विवेकशील नेपाली उम्मेदवारहरु र ठूला "भनिएका" उम्मेदवार हरु बीच के फरक छ ?
 
(सम्बेदनशिलता हिन चरित्रको पराकास्ठा - ठूला कहलिएका नेता संबिधान सभा बिघटन लगत्तै पछिको एउटा जमघट मा. Photo: Nagarikews 28 May 2012.)

१. विवेकशील नेपाली उम्मेदवारहरुको छवी स्वच्छ र निश्चल छ । वहाँहरुको पछाडी कुनै राजनैतिक कलंक (political baggage) छैन । भने ठूला "भनिएका" उम्मेदवारहरु आफै वा आफै नभए वहाँहरुको माउ पार्टी पटक पटक विफल भै गनाइसक्नु भएको छ, राजनैतिक रुपमा कलंकित भइ सक्नु भएको छ । वहाँहरु अझै लाजै नमानी जनता समक्ष केहि नभए जस्तै भोट माग्न जान सकिरहनु भएको छ ।

२. विवेकशील नेपाली उम्मेदवारहरु सन्तोष प्रधान र उज्वल थापा ले क्रमश ५० र १५ नेपालीलाई प्रतक्ष रोजगारी दिईरहनु भएको छ । विवेकशील नेपाली कर्मठ, उद्यमशील र गरी खाने युवाहरुको संस्था हो । भने ठूला "भनिएका" उम्मेदवारहरु नेपालीलाई रोजगारी दिने त परको कुरो गरि खाने कर्मठ जनतालाई पनि वहाँहरु स्वयम् वा माउ पार्टी र भात्री संगठनको मार्फत बारम्बार नेपाल बन्द र चन्दा आतंक जस्ता अमानवीय र घृणित गतिविधि गरि बारम्बार दुख दिइरहनुहुन्छ वा तेस्ता गतिविधिलाइ मौन समर्थन गरि रहनु हुन्छ ।

("नयाँ आशा" को दियो बाल्दै विवेकशील नेपाली युवा उम्मेदवारहरु)

३. विवेकशील नेपाली उम्मेदवारहरुको राजनीति पेशा होइन । जीवन यापनको लागि वहाँहरुको आफ्नै व्यवसाय छ भने ठूला "भनिएका" उम्मेदवार प्राय सबैजसोको राजनीति गरी खाने भाँडो हो । वहाँहरुको न कुनै ब्यबशाय छ न त कुनै क्षमता नै ।

४. विवेकशील नेपाली संस्थागत रुपमा र विवेकशील नेपाली उम्मेदवारहरु व्यक्तिगत रुपमा भ्रष्टाचारको सख्त बिरोधि हुन् भने ठूला "भनिएका" उम्मेदवारहरु धेरै जसो आफै भ्रस्ट भनि कहाली सक्नु भएको छ वा वहाँहरु भ्रस्ट भनि प्रमाणित भईसकेका आफ्ना नेताहरुको बिरोधमा एक शब्द पनि चुहाउन हिम्मत गर्न सक्नु हुन्न । अझ त्यस माथि दादा र डन हरुलाई वहाँ हरुको माउ पार्टीले खुलमखुल्ला अबिर पुष्प माला गरि पार्टी प्रवेश गराउने मात्र नभई चुनावको टिकट समेत दिई जन चाहना र लोकतन्त्रको धज्जी उडा उनु भयो । घघडान "भनिएका" उम्मेदवार हरु संग त्यसतो निच गतिविधिको खुलेर बिरोध गर्न सक्ने आँट पनि देखिएन ।

५. विवेकशील नेपाली उम्मेदवारहरु संग समृद्ध नेपाल निर्माण गर्ने स्पस्ट दुरगामी नीति (long term vision for prosperous Nepal) छ । विजय पश्चात संबिधान सभामा गई पहरेदारको भूमिका निभाउने स्पस्ट सोच छ भने ठूला "भनिएका" उम्मेदवारहरु खालि यो वाद र त्यो वाद भन्दा कहिल्यै माथि उठ्न सक्नु भएन । भावी संबिधान सभामा ठूला "भनिएका" उम्मेदवारहरु र वहाँ हरुका माउ पार्टीको गएको संबिधान सभामा भन्दा बढी सकारात्मक भूमिका रहन्छ भन्ने पत्याउने एक रत्ति पनि ठाउँ छैन ।

अब भोट कसलाई दिने हो त ?
 

 
Posted on 11-05-13 10:19 PM     [Snapshot: 981]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters