[Show all top banners]

prattik_kumar

More by prattik_kumar
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 बलात्कार भएको चार दिनमै ‘गर्भ’
[VIEWED 7621 TIMES]
SAVE! for ease of future access.
Posted on 05-10-18 11:10 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

रौतहट — यहाँको चन्द्रनिगाहपुरमा बैशाख २० गते एक किशोरी बलात्कारको सिकार भइन् । घटनाको चार दिनमा उनको स्वास्थ्य परीक्षण गराउँदा गर्भ रहेको चिकित्सकले प्रहरीलाई रिपोर्ट दिए । रिपोर्ट हेरेर प्रहरी समेत आश्चर्यमा पर्‍यो ।
सर्लाही हरिवन-११ का मुकेश दास र रिजवान अन्सारीले बलात्कार गरेको भन्दै किशोरीका आफन्तले इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा किटानी जाहेरी दिएका थिए । त्यसअघि नै प्रहरीले दुबैजनालाई पक्राउ गरिसकेको थियो । बलात्कारको जाहेरीपछि ईलाका प्रहरीले किशोरीको स्वास्थ्य परीक्षण गराइएको थियो । त्यस क्रममा गर्भवती भएको रिपोर्ट आएको डिएसपी शान्तिराज कोइरालाले बताए । ‘हामीले किशोरीलाई यसअघि कसैसित यौन सम्पर्क भएको थियो कि थिएन भनेर सोध्यौ,’ उनले भने, ‘कसैसित थिएन । थाहा भएन । भन्ने जवाफ दिएपछि आश्चर्यमा परेका छौं ।’
चिकित्सकले गर्भवती भएको बताएपछि प्रहरीले किशोरीलाई पटक पटक सोधपुछ गरेको थियो । सिन्धुलीबाट हरिवन बजारस्थित दिदीको घरमा आएकी किशोरी साँझ घर फर्कने क्रममा बसपार्कमा दुई युवकले भेटेर घर पुर्‍याइदिने भन्दै रौतहट ल्याएर बलात्कर गरेको प्रहरीसमक्ष बयान दिएकी छिन् । किशोरीलाई उद्धृत गर्दै प्रहरीले भन्यो, ‘मोबाइल किनिदिने भन्दै झुक्याएर ल्याएका रहेछन् ।
शकिद पार्कमा गलत हर्कत हुन थालेपछि प्रहरीलाई खबर गरको हो । पक्राउ परेका युवकले बा२५प १३७८ नम्बरको मोटरसाइकलमा ल्याएर पार्कभित्र लगेका थिए । चन्द्रपुरमा दासले आफूलाई एक पटक जबरजस्ती यौन सम्पर्क गरेको किशोरीले प्रहरीसमक्ष बताएकी छिन् । पक्राउ परेकाहरुले बलात्कार नगरेको दाबी गर्दै आएको प्रहरीले जनाएको छ । घटना अनुसन्धान भइरहेको प्रहरीले जनायो । पक्राउ परेका दुबैलाई करणीमा मुद्दा चलाइएको छ ।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 60 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
NEPAL TPS IS GONE
The New Color of Her Flag
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Travelling to Nepal with expiration less than 6 months
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
Don’t Just Read—Join the Conversation
मौका छोपी रक्सी र सुन्तला लुट्नेहरू थुना बाट भकाभक छुट्न थाले
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters