[Show all top banners]
Back to: Kurakani General Refresh page to view new replies
 Jal Shah in New York....
[VIEWED 5147 TIMES]
SAVE! for ease of future access.
Posted on 08-15-06 8:12 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

दर्जनौं नेपाली चलचित्रमार्फ अभिनय, नृत्य र सौर्न्दर्यको जादू र्छदै चलचित्रप्रेमीहरूको मनमस्तिष्कमा राज गर्न सफल चर्चित नायिका जल शाह अमेरिकातिर लागेकी छन्। नेपाली चलचित्रको स्थितिबाट बिरक्तिएर उनी आइतबार न्युयोर्कका लागि उडेकी हुन्। भूमिका र पारिश्रमिकमा सम्झौता गरेर संख्यात्मक हिसाबले चलचित्रमा काम गर्नुको साटो गुणस्तरीय चलचित्रमा मात्र काम गर्ने उद्देश्यले छनोटका चलचित्रमा मात्र काम गर्ने चुजी स्टारका रूपमा स्थापित जल मल्टिपल भिसा पाएपछि अमेरिका प्रवेश गरेकी हुन्। 'मेरो यो टुर भिजिटिङ टुर हो’, आइतबार दिउँसो अमेरिकाका लागि उड्नुअघि अन्तराष्ट्रिय विमानस्थलमा नेपाल समाचारपत्रसँग नायिका शाहले भनिन्- ँपाँच-छ महिना घुमेर फर्किएपछि अमेरिकामा सेटल हुने कि नहुनेबारे निर्णय गर्नेछु।’




केही वर्षघि मुर्म्बई गएर अभिनयमा डिप्लोमा गरेकी जल त्यहा“ प्राप्त सुनौला अवसरहरूलाई त्यागेर स्वदेशकै चलचित्र उद्योगमा संर्घष् गर्ने उद्देश्यका साथ काठमाडौं र्फकेकी थिइन्। यस पटकको अमेरिका भ्रमणमा भने उनले निर्देशनसम्बन्धी शिक्षा र ज्ञान पनि हासिल गर्ने उद्देश्य बोकेकी छन्। 'नेपालमा महिला निर्देशक नै छैनन्, म यो अभाव पूर्ति गर्न चाहन्छु। अमेरिका बसाइका क्रममा निर्देशनबारे पढ्ने लक्ष्य लिएकी छु। मेरो यो लक्ष्य कत्तिको पूरा हुनेछ भन्ने कुरा त्यहीँ पुगेपछि निर्धारण हुनेछ’, जलले भनिन्- 'निर्देशन सिक्नु मेरो धेरैअघिदेखिको महत्त्वाकांक्षा हो।’ जल अमेरिका पुगेर न्युयोर्कमा रहेका आफन्त दिदीहरूसँग बस्नेछिन्। अमेरिका पुगेर सुनौलो र सुनिश्चित भविष्य खोजी गर्नु पनि जलको भ्रमणको उद्देश्य हो तर अहिलेलाई भने उनी दिदीहरूकहाँ बसेरै समय व्यतीत गर्नेछिन्। 'अमेरिकामा केही गर्ने हो भने पछिको कुरा हो। अहिलेलाई त टुर मात्र हो’, जलले उदास भावमा भनिन्- ँपहिलो पटक यति लामो समयका लागि मामी (साहित्यकार प्रेमा शाह)सँग छुट्टिएर जानुपर्दा गाह्रो भइरहेको छ। हामी एकअर्कासँग टाढा भएर बसेकै छैनौं तर के गर्ने मिलन र बिछोड नै जिन्दगीको रीत हो।’



दश दिनभन्दा बढी समयसम्म आमासँग छुट्टिएर कहिल्यै नबसेकी जललाई आमासँग बिदा भएर इम्रिगेसनतर्फजान वास्तवमै कठिन परिरहेको थियो। विमानस्थल पुगेदेखि नै जलका आमाछोरी दर्जनौं पटक बिदाइको अँगालोमा बेरिएका थिए भने त्यति नै पटक एकअर्काको गालामा चुम्बन गरेर माया र स्नेह दर्साइरहेका थिए। यस क्रममा आँखाबाट आँसु बगिरहँदा दुवैका आँखा सुन्निएका थिए। बोर्डिङ पास लिइसकेपछि जल आमालाई चुम्बन गरेर इम्रि्रेसनमा प्रवेश गर्न इलेक्टि्रक भर्‍याङतिर लाग्थिन् र फेरि र्फकेर आउँथिन्। अन्ततः थाई एयरलाइन्सबाट इम्रिगेसनमा आउन यात्रुहरूलाई सन्देश गरिएपछि फेरि आमालाई चुप्प माया गरेर उनी भर्‍याङतिर लागिन् क्रमशः बिदाइका हात हल्लाउँदै। भर्‍याङबाट बाहिर निक्लेपछि पनि झन्डै पाँच मिनेटसम्म आमालाई एक टकले हेरेपछि आफन्त, साथीसंगी र आमालाई हात हल्लाउँदै उनी इम्रिगेसनतर्फलागेकी थिइन्। जस्तोसुकै भूमिकामा पनि बेजोड प्रतिभा प्रदर्शन गर्ने जलले अमेरिकाका लागि उड्नुअघि मात्र पनि भूमिका चित्त नबुझेपछि दुइ चलचित्र छोडिदिएकी थिइन् भने अरू तीन चलचित्रका लागि प्रस्ताव पाएकी थिइन्। ँअमेरिकाबाट फर्किएपछि समयले साथ दियो भने त्यसमा काम गर्छु’ -उड्नुअघि जलले भनेकी थिइन्।
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS To F-1 COS
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
TPS to F1 Status.
Nepal Likely to Get 60-Day TPS Notice
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
NEPAL TPS IS GONE
TPS cancel bho bhane k garne?
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters