[Show all top banners]

amricane
Replies to this thread:

More by amricane
What people are reading
Subscribers
Subscribers
:: Subscribe
Back to: Poems / Ghazals etc. Refresh page to view new replies
 इन्द्रेनी जस्तै रङीन जिन्दकी
[VIEWED 13594 TIMES]
SAVE! for ease of future access.
Posted on 04-16-14 12:26 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

हासो मा मखमल झै फुलेको जिन्दकी
रोदन मा झरी झै रुझेको जिन्दकी
मुस्कान मा सुर्योदय झै खुलेको जिन्दकी
लाज मा रात झै लुकेको जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी

माया मा संसार भूलेर बाचेको जिन्दकी
माया को लागि तद्पेर बलेको जिन्दकी
माया को आस म भोउतरिरहेको जिन्दकी
अनी माया नै माया ले घिरेयेको जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी

बाँच्न को लागि संघर्स गरिरहेको जिन्दकी
बाचेर मर्न को लागि लडिरहेको जिन्दकी
अर्थ बिहिन बाचेको नी छ जिन्दकी
बाच्नु को अर्थ खोज्दै हिदिरहेछ जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी

मोउनता मा शब्द खोजिरहेछ जिन्दकी
शब्द हरु बीच मा अर्थ खोजिरहेछ जिन्दकी
कोलाहाल चिच्याहाट मा संगीत सुनाउछ जिन्दकी
एउटा कथा को शब्द झै घुमेको जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी

सङर्श गर्दा गर्दै नथाक्ने यो जिन्दकी
आफ्ना सँग लडेर आफ्नालाई हराउन पर्ने जिन्दकी
जिन्दकी नाम को युद्द लडिरहेको जिन्दकी
अनी लडेर लाचर भएर बिबस बनेको जिन्दकी
यो जिन्दकी इन्द्रेनी जस्तै रङीन जिन्दकी


Note :: मेरा प्यारा साझा का साथी भाई हरु , आफु ले जानेको सानो तिनो html को सहयोग ले मैले मेरो सबै फुटकर रचना हरु लाई एकै ठाउँ मा समेटेको छु । एस्मा तपाईं ले पहिले पढेका नपढेका मन परएका मन नपराएका सबै लाई समेटेको छु । आस छ तपाईं हरु ले फुर्सद को समयमा एसो हेरी दिनु हुने छ ।
अंरिकाने
www.friendosis.com
 
Posted on 04-16-14 12:51 PM     [Snapshot: 16]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

जीन्दगी कसैलाई भाबिको लहना हो
जीन्दगी कसैलाई विलासको गहना हो
जीन्दगी मलाइ बाच्ने एक बहाना हो |

कुनै कविको कबिता याद आयो |
 
Posted on 04-16-14 12:51 PM     [Snapshot: 17]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

धेरै पछि झुल्किनु भो अम्रिकेन मित्र ..... हिजो मात्र मैले texasnepal मा गएर कविता पढेको ...

राम्रो कविता गयो .... साझा नाबिर्सिनुस न .... लेख्दै गर्नुस यहाँ पनि त ब्लग मा पनि ..... हजुरको ब्लग फलो गर्नेछु ....

- थाहा छैन
 
Posted on 04-16-14 1:02 PM     [Snapshot: 29]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

थाने मित्र येहा ( साझा ) जति छन् texasnepal मा नि तेती नै छन् .
साझा लाइ माया मार्ने त कुरै आउदैन नि .
त्यो site मा चै मेरा पहिले देखिका रचना मात्र संग्रह गरेको हु . कुनै कुनै त् नेपाल देखि का छन् .
आगामी दिन मा की लेखे भने पहिले साझा र texasnepal बाट नै प्रकासित गर्ने छु . ढुक्क हुनुहोस .
अम्रिकाने
 
Posted on 04-16-14 1:27 PM     [Snapshot: 60]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

निकै राम्रो लाग्यो I
 
Posted on 04-16-14 1:50 PM     [Snapshot: 90]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अमेरिकानेको काब्य शिल्पी क्षमाता बारे पहिले धेरै चोटी टिप्पणी गरि सकेको छु | भावमा शिल्पीमा सदा झैँ बेजोड छ | तर हिज्जे हतार मा कतार गए जस्तो अलि हेल्चेक्र्याईको शिकार भएको छ | कृपया हिज्जेमा नि ध्यान दिनु होला |
 
Posted on 04-16-14 3:51 PM     [Snapshot: 139]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदमै सहि छ अम्रिकाने सर / एउटा कुरा थप्नु मन लग्यो , हामी जस्तो संघर्स गर्दै हिडेकाहरुका लागि यो जिन्दगि रंगीन हैन श्याम स्वेत छ भन्दा उचित होला किनभने रंगीन भएको भए त खोइ ऐले सम्म कहाँ पुगिन्थ्यो होला कहाँ /
फेरी पनि एकपटक , एकदमै राम्रो लग्यो हजुरको प्रस्तुति /
 
Posted on 04-16-14 5:55 PM     [Snapshot: 194]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

राहुलदाइ हजुर ले भनेको कुरा गम्भिरता पूर्ण लिने गरेको छु . यो कबिता धेरै वर्ष अगाडी लेखिएको हो . केवल copy र paste मात्र गरेको हु .
मन पराइदिनु हुने मित्र कर्ने तथा ujl लाइ धन्यबाद .
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
NRN card pros and cons?
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
Tps decision coming or not nov 18
NOV 18th TPS DAY
EAD Filing
Work Permit
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters