[Show all top banners]

jhatka
Replies to this thread:

More by jhatka
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 John wood and Nepal
[VIEWED 6530 TIMES]
SAVE! for ease of future access.
Posted on 07-13-08 9:06 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 

Hi guys chk this out.A very touching article I found in Nepal digest ...............

अमेरिकी युवक जोन उड माइक्रोसफ्ट कम्पनीमा उच्च तहमा जागिर खान्थ्यो । त्यो बिजुलीजस्तो मान्छे वासिङ्टनमा खाना खाएर टोकियोमा चुठ्न पुग्थ्यो । मस्कोमा दाँत माझेर बेइजिङ्मा कुल्ला गर्न पुग्थ्यो । भौतिक सुखसुविधाका लागि ऊ संसारका सबै सुखसयल प्राप्त गर्न सक्षम थियो । यति हुँदा पनि उसको मन असन्तोष र छटपटीले बेचैन थियो । यही असन्तुष्टि र छटपटीका बीच एकदिन उसले जागिर छाड्यो, प्रेमिका छाड्यो र भौतिक सुखसुविधाका सम्पूर्ण स्रोतहरूलाई लात्तीले हानेर नेपालको बाहुनडाँडा भन्ने गरबि गाउँतिर लाग्यो । किंवदन्तीको पात्रजस्तो लाग्ने संसारकै सबभन्दा धनी व्यापारी विल गेट्ससँग कुम जोरेर माइक्रोसफ्ट कम्पनीको अन्तर्राष्‍ट्रिय व्यापारका बारेमा आफ्ना धारिला योजनाहरू प्रस्तुत गर्ने त्यो युवक नेपालका बाहुनडाँडा, कामीडाँडा र सार्कीडाँडाहरूका धुलाम्मे स्कुलका सिँगाने केटाकेटीहरूसँग अङ्कमाल गर्न पुग्यो । 
जोन उडले लेखेको माइक्रोसफ्टदेखि बाहुनडाँडासम्म पुस्तकको यो प्रारम्भिक कथा पढ्नासाथै मेरा मनमा अनेक तरङ्गहरू उठ्न थाले । मलाई लाग्यो, त्यो जोन उड भन्ने सात समुद्रपारिको कुइरे युवक गधा र चौँरीका डँडाल्नामा पुस्तकको थाक राखेर हाम्रो देशको गाउँका केटाकेटीलाई शिक्षित बनाउन उकालोतिर चढ्छ, हामी गधाहरू भने राष्ट्रिय ढुकुटीबाट टन्न दाना खान्छौँ र उन्मत्त हुँदै सिंहदरबार र बालुवाटारका चौरमा एकअर्कालाई जोर लात्तीले हानेर लडाउन प्रयास गर्र्छौं ।
हामी गधाहरू पढाइ सुरु भएको छ महिनासम्म सरकारी पैसाले छाप्ने किताब स्कुलमा पुर्‍याउन सक्तैनौँ, ऊ भने संसारभरिबाट निःशुल्क पुस्तक भेला पारेर नेपालका गाउँगाउँमा पुर्‍याउँछ । हामी गधाहरू कुर्सीमा टाँसिएको टाँसिएकै नर्क जान तयार हुन्छौँ, ऊ भने छँदाखाँदाको पद, पैसा, प्रेमिका, साथीभाइ, नातागोता सबै त्यागेर हाम्रो गाउँका केटाकेटीको शिक्षाका लागि संसारभरि भीख माग्दै हिँड्छ । हामी गधाहरू गरबि र र्सवहारावर्गको नेतृत्व गर्र्छौं भन्दै पजेरो र मर्सिडिजमा बालुवाटार र सिंहदरबारको फेरो मार्र्छौं, ऊ भने दमाईडाँडाका गन्धे केटाकेटीका सिँगान पुछ्दै पहाडहरूको चक्कर मार्छ । ऊ अशिक्षा, गरिबी, भोक र रोगको चिहानमा फँसेका बालबालिकालाई जगाउन खोज्छ, हामी गधाहरू ती सप्पैलाई घिसारेर सिङ्गै देशलाई चिहानघारीमा पुर्‍याउन चाहन्छौँ । हामी गधाहरू देशलाई पुर्न सिंहदरबार वा बालुवाटार वा बल्खु वा सानेपा वा मधेस वा पहाडमा चिहान खन्छौँ र सिङ्गै वा टुक्र्याएर भए पनि देशलाई पुर्न चाहन्छौँ । देशलाई चिहानघारी बनाएर राज्य गर्न चाहन्छौँ । हामी चिहानघारीका राजाहरूका लागि बाहुनडाँडाजस्ता डाँडाकाँडाका झुत्रे र भोका केटाकेटीहरू चुनावी घोषणापत्रका लाभदायक पात्रहरू मात्रै हुन् । 
वास्तवमा हामी हुँदाहुँदै सात समुद्रपारिको कुइरे आएर हाम्रो बाहुनडाँडामा पुस्तकालय खोल्नुमा पक्कै पनि विदेशी षड्यन्त्र हुनुपर्छ । हामी अग्रगामी गधाहरूका विचारमा त्यो जोन उड भन्नेलाई नेपाल आउन दिनुहुँदैन । किनभने, उसले बाहुनडाँडाबाट काम थालेको छ र पुस्तकको नाममा पनि बाहुनडाँडा छ । समावेशी लोकतन्त्रमा 'बाहुनडाँडा' भन्ने नाम प्रतिगामी हो । हामी सबै मिलेर त्यो कुइरेले बाहुनडाँडामा ल्याएर छाडेको शिक्षाको बत्तीलाई चिहानडाँडामा पुर्‍याएर निभाइदिनुपर्छ र नयाँ एवम् मौलिक एउटा पुस्तक लेख्‍नुपर्छ, बाहुनडाँडादेखि चिहानडाँडासम्म ।

hummmm............very  relevant  for us nepalese.


 
Posted on 07-13-08 9:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Duplicate Post dude..Do ur homework

 
Posted on 07-13-08 9:54 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

worth a watch, john wood has done a great job in nepal.

http://www.pbs.org/frontlineworld/rough/2007/06/nepal_a_girls_l.html

mr. Pyaradeshbasiharu... i don't know if someone already posted this too...


 
Posted on 07-13-08 9:57 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Mukundo,
Take a look at this http://sajha.com/sajha/html/openThread.cfm?forum=2&threadid=61906
correct me if i am wrong..M feeling dizzy

 
Posted on 07-14-08 4:13 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 07-14-08 5:56 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"वास्तवमा हामी हुँदाहुँदै सात समुद्रपारिको कुइरे आएर हाम्रो बाहुनडाँडामा पुस्तकालय खोल्नुमा पक्कै पनि विदेशी षड्यन्त्र हुनुपर्छ । हामी अग्रगामी गधाहरूका विचारमा त्यो जोन उड भन्नेलाई नेपाल आउन दिनुहुँदैन । किनभने, उसले बाहुनडाँडाबाट काम थालेको छ र पुस्तकको नाममा पनि बाहुनडाँडा छ । समावेशी लोकतन्त्रमा 'बाहुनडाँडा' भन्ने नाम प्रतिगामी हो । हामी सबै मिलेर त्यो कुइरेले बाहुनडाँडामा ल्याएर छाडेको शिक्षाको बत्तीलाई चिहानडाँडामा पुर्‍याएर निभाइदिनुपर्छ र नयाँ एवम् मौलिक एउटा पुस्तक लेख्‍नुपर्छ, बाहुनडाँडादेखि चिहानडाँडासम्म ।"

राम्रो काम गर्दा राम्रो भन्न नसक्ने, अरुका कामलाई प्रोत्साहन गर्न नसक्ने, बरु खुट्टा तान्न तम्सिने अनि जस्ता सुकै राम्रा कामलाई पनि राजनितीको फोहोरी मैदानमा तान्ने यिनै प्रवृत्तिले नेपालको विकासहुन नसकेको हो ।

राम्रो चित्रण, हाम्रा राजनैतिक नेताहरुको, निजामति कर्मचारीहरुको अनि दु:खसाथ भन्नु पर्दा हाम्रो!!



 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 30 days
Recommended Popular Threads Controvertial Threads
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Need Help of IT consultancies
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
NEPAL TPS IS GONE
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
The New Color of Her Flag
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
TPS cancel bho bhane k garne?
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
Bill to Protect TPS and DED Recipients
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters