[Show all top banners]

primeminister
Replies to this thread:

More by primeminister
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 पशुपतिका पुजारी रातभर रक्सी खाँदै डान्सरसँग: Source Mysansar.com
[VIEWED 11018 TIMES]
SAVE! for ease of future access.
Posted on 10-25-09 4:08 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 10-25-09 4:24 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 



पशुपतिका पुजारी रातभर रक्सी खाँदै डान्सरसँग


पशुपतिनाथ मन्दिरका दुई पुजारी (भण्डारी)हरू रातभर राजधानीका डान्स रेस्टुरेन्टमा झुम्ने गरेको आरोप लगाउँदै पशुपतिमा नयाँ पुजारी नियुक्ति संयुक्त संघर्ष समितिले हिजो पत्रकार सम्मेलन गरेको छ। पत्रकार सम्मेलनमा दुई पुजारी सानुबाबु भण्डारी र जितेन्द्र राजभण्डारी एक युवतीसित रेस्टुँरामा बसेको देखिन्छ। स‍ंघर्ष समितिले यो फोटो पशुपतिनाथ मन्दिरमा पूजा गर्न जाने एक भक्तले उनीहरुलाई चिनेर डान्स रेस्टुरेन्टमा खिचेको बताएको छ।


एउटा फोटोमा त चन्दन लगाएका पुजारीले युवतीलाई अ‍ंगालो मारिरहेको देखिन्छ। पशुपतिका भण्डारीहरु शुद्ध हुनुपर्ने मान्यता छ। उनीहरुले मासु, रक्सी, लसुन, प्याज जस्ता खानेकुराहरु खान हुँदैन। उनीहरु शुद्ध शाकाहारी हुनुपर्छ।


समितिका संयोजक ऋषिप्रसाद शर्माले पत्रकार सम्मेलनमा पशुपतिमा चढाइने दैनिक डेढ लाखदेखि दुई लाख रुपैयाँको भेटी सार्वजनिक नगरी मिलिजुली खाने भारतीय भट्ट र नेपाली भण्डारीहरुले रक्सी र वेश्यावृत्तिमा खर्च गरिरहेको आरोप लगाए।


उनले पवित्रताको नाममा अश्लीलता प्रदर्शन गर्ने भण्डारीलाई तत्कालै पुजारीका रूपमा काम गर्नका लागि रोक लगाउनुपर्ने माग गरे। भारतीय भट्ट र भण्डारीले पशुपतिनाथ मन्दिरमा बसेर गरिरहेका कुकृत्य नरोके आउँदा दिनमा पनि भण्डाफोर गर्दै जाने चेतावनी पनि उनले दिए।


सङ्घर्ष समितिले भारतीय पुजारीलाई पशुपतिबाट हटाई त्यहाँको भेटी सार्वजनिक गरी नेपाली पुजारीद्वारा पूजाआजा गर्ने व्यवस्था मिलाउन माग गर्दै आएको छ।


हिजो पुजारीको फोटो प्रमाण सार्वजनिक गर्दै पत्रकार सम्मेलन गरिए पनि आज राष्ट्रिय दैनिक अन्नपूर्ण पोस्ट र जनदिशाले मात्र यो समाचार छापेको छ। अन्नपूर्ण पोस्टलाई प्रतिक्रिया दिँदै फोटोमा देखिएका जितेन्द्र राजभण्डारीले ‘हिजो साँझ चाबहिलको एउटा डान्स रेस्टुराँमा घुम्न गएको हो तर खान गएको हैन’ भनेका छन्। रेस्टुराँ सञ्चालकले यी भण्डारीहरु नियमित ग्राहक भएकोले आफ्नो परिचय नखुलाउन भनेको पनि शर्मालाई उदधृत गर्दै समाचार छापिएको छ। जनदिशा दैनिकले फोटोसहित छापेको समाचारमा लेखेको छ- पशुपतिमा उठ्ने करोडौँको भेटी अधिकांश मूलभट्टले र बाँकी भण्डारीहरुले बाँडिचुँडी खान्छन्।


 


 
Posted on 10-25-09 7:07 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

la aba kaam payo patrakaar haru le ani nepal banda garne le

aba maobadi, mysansar ra aru newspaper haru lai 1/2 din ko lagi kaam pugyo

kun din aba pashupati ko mahadev nai dance restaurant ma jaane ho

 
Posted on 10-25-09 7:37 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

पशुपतिमा चढाइने दैनिक डेढ लाखदेखि दुई लाख रुपैयाँको भेटी सार्वजनिक नगरी मिलिजुली खाने भारतीय भट्ट र नेपाली भण्डारीहरुले रक्सी र वेश्यावृत्तिमा खर्च गरिरहेको....


 bheti @ 2lakhs/day = 73 000 000 per yr. Special occasions like Shivaratri, Balachaturdashi...aside.


I envy "These Bhandaris"


 
Posted on 10-26-09 12:01 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

kun din aba pashupati ko mahadev nai dance restaurant ma jaane ho

You should feel ashamed by saying such things. After all it is one of the most respectful temple in Nepal.
Last edited: 26-Oct-09 12:01 AM

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS to F1 Status.
TPS To F-1 COS
TPS Sakiyo Tara Case is in Court.
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
Nepal TPS decision
Need Help of IT consultancies
Any input on remote jobs(IT related or Sales or Marketing)?
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal Likely to Get 60-Day TPS Notice
Nepal TPS has been Extended !!!
नेपाल मा B. sc गरियो यहाँ फेरी ७० -८० क्रेडिट पढ्नु पर्ने भो
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
#MAGA#FAFO is delicious
What is the purpose of an F1 student visa in the U.S.?
NEPAL TPS IS GONE
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
Homeowner Charged renting to illegal migrants
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters