[Show all top banners]

submark
Replies to this thread:

More by submark
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 My sansar ko lekh aakha khulne nai chha sajhamitra haru
[VIEWED 29054 TIMES]
SAVE! for ease of future access.
Posted on 03-21-16 2:34 PM     Reply [Subscribe]
Login in to Rate this Post:     4       ?     Liked by
 

अमेरिका बस्ने ‘रुन्चे नेपाली’लाई खुत्रुक्कै पार्ने गरी १२ थरीले दिएको दनक
By mysansar, on March 21st, 2016

अचेल एउटा गजबको व्यङ्ग्य साइट चलेको छ-१२ थरी। छद्मनामबाट चलेको यो साइटले आफ्नो बारेमा घोषणै गरेको छ- ‘हामी खोइरो खन्नकै लागि आएका हौं, विशेषगरी तिनीहरुको जो आडम्बरी छन्, जो बाहिर आदर्शका कुरा गर्छन् र भित्र भित्रै त्यही आफ्नै आदर्शको बलात्कार गर्छन्। कसैले यसलाई खराब गर्नेलाई खबरदारी भन्लान् तर हामी यसलाई खबरदारी भन्दैनौं, किनकी हामी यो साइट चलाएर देश वा समाज परिवर्तन गर्छौं भनेर आएका होइनौं।’ यो साइटले विभिन्न विषयमा व्यङ्ग्यवाण प्रहार गरिरहेको छ। यहाँ अमेरिका बस्ने रुन्चे नेपालीलाई खुत्रुक्कै पार्ने गरी दिएको दनक साभार गरिएको छ।

अम्रिकाका रुन्चे झ्याँस नेपाली
हामीले आजभोलि केही नाम चलेका अनलाइन पोर्टलमा अझ विशेषगरी बेरोजगार अनलाइनमा अमेरिकी पलायनवादीको रुवाइ पढ्ने गरेका छौँ। त्यो पढ्दा लाग्छ, उनीहरुलाई फसाएर अमेरिका ल्याइयो, उनीहरुको इच्छा गाँउमै हलो जोतेर बाँझो खनेर बस्ने थियो। अमेरिकाले गर्दा उनीहरुले कुकुरले नपाएको दु:ख पाए। कतिले अकालमा ज्यान गुमाए। कसैले श्रीमती गुमाए। कतिका श्रीमान श्रीमती पारपाचुके गरे, संस्कृति र परम्पराको खिल्ली उडायो अमेरिकाले।


स्वर्ग भनेर आएको अमेरिकामा नर्कको आभाष भयो। कतिले अमेरिकालाई मृत्युपथ नि भन्न भ्याए भने कतिले यो ग्रिनकार्ड च्यातेर नेपाल फर्किन्छुसम्मका बोक्रे राष्ट्रवाद अलापे। तर फर्किन चाहिँ कोही फर्केनन्। यहीं बसिरहे, डलर छापिरहे, अनि निरन्तर गोहीका आँशु झारिरहे। गुनासाहरुले थिच्चिएर निस्साइएका यावत कुराहरु मध्य केही बुँदालाई हामीले केलाउने जमर्को गरेका छौँ। हामीले यहाँ सबै गुनासा समेट्न नसकौँला। तपाइँहरुले सुनेका र हामीले छुटाएका गुनासाहरुलाई कमेन्टमा लेख्न कत्ति पनि नहिच्किचाउनु होला।

पैसा रुखमा फल्दैन

हो, पैसा रुखमा फल्दैन, तर फलाउन जान्न पर्छ। एउटा अपार्टमेन्ट लिनुस्। त्यसमा आफु सहित ४ जना अरु राख्नुस । दुई जनालाई एउटा बेडरुम दिनुस्, अर्का दुईलाई लिभिङ्ग रुममा सुताउनुस्। एकजनाबाट ५००$ लिनुस्। २ हजार डलर आउँछ। जसबाट तपाइँले सबैको लागि खाना, पानी, बत्ती, घरभाडा सबै उठाउनु हुन्छ र तपाइँका जोइपोइले कमाएको चोख्खो बच्छ। अनि साथमा काम गर्दा क्याँसमा काम गर्नुस्। फुडस्ट्याम्प लिनुस्। त्यसो गर्दा खानामा पैसा कत्ति नि खर्च भएन । अनि थोरै आम्दानीमा काम गरेसी बर्षको अन्तिममा ट्याक्स रिटर्न नि टन्नै आउने भो। फुडस्टयाम्पबाट किनेका धेरै खाना अरु नेपालीलाई आधा पैसामा बेच्नुस्। तपाइँका बुढाबुढीले यसो गर्दा महिनामा कम्तिमा ६ हजार डलर बचाउन सक्नुहुन्छ। अब भन्नुस्, फलेन त रुखमा पैसा?? बात कर्ते हो।

बाटोमा आइफोन हुँदैन

फूर्तिचाहिँ अमेरिकामा बस्ने भन्ने अनि बुद्धिचाहिँ दुईपैसाको छैन। थाहा छैन आइफोन किन्नलाई एप्पल स्टोर जान पर्दैन। ८ सय डलर तिर्नै पर्दैन। ग्याँस स्टेसनमा चोरीका आईफोन ५०-१०० डलरमा मज्जाले पाइन्छन्। त्यही किने भएन? नत्र फोन किस्तामा लिनुस्। इन्सुरेन्स लिनुस्। अनि फोन नेपाल पठाउनुस्। फोन हरायो भनेर अर्को लिनुस्। त्यो नि पठाउनुस् नेपाल, फेरी अर्को लिनुस। एउटा कुरा थाहा पाउनुस्, तपाइँले दुईपटकसम्म फोन हराउन पाउनुहुन्छ। अनि के खोजेको? हराए हुन्न फोन? त्यसो गर्दा बाटामा भेटे जस्तो भएन आइफोन? ठाँस्नी, दिमाग सिमाग छैन, अनि बाटाँ फोन पाइँदैन भन्दै रुँदै हिड्छन्।

स्वास्थ्य बीमामा पैसा

अमेरिकामा बसेसी बीमा त गर्नै पर्‍यो नि। तर बीमामा पैसा खर्च भयो भनेर किन रुने नी? तरिका जान्नु पर्छ के तरिका। बुद्धिजति भुटेर खाएपछि रुयो बस्यो। अनलाइनमा रुएर पैसा पाइन्छ? अघि रुखमा पैसा फल्दैन भनेको ठाउँमा ‘लो इनकम’मा बस्ने भन्ने जानेको भए, ‘लो इनकम’मा बसेसी सरकारले फिरिमा बीमा दिन्छ, त्यही बिमा लिएसि कुरै सक्कियो। त्यसपछि झ्याम्म बुढीलाई ब्याउने बनायो, एक सुक्को तिर्न पर्दैन । उल्टो बुढीले गर्भवती भइन्जेल गर्भवती डाइट भनेर खानेकुरा सरकारबाट पाँउछे। बच्चा भएसी बच्चाले दुध खानेकुरा १ बर्षसम्म सरकारबाटै पाउँछ। सुत्केरी डाइट भनेर नि सरकारबाटै पाउँछ। आइडिया जान्नु छैन, यसै रुँदै बसेर हुन्छ? हुनत दिमागमा बुद्धि भएको भए अनलाइनमा रुँदै को बस्दो हो। झ्याम्म बिउ हाल्यो, सरकारसँग प्रभु बुढी ब्याउने भइ यसो उसो गरिपाम् भनो।

दिनमा १२ घण्टा काम गर्न पर्छ

थुक्क ! जाँ* घामट। अमेरिका गएर सुतेर खान गएका थियौ? कि ससुराली हो अमेरिका र ज्वाइँलाई जस्तो मेजमान दिनुपर्ने तिमीलाई? कि बाउले कमाएर राख्देको छ अमेरिकामा? नेपालमा च्या’ पसलमा टाङ्ग खप्टेर गफ लगाए जस्तो सोचेर अमेरिका हान्निएसी गानो जाउन्जेल काम नगरेर सुख? पैसा कमाउनु नि छ रे, अमेरिकी लाइफ बिताउनु नि छ रे, अनि काम गर्न पर्छ, दु:ख छ हजुर रे। कस्ले फेसबुका देखेका अग्ला घर हेरेर लोभिएर अमेरिका जानु भनेको थियो? कि सिआइएले कन्चटमा पेस्तोल राखेर अमेरिका गइनस् भने मार्छु भनेको थियो? अब गर न काम पैताला पोलुन्जेल ठडिएर।

गाडीको ईन्सुरेन्स र किस्तामा पैसा जान्छ

कस्ले गाडी किन भन्या छ त? जाऊ न न्युयोर्क, सिकागो, डिसी जस्ता ठुला ठुला शहरतिर गएर बस। त्यहाँ काम नपाइने हैन क्यारे मज्जाले पाइन्छ। गाडी नि सार्वजनिक यातायात आफ्नै गाडीमा गए भन्दा छिटो पुग्ने गरि पाइन्छ। खुब अमेरिकामा छु भनेर गाडी किन्न कस्ले भन्या ‘थ्यो त? ल गाडी किन्नै पर्‍यो रे, सेकेन्ड ह्याण्ड थोत्रो गाडी किने भओ नि त किन्नै परे। हजार, दुईहजार डलरमा मज्जाले पाइन्छ केरे। इन्सुरेन्स नि सस्तोवाला लिए महिनाको ५० पनि तिर्न पर्दैन। खुब फेसबुकमा गाडीको फोटो राखेर सान झार्न महङ्गो गाडी किन्ने अनि खुल्ला पत्र लेख्दै गाडीको पैसा तिर्नु छ नेपालकाले बुझ्दैनन् भन्दै रुदै बसेर हुन्छ? डाडुमा पानी तताएर मरे हुन्छ नि नालायकहरु बरु रुनुभन्दा त।

कमाएको पैसा कलेजलाई तिर्दै ठिक्क हुन्छ

हैन, नेपालमा भिसा लगाउने बेला त घरको कमाइ करौडौँ देखाएको होइन? चल अचल सम्पति नि उत्तिनै देखाएको होइन?अनि कलेजलाई लाग्ने खर्च पुरै घरबाट ल्याउँछु भनेर भिसा लगाएको होइन? कति चाँडै बिर्सेको? आफ्नै बाउले पैसा पठाउछन्, त्यही पैसाले पढ्छु भनेर भिसा लाएर आउने, अनि यहाँ आएर कमाएको कलेजलाई तिर्दै सकिन्छ भनेर रुने? कमाउन आएको कि पढ्न आ’को? जे भनेर आ’को त्यही गरे रुनु पर्दैन नि। किन ढाँटी ढाँटी नभएको कमाइ देखाइ देखाइ अमेरिका जानु पर्ने होइन? खुच्चिङ पर्‍यो। खान नपाएर मर ठाँस्नी।

राम्रो काम पाइएन

राम्रो काम पाउन त खुबी हुन पर्‍यो नि!! एयरपोर्टबाट झर्न नपाइ यहाँको चालचलन, आनीबानी बुझ्न नपाई हान्निएर घण्टा हान्न जान हतार। अनि हातमा पैसा पर्न थालेसी काम छोडेर आफ्नो खुबीवाला काम खोज्ने आँट हुदैन। अनि भन्नु खुबी अनुसारको काम पाइन भनेर। गर्नेले गरि हेका छन् त। डाक्टर इन्जिनियर, प्रोफेसर, लेक्चर सबै भएका छन् त नेपाली। नेपालमा क्याम्पस पढाएर आउँदैमा अमेरिका छिर्नासाथ कसले जागिर दिन्छ? अमेरिकाको टिचर हुनलाई पास गर्न पर्ने कुराहरु पास गर्नु पर्यो नि, समय दिनु पर्यो नि। १८घण्टा क्यासमा काम गरेर गोजी भर्ने अनि ६ घन्टा दु:ख भो भन्दै रोएर भुत्राले उँभो लागिन्छ?

चिनेकाले सहयोग गरेनन्

चिनेकाले आफ्नो काम गरुन् कि २४ घण्टा तपाइँको हात समातेर हिँडुन्? कि तिनले पनि काम नगरेर अनलाइनमा रुँदै बसुन्? औँला दिँदा डुँडुला निल्न नपाएको रीस लगेर कथा बनाएर नपोख्नुस् के। चिनेकाले, पहिलादेखि बसेकाले बाटो देखाइदिने हो। यसो गर, उसो गर भनेर भन्दिने हो। अब तपाइँको चाहना अनुसार यसो गर उसो गर नभनी सबै काम गर्दिने चिनेका हुनु पर्छ भन्ने छ? नेपालको शान, रवाफ अमेरिकामा देखाएर भओ त? मेरो घर न्युरोड हो भने पनि तपाइँलाई अमेरिकामा कसैले गन्दैन के हजुर। ए म त यस्तोको छोरो उस्तीकी छोरी भनेर ठालु पल्टेर बस्ने अनि अरुले गर्दिएनन् भनेर हुन्छ? संसारका जुनसुकै विकसित देशमा पनि आफ्नो काम आफै गरौँ, नजाने कसरी गर्ने भनेर सोधौँ तर गर्देऊ नभनौँ भन्ने मन्त्र आत्मासाथ गर्न पर्छ। अरुले काम यहाँ पाइन्छ होला जा गएर बुझ् भनेसी आफै गएर बुझ्ने हो, उस्ले गएर बुझेर तपाइँलाई त्यहाँ लगेर यसरी काम गर्ने भनेर देखाउने फुर्सद त कसैलाई नि हुन्न नि। तपाइँका लागि अर्को भोकै बस्नुपर्छ भन्ने छ?

नेपालीले नै ठग्छ

ठग्ने भनेको के हो? तपाइँलाई टाउकामा बन्दुक राखेर ल यति पैसा ले नत्र मार्दिन्छु भनेको हुन्छ? तपाइँले तत्कालिन अवस्थामा उसका शर्तहरु मन्जुर गरेर नै उक्त रकम वा अन्य कुरा लेनदेन गरेको हुन पर्छ। अब अमेरिका पुगेर पनि नेपालमा जस्तो महिनौँ पाहुना बसेर खान पाइनँ भनेर ठग्यो भन्दै हिँड्ने हो भने त बाँच्नु नै किन के? लौ खानेकुरा पैसा सेयर गर्ने बेला बढी लियो भन्ने हो भने त्यही बेला हिसाब गरेर छिनोफानो गर्न के ले रोकेको ‘थ्यो? जब उसँगको साथ सकियो अनि उ रातारात ठग भो? हो, यस्तै किसिमका बानीले गर्दा नयाँ जाने नेपालीलाई पहिलादेखि बसेका नेपालीले असहयोग गर्न थालेका पो हुन् कि?

अनलाइनहरुमा धेरैपय अम्रिकामा बस्ने पलायनवादी रुने भएकाले यो लेख उनीहरुका लागि विशेष फोकस भयो। तर यो संसारको जुनसुकै कुनामा पुगेका नेपालीको हकमा लागु हुन्छ। पैसा कमाउने सपना देखेर विकसित देश गएपछि त्यहाँको वातावरणमा घुलमिल हुनु नै राम्रो हो। २ घन्टा काम गरेर ४ घन्टा चिया पसलमा बिताउने हो भने नेपालमै बसे हुन्छ। तर स्वेच्छाले विदेश लागेपछि रुएर बस्ने होइन।
 
Posted on 03-21-16 3:23 PM     [Snapshot: 56]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Deleted Deleted Deleted Deleted Deleted

Deleted Deleted Deleted Deleted

Deleted Deleted Deleted

Deleted Deleted

Deleted
Last edited: 21-Mar-16 03:23 PM
Last edited: 21-Mar-16 04:59 PM

 
Posted on 03-21-16 3:51 PM     [Snapshot: 120]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahashya , dude its sarcastic article.. Kuro bujnu chaina..
 
Posted on 03-21-16 4:04 PM     [Snapshot: 143]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Rahasya laato. Hahahaha
kura sura bujhnu chaina.
Lemme finish laughing reading this post.
 
Posted on 03-21-16 4:18 PM     [Snapshot: 155]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

rahasya torpe, yeuta galama chadkan hane nabujer arko gala thapla jasto chha.
 
Posted on 03-21-16 4:59 PM     [Snapshot: 227]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

My bad... I have habit of skipping intro/first paragraph. Let me delete my own comment before another iron-man like Submark pops up to slap me. It is better to stay safe rather than live with fear.
 
Posted on 03-21-16 5:31 PM     [Snapshot: 270]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters