[Show all top banners]

fucheketo
Replies to this thread:

More by fucheketo
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 हेलिकप्टर
[VIEWED 17066 TIMES]
SAVE! for ease of future access.
Posted on 11-20-14 10:17 AM     Reply [Subscribe]
Login in to Rate this Post:     5       ?     Liked by
 

उसलाई आजकल यो शहर प्रत्येक दिन नौलो लाग्न थालेको छ। कति धेरै काम भएको ! प्रत्येक दिन भित्तामा सार्कको छाप देखिन्छ। अनि आउन लागेका मोदिको आधिपत्य पनि।विचरा कलिलो उ कसरी वुझोस् यि कुरा, मात्र कुदिरहेको गाडीको ढोकावाट हेर्छ उ वदलिँदै गरेको शहर ।प्रत्येक दिन नयाँ देखिँदै गरेको शहर। नगरवधु जस्तै सिंगारिएको शहर।

"ओइ मान्छे देखिनस् ?करा न ! यस्तो लाटो पनि खलासी अरे।" गुरुजीले पछाडी फर्केर उसलाइ झपारेपछि उ झसंग भयो।

"ट्राफिक छ दाइ !" उसले सिमेन्ट घोल्दै गरेका दुइजना काला मान्छेलाई नियाल्दै भन्यो। हिजो ति मान्छे त्यहाँ थिएनन्,भोली पनि हुन्नन्।भोली अर्कै ठाउँमा काम छ।

"कति धेरै खटिएका ज्यामराजहरु पनि !"

"सार्क आउन्जेल यस्तै हो भाई !" छेवैको वुढो मान्छेले गुरुजीलाई सान्त्वना दियो।गुरुजीको पिडा वुझेजस्तो!गुरुजीले पुलुक्क हेर्यो।गुरुजीलाई उत्तर चित्त वुझेन। सार्कसँग उसलाई के मतलव र ? सार्कमा आउने मान्छे उसको गाडी चढ्दैनन्। सिंहदरवार हुँदै वानेश्वरको वाटो भक्तपुरसम्म पुग्दैनन।

उसले ट्राफिक नभएको ठाउँ फेला पारेर ढोका खोलेर फेरि चिच्यायो "वानेश्वर कोटेश्वर पेप्सिकोला !" ।साँझको चिसो हावा उसको छाति छेडेर छिर्यो। जिससको लकेट देखाउनलाई शर्टका टाँक खोलेको थियो।खप्न सकेन। ढोका वन्द गरेर शर्टका टाँक लायो।ढोकामा रेखा थापाको फोटो हाफ पायन्ट लाएको।हिरोइनहरुलाई उ जत्ति जाडो हुन्न। रेखाथापा जति चिसो भए पनि हाँसिरहन्छिन् ढोकामा!

"फेरि वन्द गर्यो ढोका मुजीले, मान्छे कसरी भित्र छिर्छन ?" गुरुजी रिसायो। उसले सरक्क ढोका खोल्यो।अनि फेरि सुस्तरी वोल्यो " वानेश्वर,कोटेश्वर पेप्सिकोला !"

***************** ***************** ***************** ****************** ********

विहान गाडी पुछिसकेर चिया र डुनट खाँदै गर्दा छेवैको वुढा मान्छेले पढ्दै गरेको पत्रिकामा उसले देख्यो एउटा दाह्री भएको मान्छेको फोटो। "मोदी जनकपुरवाट हेलिकप्टरमा काठमाण्डौ आउने"।

"जौँ हिँड !" गुरुजी करायो।

"हुन्छ दाई।"

उसले शर्टका टाँक लगायो।उसलाई रुघा लागे जस्तो छ। शर्टको वाउलाले नाक पुछ्यो।भित्रको टिशर्टको अन्डरटेकरलाई रुघा लाग्दैन। उ अस्ति टिशर्ट धुँदा पनि उत्तिकै अजंगको थियो। आज मैलो हुँदा पनि उत्तिकै अजंगको छ। जिससको लकेट अन्डरटेकरको निधारमा ठोक्किरहन्छ। तर अन्डरटेकरलाई दुख्दैन। उसले टिभिमा हेरेको रेस्लिंगमा अन्डरटेकरले धेरैलाई पछारेको देखेको छ। उसलाई अन्डरटेकर झैँ हुन मन छ।त्यति भयो भने गुरुजीले पनि डरले गाली गर्दैनन् कि।

*************** ************* *************** ************** ************* ******

विहानै उसले हेलिकप्टर उडेको देख्यो। उसको छेवैवाट गयो। उसले घाँटि आकाशतिर तन्काएर हेर्यो।हरियो रंगको।

चिया सुरुप्प पार्दै उसले पसले दाइलाई सोध्यो

"दाइ आज कति गते?"

"पच्चिस किन?"

"किन पनि हैन !" मोदि नौ गते आउने कुरा थियो। आजै हेलिकप्टर उड्यो। किन उड्यो यति चाँडो? मोदिकै घरमा गएर वस्छ होला त्यो हेलिकप्टर दश वाह् दिन। उसको घरमा गाइको गोठ जस्तै हेलिकप्टर राख्ने ठाउँ पनि होला। हेलिकप्टरलाई वाँध्नु चाहिँ पर्दैन। उसले डुनट टोक्यो,चिया सुरुप्प पार्यो। गुरुर्र कुद्दै ढोका ढ्याप ढ्याप पार्दै करायो "रत्नपार्क रत्नपार्क रत्नपार्क !"

******************* *************** *************** **************** ************

"दाइ !"

"हँ ?" उसको गुरुजी दाइले भख्खर भट्टिवाट दुइ गिलास तन्काएर आएको छ।

"यसपालि साह्रै जाडो होला जस्तो छ।"

"सिरक भित्र आइज न !"

उसलाई रक्सी गनाउँछ। निन्द्रा लाग्दैन। भन्न सकेन। खुस्रुक्क घुस्रियो।

"दाइ !"

"हँ !"

"त्यो कोहिनुरमा श्रीकृष्ण श्रेष्ठले लाको कोट कति पर्छ ?"

"मुजी, मान्छे छ चार भित्ताको शौख हेर न !" उसको दाइले एक लात हिर्कायो सिरक भित्रैवाट।थोरै ढकेलियो उ।सिरक वाट वाहिर निक्लियो।

"लडिस् कि के हो?" दाइले फर्केर माया देखायो।

"हैन !" उ खिस्स हाँस्यो। अँध्यारोमा उ हाँसेको देखिएन।

************ *************** ***************** ************* ************** *****

त्यो रात उसले अनौठो सपना देख्यो। उसको हातमा स्टेयरिंग छ। विस्तारै उसले थाहा पायो। हेलिकप्टरको स्टेयरिंग।सफा काठमाण्डौको सडकमा हेलिकप्टरका पांग्रा दौडिरहेका ! विस्तारै हेलिकप्टर ले भुइँ छोड्यो। अचम्म ! उसले हेलिकप्टर उडायो। हेलिकप्टरको खलासीमा उसका गुरुजी दाई । ढोका ढ्याप ढ्याप गर्दै "रत्नपार्क रत्नपार्क" भन्दैछन्।ढोकामा रेखा थापाको हाफ पायन्ट लाएको फोटो। छेउमा एकजना सेतो दाह्री भएको मान्छे पत्रिका पढ्दैछन् । अनि पत्रिकामा लेखिएको छ "मोदी जनकपुर हुँदै हेलिकप्टरमा काठमाण्डौ आउने !"

 

 


 
Posted on 11-20-14 10:42 AM     [Snapshot: 30]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 11-20-14 1:41 PM     [Snapshot: 206]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

I am one of your silent readers. Always admire your creativity.
FucheKeto, just wanted to say THANK YOU. Your writing skill is beyond amazing and I always love the way you end your story. Keep on coming many more bro.

 
Posted on 11-21-14 5:01 AM     [Snapshot: 518]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 


kalikopoi- Thank you
My thought- Thank you very much, you all are my inspiration.
Thanks to all the readers who read it and liked the story.This is a semi fictional story..Some parts are true and some are fictious.. I would like to thank that kid of Bhaktapur Yatayat and Empty Bus while returning back home and a little chitchat between us .

 
Posted on 11-21-14 3:05 PM     [Snapshot: 604]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मिठो कुरो गर्छन बच्चाहरु , आफ्नै दुनियामा हराउँछन् , भोलिको आशा र सपनाका जोशिला खोला बगाउँछन् . तेही नै रम्य छ उनीहरुलाइ .

फुच्चे र फुच्चेका कथाको सुधारस निरन्तर बगिरहोस .
 
Posted on 11-22-14 1:20 AM     [Snapshot: 769]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Badhai cha Fucheo keto, for publishing ur work at first in Nepal magazine and now in setopati.. still i love this version :)

http://setopati.com/sahityapati/20358/
 
Posted on 11-22-14 9:20 AM     [Snapshot: 833]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Thaney- Thank you..
Khoikkhoik- its censored ..त्यहि भएर हो की ;)
 
Posted on 11-24-14 9:38 AM     [Snapshot: 1095]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

मेरो बिचारमा यो कथाको बिषयबस्तु धेरै राम्रो छ, तर शब्द प्रयोग पात्र अनुसार सुहाए पनि फुच्चे जस्तो लेखकले साहित्यमा प्रयोग गर्न जरुरी छ जस्तो लाग्दैन।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
EAD HELP NEEDED URGENTLY!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Don’t Just Read—Join the Conversation
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
Need Help of IT consultancies
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters