[Show all top banners]

Sufal
Replies to this thread:

More by Sufal
What people are reading
Subscribers
:: Subscribe
Back to: Stories / Essays / Literature Refresh page to view new replies
 "मेरो दोश्रो विवाह"
[VIEWED 10119 TIMES]
SAVE! for ease of future access.
Posted on 08-05-09 12:14 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

"मेरो दोश्रो विवाह"


 (कथा तथा कथाका पात्रहरु काल्पनिक हुन कसैको व्यक्तिगत जीवन र आचरणमा मेल खाएमा संयोग मात्र हुनेछ।)


 


            आज मेरो विवाहको दिन। सबै जान मलाई श्रिगांरी रहेका छन। जसरी हुन्छ, जे गरेर हुन्छ, मैलाई राम्रो देखाउन खोज्दै छन मेरा आफन्तहरु, साथीसङिहरु। बाहिरी रुप जती सुकै सजिसाजवोट गरेर सुन्दर देखाये पनी के गर्नु, मेरो भित्री मन आज छटपट्टी रहेको छ, आगोको राप झै रपिरहेको छ। उकुसमुकुस्सिएको मेरो शरीर। 


 


            "पर कुनामा बसेर बर्षाको मेरो छोरा टुलुटुलु मलाई हेर्दै छ। के थाहा त्यो बाल सुलव मनलाई आज उस्को आमाको विवाह हो भनेर।" 


           


            यौटी द्रोन्द्र पीडित एकल महिला। बर्ष अगाडि मेरो श्रीमानलाई मवोबादिले सुराकी गरेको अभियोगमा, दिन सम्मा यातन दिएर हत्या गरेका थिए। मेरो सिउँदो पुछिएको थियो त्यो दिन, चुराहरु फुटेका थिए। लाउँलाउँ खाउँखाउँ भन्ने उमेरमा सिन्दुर, पोते र चुरा त्यागी, आफ्ना रहर अनी अनगिन्ती चाहनाहरुलाई सेतो फरियामा पोको बनाइ, जीवन कट्न वाध्य बनाइएको थियो मलाई यो समाजले। के अपराध गरेकी थिए मैले भगवान? दोष भगवानलाई थुपार्न त सजिलै हुन्छ। तर यो कुसस्कर, कुसस्क्रिती अनी असामाजिक कुराको परिवर्तन गर्न न त कोही नै अगाडि सर्छ्न न त सामाजिक पृष्‍ठ भुमि बादलन नै सक्छन। यी कुराको जलन त जलेको मान्छेलाई पो थाहा हुन्छ, त्यो रपिएको रापको जलनको पिडा कस्तो हुन्छ भनेर !


 


                ओहो! जन्ती आयो भन्दै कराउदै, जन्तीले लिएर आएको पञ्चे बाजाको आवाज सुन्ने बित्तिकै सबै साथीसङी जन्ती हेर्न तिर लगे।


 


                घरको आर्थिक व्यबस्ता गर्ने मान्छे कै हत्या भयो भने त्यो घर कस्तो होला? अझ मेरो त प्रेम विवाह भएको थियो। माइतले अहिले सम्मा स्विकारेको नै छैन। एक्लो छोराको जिद्दिले गर्दा घरमा भित्रिन सम्मा पाएकी थिए।यो घरको सदस्य हुँ भन्ने महसुस हुन थालेको थियो मलाई। कुन पापिको आँखा लाग्यो, मेरो प्यारो मान्छेलाई दैबले चुडेर लाग्यो एती चाडो।आर्थिक अबस्त कम्जोर भएकाले मैले मेरो छोरो स्कुल भर्ना पनि गर्न पाएको छैन।घर परिवर पनि पैसा छैन, तेरो आफ्नो छोरा हो तँ आफु नै गर भन्छन।अरुलाई जलाएर आफु रमाउन खोज्ने खालका परिवार रहेछ यो। बिस्तारै सबै बुज्दै थिए।  


 


                केही समय पनि पहिला द्रोन्द्र पीडित एकल महिलालाई भनी राहात स्वरुप अली अली पैसा आएको थियो रे। एक नजर पनि लगाउन पाइन। सासुले नै राखिन सबै।


 


            समयको बेग चलिरहेको थियो। अर्थिक रुपमा त म पीडित छु नै, मानसिक रुपमा झनै पीडित हुन थालेको थिएं। काम गर्न कोसिस नगरेको पनि होइन, काम थालेपछी छोराको बिजोग भयो। दु:ख, कस्ट लुकाइ, जीवन जिउन भर्पुर प्रयास गर्दा गर्दै पनि त्यही दु:खमा लत्पतिएको मेरो मुस्कानको पनि इर्स्या गर्ने धरै भेट भए अहिले सम्मको मेरो जीवन अन्तरालमा। हाम्रो समाजले एकल महिलालाई हेर्ने नजर पनि साह्रै तुच्छ रहेछ। जता गए पनी आँधी हुरी झेल्न पर्ने रहेछ। २४ बर्षकी , जीवनमा केही गर्नु पर्छ भन्ने सोच थियो। श्रीमान हुँदा हरेक काम कुरामा हौसाला पाउथिए, प्रत्सोहान पाउथिए। सगरमाथाको जस्तो उच्च थियो उहाँको प्रतिको व्यबहार अनी नौनी घिउको कोमलता जस्तो पवित्र थियो उहाँको   मन। छोरा जन्मिदा उहाँ साह्रै खुशै हुनुभ्एको थियो। यो हाम्रो हिरा हो, उज्यालो चमक दिन हामीले हातमा हात रखी टल्काउनु पर्छ भन्नुभएको थियो। तर त्यो हिराको चमक नै नलेराइ मलाई एक्लै छडिदिनुभयो।


 


            १० बर्शे द्रोन्द्र कालमा म जस्ता कती नेपाली दिदिबहिनीहरु बिना केही करण आफ्नो साहरा गुमाउनु परेको छ, कती बालबच्चाहरु टुहुरा भएका छन, कती बाबुआमाहरुका बुढेस्कालका टेक्ने हाँगो भाँचिएको छ।५१% महिला भएको हाम्रो देशमा,धेरै महिलाले एस्तो परिस्तिती आफ्नो पोल्टामा राख्न बिना कसुर परेको छ। लिखित तथ्यांन्क कतै भेटिन्न कती छन जस्ता महिला भनेर। त्यही द्रोन्द्र पीडित एकल महिलाहरुलाई प्रत्सोहान गर्न अहिले सरकारले, त्यस्ता महिला विवाह गर्ने नव-दम्पत्तिलाई नगद रु. ५०,००० दिने निती जो सरकारले बजेटमा लेराएको , के त्यो सही हो ? के एकल महिलाले पुरुषको साथ पाउन साथ उस्को जिन्दगी सार्थक हुन्छ त? कदापी हुन्न! ल म जस्ता द्रोन्द्र पीडित एकल महिला त विवाह गरेर नयाँ घरमा जाउँला तर ति अबोध बच्चाहरु? तिनिहरुको के दोश यसमा? उनिहरुको भविश्य माथि किन खेलबाड गर्दै छ हाम्रो सरकार?


            अहिले पनि त्यही नगद पाउने लालसमा आएर मेरो घरका परिवारले मेरो विवाह गरिदिन लागेका छन, त्यो पनि हाम्रै पल्ला गाउँका काकाको लठौरो छोरोसँग। लठौरो भएकाले ३५ नागिसक्दा पनि विवाह हुन सकेको थिएन त्यस्को। मेरी सासु टाठी बाठी। हाम्री फुल जस्ती बुहारीलाई छोरी जसरी उन्माएर, तिमीहरुको घरमा भित्रैदिउँला तर आएको नगद रु. ५० हजारमा आधा हिस्सा मेरो हुनुपर्छ भनेर कबुल गरएकी

 
Posted on 08-05-09 12:17 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हिस्सा मेरो हुनुपर्छ भनेर कबुल गरएकी थिईन पहिला नै। नत्र भन्ने त्यो लठौरोलाई मेरी बुहारी दिन्न भन्दै थिईन। के पैसा नै हो त सब थोक? खै यहाँ मनबता?


 


            के यही हो एउटा मान्छेको सभ्यता अनी सस्कार? किन हाम्रो समाजमा नारिले नै नारिलाई दबाउँछन। ५० हजारको लोभमा आएर मसँग एक बचन पनि नसोधी मेरो जीवन को निर्णय गर्ने त्यो को ? जब कि यस घरमा आउँदा पनि मैले मेरो आमाबुवालाई एक बचन पनि सोधेको थिईन। म पनि त सक्थिए होला यिनिहरुलाई तड्पाउन, भुसको आगो झैन भित्र भित्रै सल्काउन। तर मेरा बुवा आमा दिएको सस्कार त्यो होइन मेरो। कसैको प्रेममा अन्धो भएर, आफ्नै जन्मदिने बुवा आमाले पछउन लगाएको सस्करलाई लत्ता हानी, गरेको पापको फल हो यो सब। विश्वाशको पर्खाललाई त्यतिबेला नागेको थिए मैले,अहिले पस्चातापको आगोमा दन्दनी जलिरहेको छु।


 


            अब मैले एउटा द्रिड संकल्प लिनुपर्छ। मेरो छोराको भबिश्य माथि यो परिवारको छाँया सम्म पर्न दिन्नु हुन्न मैले। मैले नै मेरो श्रीमानको सपना पुर गर्नुपर्छ। क्षितिज पारी रहेको सप्तरङी इन्द्रेणी रुपी उस्को भबिश्य सम्म पुग्ने बाटो मैले नै पहिलैदिनु पर्छ। सुर्ये जतीसुकै उदार भएर संसार भरी उज्यालो प्रकाश छरे पनी त्यती राम्री चन्द्रमा लाई कहिलै पनि भेट्न पाउदैन्न। जतिसुकै उदार भएर यो घर बसे पनि मेरो लागि केही हुने वाला छैन। मेरो परिवार भनेर अहिले सम्मा बसेको थिए, जीवन जिउने एउटा साथीत्वको आभास गरी तर अब यो बिच बाटो मलाई आफ्नो भन्नेले त छोडेर गयो भने अरु साथी किन खोज्नु मैले। मेरो छोरा नै हो अब मेरो साथी, नै हो मेरो जीवन जिउने आधार।   


 


                        "ए दुलहिलाई जग्गेमा लेराउ!” -म झस्सँग झस्किन्छु।


 


            म एकदम हतारेको महसुस गर्छु आफुलाई। मैले मेरो आफ्नो लागि अनी मेरो प्यारो छोराको लागि पनि यहाँबाट भाग्नुपर्छ। नत्र मेरो छोराको भबिश्य आन्धकार हुन्छ। हत्तपत्त ढोका को चुक्कुल लगाउछु। के गँरु कसो गँरु भई रहेको थियो। छोरालाई टपक्क टिपें अनी पछाडिको ढोकाकाबाट यो घरमा कहिलै नफर्किने गरी आफ्नो बाटो लगें।


 


~समाप्त


 
Posted on 08-05-09 12:29 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुफल, माथि भनिये जस्तै यो कथा काल्पनिक मात्र होस् !


बिधुवा बिहे गर्ने लाई ५०,००० दिने नेपाल सरकार को निर्णय एकदम अब्यवहारिक छ ! बिक्रिती माथि बिक्रिती थपिने बाहेक केही हुँदैन !
बिधुवा महिला लाई सहयोग गर्ने इक्ष्या नै हो भने बरु आयमुलक कार्यक्रम ल्याउनु नि त्यस्ता महिलाहरुका लागि !


काही नभा जात्रा हाँडी गाँउमा !


 


 
Posted on 08-05-09 12:43 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

ठीक भन्नुभयो, Ritthe जि  तपाईंले।
हामी नेपाली महिलाहरु झन आसुरक्षित भएको महसुश गरेकी छु मैले त!


~सुफल


 
Posted on 08-05-09 2:59 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एकदम सान्दर्भिक कथा, हाम्रो नेताहरु हचुवाको भर म निर्णय गर्छन्, दु:ख जनताले पाउँछन। सार्है चित्त बुझ्ने गरी लेख्नु भो, रिट्ठे ले भने सरी, यो कथा कल्पनिक मात्र होस्, एस्तो दिन कसैले देख्न नपरोस।

 
Posted on 08-05-09 3:15 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

हाम्रो समाज मा घटेको र घट्न सक्ने कुरा को यथार्थ चित्रण गरिएको छ,


कुनै पनि कुरा लागु गर्न भन्दा पहिले त्यस बाट हुने फाईदा र बेफाईदा हेर्नु पर्ने मा हाम्रा नेता हरु अब के भन्ने


कथा चाँही काल्पनिक नै होस् 


 
Posted on 08-05-09 10:01 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Your story touched me deeply.I also hope that it's a made up story not real...


 
Posted on 08-06-09 7:53 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

सुफल जि,
 
बर्तमान परिप्रेक्षलाइ समेटि यथार्थबादि बिषयबस्तुमा कथा लेख्नु भएकोमा धेरै खुशी लाग्यो। नारीलाइ बस्तु सम्झिने सोचबाट राजनैतिक दलहरु अझै पनि मुक्त भएका छैनन् र बिधुवा बिबाहको लागि मुल्य तोक्न थालेका छन्। बास्तबमा यो हाम्रो समाजमा नारी मन, बिचार र भावना नभै केबल शरीर मात्रै हो भन्ने धारणाको उदाहरण हो।


भबिष्यमा अरु पनि यस्तै रोचक प्रस्तुतिहरु पढ्न पाउने आशामा उतरोत्तर प्रगतिको कामना गर्दछु।


साँच्चै बिधुवा बिहे गर्नेलाइ ५०,००० दिने नियम के भयो? खारेज त भाको छैन? पत्रिका नपढेको नि थुप्रै भइसक्यो।


 


 
Posted on 08-06-09 11:46 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Ritthe, Perfectionist, Serial, Nitisa and Crezy_Love,


सबै जनाले मेरो यो पहिलो प्रयास मन पराइदिनु भएकोमा धन्यवाद।


हाम्रो समाज नै त्यस्तै छ, महिलालाई कहिलै पनि माथि उठ्न दिदै दिदैन ।


 
यो त एउटा उदाहरण मात्र मैले कथाको रुपमा प्रस्तुत गरेकी हुँ ।यस्ता कथाहरु त कती छन कती हाम्रो समाजमा !


यो कथा हामी सबैले भने जस्तै सधैं कल्पनिक नै होस्। 



~सुफल


 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 200 days
Recommended Popular Threads Controvertial Threads
ANA and AJAY KUMAR DEV. RAPISTS CONVENTION
NRN card pros and cons?
TPS To F-1 COS
Trump’s “Big Beautiful Bill” is straight-up xenophobic class warfare. Let’s call it what it is.
2020 : Why No Trump !
Business Ideas in Nepal?
A legit Non-Profit organization "United For TPS Nepal "
Leave messages on US congressman's facebook to support TPS
legal Query for married nepali girl now have taken US citizenship
Democrat lies revealed
#MAGA#FAFO is delicious
TPS Sakiyo Tara Case is in Court.
मुद्दा हाल्छन होला र ?
Nepal TPS Extension Possible as Court Reviews Late Notice Issue
🛡️ Nepal TPS Holders: Don’t Panic About August 5 — DHS Screwed Up (Maybe on Purpose)
Nepal TPS Hearing: 9 Room, 19 Floor, 29 July
Medication from Nepal to USA
Tps decision coming or not nov 18
कोर्टमा जाँदा आइसले समात्ला भन्ने डर छ भने यस्तो गर्नुहोला
BREAKING: FEDERAL JUDGE ORDERS TRUMP ADMINISTRATION TO DELAY TERMINATION OF TPS HUMANITARIAN PROTECTION FOR 60,000 TPS HOLDERS WHO HAVE LIVED IN THE US FOR YEARS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters