[Show all top banners]

neerman
Replies to this thread:

More by neerman
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 एजाइलम (शरणार्थी) सम्वन्धि अमेरिकी कानुनी व्यवस्था-विनोद रोका, एर्टनी एट ल, न्यूर्योक
[VIEWED 5318 TIMES]
SAVE! for ease of future access.
Posted on 07-01-10 8:56 AM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

एजाइलम (शरणार्थी) सम्वन्धि अमेरिकी कानुनी व्यवस्था-विनोद रोका, एर्टनी एट ल, न्यूर्योक


visit featured article of www.globenepal.com


Thanks


 
Posted on 07-01-10 2:45 PM     [Snapshot: 213]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

another one


 



अमेरिकामा आतंककारी गतिविधि र निर्दोष आप्रावासीहरु

न्युयोर्क - विनोद रोका
प्रकाशनको मिति ०१ जुलाई २०१० ०८:२३ बजे   |  ० वटा प्रतिक्रिया








आतंककारी गतिविधिमा संलग्न रहेका, रहने र रहन सक्ने विदेशीहरुलाई अमेरिकीमा प्रवेश गर्न नपाउने सूचिमा राखिएको छ । त्यसर्थ अमेरिकाको सुरक्षामा खतरा पुर्याउन सक्ने सभ्भावना भएका विदेशीलाई अमेरिकामा सामान्यतया प्रवेश दिइदैन । हाल अमेरिकामा आप्रावासीको हैसियतले बस्न पाउ भनि दिएका शरणार्थीहरुको निवेदनहरु जस्तो कि एजाईलम, पारिवारिक निवेदन र ग्रीनकार्ड सम्वन्धि निवेदनहरु यात खारेज गरिए यात धेरै समयदेखि मुलतवि (Security hold) मा इमिग्रेशनले राखेको छ ।



१९५० को रेफ्युजी कन्वेन्सन (Refugee Convention) र यस्को प्रोटोकलले पनि आतंकवारी गतिविधिमा संलग्न रहेका र त्यस्ता काम गर्नमा सहयोग र समर्थन गर्ने व्यक्तिहरुलाइ कुनै पनि राष्ट्रले आफ्नो राष्ट्रमा प्रवेश गर्न वा बस्ने अनुमति नदिने कानुनलाई मान्यता प्रदान गर्दछ । अमेरिकी अध्यागमन सम्वन्धी कानुनले पनि यहि सिद्दान्तलाई आत्मसात गरेको हो । तथापि सेप्टेम्बर २००१ मा भएको दृखद घटना पछि अमेरिकी अध्यागमन कानुनमा  आतंकवारी गतिविधिलाई बढी फराकिलो बनाइयो अमेरिकाको सुरक्षाको कारण देखाएर । ती कानुनहरु हुन US Patriot Act 2001 / Real ID Act 2005.]



यी संसोधित कानुनको व्यवस्था अनृसार कुनै विदेशी आतंकवारी गतिविधिमा संलग्न रहेको, संलग्नरत वा संलग्न रहने सम्भावना छ भन्ने विस्वास गर्नु पर्ने सामान्य जानकारी अमेरिकाको भिषा दिन पाउने अधिकारीलाई लागेमा अमेरिकामा प्रवेश गर्ने अनुमति दिइदैन । आतंकवारी गतिविधिमा संलग्न हुनु भन्नाले व्यक्तिले आतंककारी गतिविधि हो भन्ने थाहा जानकारी हुंदाहुदै वा सामान्यतया थाहा पाउनु पर्ने अवस्था रहदा रहदै पनि महत्वपूर्ण सहयोग अर्थात मेटरियल सर्पोट प्रदान गर्ने हो । यस्तो मेटरियल सर्पोट भन्नाले आतंकवारी गतिविधिमा संलन रहेकाहरुलाई सुरक्षित निवास,यातायात,संचार सेवा उपलव्ध गराउनु, पैसा दिनु, पैसा पठाउनु, जाली परिचयपत्र वा अन्य कागजता बनाइ दिनु, जुनसुकै किसिमका हातहतियार, विस्फोटक पदार्थ प्रदान गर्नु, तालीम दिनु आदि पर्दछन ।



आतंकवादी संस्था, समुहलाई पहिलो, दोश्रो र तेश्रो श्रेणीमा वर्गीकरण गरिएको छ । पहिलोमा हमास, अलकाइदा, लगायतका ४२ भन्दा बढी संगठनहरु छन भने दोश्रो श्रेणीमा नेपाल कम्युनिष्ट पार्टी माओवादी लगायतका विश्वभरीका ५९ वटा संगटनहरु पर्दछन । तेश्रो श्रेणीमा भने कानुन बमोजिम नतोकिएका संगठनहरु पर्दछन । त्यस्ता संगठन भनेको दुइ वा दुइ भन्दा बढी व्यक्तिहरु संलग्न रहेको संगठन वा समुह वा यस्का भातृ संस्थाहरु हृन जो आतंकवारी गतिविधिमा संलग्न रहेका थिए वा छन ।



तेश्रो श्रेणीको आतंकवारी संगठन भित्र अमेरिकी सरकारले समर्थन र सहयोग गरेका समृहहरु, जस्तो कि फिडेल कास्त्रोको विरोधमा क्युवामा भएको आन्दोलनमा संलग्नरत समुह, सैनिक सासनका विरुद्दमा बर्मामा भएको विद्रोही गतिविधि, भियतनामको लडाइमा अमेरिकी सरकारलाई समर्थन र सहयोग गर्ने बिद्रोही समुह, सद्दाम हुसैनलाई सत्ताच्युत गर्न सघाउने इराकका विद्राही समृह र त्यस्मा सहयोग गर्ने व्यक्तिहरु पनि आतंकवारी गतिविधिमा संलग्न रहेको सूचिमा पर्दछन । नेपालको परिप्रेक्ष्यमा हेर्दा राणा र पंचायती सासनको विरोधमा आन्दोलनमा संलग्न रहेका नेपाली कांग्रेस, कम्युनिष्ट र अहिलेका अनगिन्ती विद्रोही समुहहरु पनि तेश्रो श्रेणीको सूचिमा पर्न सक्दछन । तसर्थ यस्ता संगठनहरुसंग विगत,वर्तमान र भविष्यमा संलग्न रहेका,रहीरहेका र रहन सक्ने सम्भावना रहेका व्यक्तिहरु अमेरिकाको सुरक्षामा खतरा पुर्याउन सक्दछन भनेर हाल इमिग्रेशनले त्यस्ता विदेशीहरुले वा निजका परिवारका सदस्यले अमेरिकामा बस्न वा पस्न अनुमति पाउ भनि दिएका निवेदनहरु इमिग्रेशनले होल्ड पोलिसि अनुरुप निर्णय नगरी मूलतवीमा राखेको छ ।



२००१ को घटना पछि कानुनमा थप गरिएको यो व्यवस्थाले गर्दा जीउज्यानको सुरक्षामा खतरा परि  बाध्यताबस  आतंकवादी गतिविधमा लागेका वा लाग्ने सम्भावना रहेका संगठनलाइ  कुनै पनि किसिमको सहयोग पुर्याइएको रहेछ भने पनि त्यस्ता विदेशी अमेरिका प्रवेशको लागि अयोग्य मानिन्छन भने अर्को तर्फ निरंकुश शासकहरुको विरुद्दमा अमेरिकाले नै समर्थन र सहयोग पुर्याएको समुहमा संलग्न रहेर काम गरेका वा सहयोग गरेको व्यक्ति पनि आतंकवादी गतिविधमा संलग्न रहेको  वात लागि अमेरिकामा प्रवेश गर्न नपाउने वा होल्ड पोलिसी अन्तर्गत अनिश्चित कालसम्म इमिग्रेशनले सेक्युरिटीको आधार देखाइ दिएको निवेदनमा कार्वाही गरेको छैन ।



२००१ को घटनापछि कानुनमा थप गरिएको यो कानुन अति नै फराकिलो खालको भएको हुंदा प्रजातान्त्रीक तरिकाबाट सत्ता परिवर्तन गर्न नचाहाने तानाशाहको विरुद्धमा न्यायोचित मागको लागि हुने वा भएका आन्दोलनमा संलग्न रहेका व्यक्तिहरु पनि यो कानुनको परिधि भित्र पर्दछन । किनकी तेश्रो श्रेणीमा कुन कुन संगठनहरु पर्दछन भनि कानुनमा किटान नगरिएको हुंदा समृहको गतिविधिको आधारमा निर्णयकर्ताले जसलाई पनि प्रवेश गर्न रोक लगाउन सक्दछ सुरक्षाको कारण देखाएर ।



यो कानुनी व्यवस्थाले गर्दा हाल १८ हजार भन्दा बढी रिफ्युजी र एजाइलीहरुलाई असर परिरहेको छ भने ८ हजार भन्दा बढी निवेदनहरु इमिग्रेशन अफिसमा अनिश्चित समय सम्मका लागि सेक्युरिटी होल्डमा राखिएको अनुमान गरिन्छ । यो कानुन अति नै फराकिलो भएको कुरा अमेरिकी कांग्रेसमा पनि उठ्ने गरेको पाइन्छ । धेरैले यसको बिरोध पनि गरेका छन । एक जना इमिग्रेशन अदालतका न्यायाधिशले त यो कानुन अति नै फराकिलो भएको हुंदा न्यायोचित छैन, किनकी अमेरिका कै इतिहासमा पनि प्रजातान्त्रीक रुपबाट परिवर्तन हुन नचाहाने सरकारलाई हातहतियार उठाएर विद्रोह गर्नु परेको देखिन्छ ।



आतंककारी गतिविधिमा संलग्न रहेको समुहलाइ मेटरियल सर्पोट प्रदान गर्नको आधारमा अनिश्चित कालसम्मका लागि सेक्यरिटी होल्डमा राख्न पाउने अधिकार इमि ग्रेशन अफिसलाई छैन तसर्थ न्यायोचित समय भित्रमा निवेदनको किनारा लगाउन आदेश पाउं भनि असर परेका पक्षहरुले आ आफ्नो क्षेत्रमा पर्ने अमेरिकी फेडरल कोर्ट समक्ष दिएको मेण्डामसको निवदेनमा प्रतिवाद गर्दा इमिगे्र शन अफिसले यो अधिकार प्रयोग गर्दा अदालतले हस्तक्षेप गर्न सक्दैन भनि प्रतिवाद गरेपनि कतिपय फेडरल डिष्ट्रिक कोर्टहरुले इमिग्रेशनको प्रतिवादलाई नमानी अदालतले यो विषयमा पुनरावलोकन गर्न पाउने अधिकार राख्दछ भनि आदेश गरेका छन । यद्यपि अदालतले यस्ता निवेदनमा अन्तीम आदेश गर्दा इमिग्रेशन अफिसले अनिश्चित कालसम्म सेक्युरिटी होल्डमा राख्न मिल्दैन अत उचित समय भित्र निर्णय गर्नु भनि आदेश दिएको अवस्थामा पनि इमि ग्रेशनले अन्तिम निर्णय गर्दा व्यक्तिले अमेरिकीमा प्रवेशको सुविधा पाउने किसिमले नै गर्ला भन्ने कुनै निश्चित छैन र हराउन पनि सक्दछ । यदि हरायो भने पुन पक्षले मुद्दामा संलग्न रहनु पर्ने हुन्छ ।



अत यो समस्याको दीर्घकालीन समाधान भनेको तेश्रो श्रेणीको आतंककारी गतिविधिलाई स्पष्ट हुने किसिमले परिभाषा गर्ने र पहिलो र दोश्रो श्रेणीका आतंककारी गतिविधिमा लागेको भनि किटान गरिएका र तेश्रो श्रेणीका गतिविधिको आधारमा आतंककादी भनेर अर्थ्याउन मिल्ने समुहलाई व्यक्तिले कस्तो परिवेश र परिस्थितीमा सहयोग पुर्याउनु परेको हो भन्ने तथ्यको बस्तुगत रुपबाट मूल्यांकन गरी इमिग्रेशनको सुविधा प्रदान गर्न अधिकार पाएका अधिकारीले नै  निर्णय गर्न पाउने अधिकार कानुनले प्रदान गर्नु पर्दछ । जस्ले गर्दा सम्वन्धित व्यक्ति आतंककारी गतिविधिमा आफनो स्वइच्छाले लागेको हो वा होइन ? या व्यक्ति संलग्न रहेको समुहले गरेको गतिविधि आतंककारी गतिविधि भित्र पर्दछ कि पर्दैन ? भनि सम्वन्धित अधिकारीले वस्तुनिष्ठ आधारमा निर्णय गरी व्यक्तिलाई अमेरिकीमा प्रवेश गर्न अनुमति दिन सक्ने अधिकार प्रदान गरिएमा अध्यागमन कानुनको सुविधा प्रदान गर्न पाउने अधिकारीले माफी दिइ व्यक्तिलाई अमेरिकामा पस्न र बस्न पाउने सुविधा चाडै दिन सक्दछ । तसर्थ जबसम्म यो फराकिलो अर्थ दिने कानुनी व्यवस्थामा सुधार हुंदैन, तवसम्म आतंककारी गतिविधिको फराकिलो अर्थ दिने कानुनी ब्यवस्था र वेभर दिन पाउने अधिकार न्यायाधिश र शुरुको निर्णय दिन पाउने अधिकारीलाई समेत नहंदा आप्रावाशीहरुलाई अमेरिकाको सुरक्षामा खतरा हुन सक्छन भनि दिएका निवेदन सेक्युरिटी होल्डको कारण देखाएर अनिस्चित कालसम्म त्यस्ता मुद्धाहरु होल्ड वा मुल्तवीमा राखिने वा अमेरिकामा पस्न र बस्न नपाउने गरि दिएका निवेदनहरु अस्वीकार गरिन सक्ने सम्भावना रहन्छ ।
    



(प्रस्तृत लेखमा एजाइलम सम्वन्धी अमेरिकी कानुनी व्यवस्थाको बारेमा सामान्य जानकारी गराउनेसम्मको ध्येय राखिएको छ । तसर्थ एजाइलमको निवेदन गर्नुपर्दा कानुन व्यवसायीको सल्लाह लिनु नै उचित हृन्छ ।)



(तपाईको कुनै कानुनी समस्या भए निशुल्क कानुनी सल्लाहको लागि कानुन व्यवसायी विनोद रोकालाई उहांको कार्यालयको फोन ७१८ ६०६ ९७३३ वा binodlawnyc@gmail.com, www.binodlaw.com मा सम्पर्क राख्न सक्नुहुने छ ।)


 
Posted on 07-02-10 12:39 AM     [Snapshot: 441]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Can anybody summarize this story! Don't feel like reading all this crap.. 

 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
TPS to F1 Status.
Nepal TPS has been Extended !!!
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Nepal TPS decision
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS Sakiyo Tara Case is in Court.
Supreme Court allows Trump to end TPS for Venezuelans
#MAGA#FAFO is delicious
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Any input on remote jobs(IT related or Sales or Marketing)?
Nepal Likely to Get 60-Day TPS Notice
मुद्दा हाल्छन होला र ?
TPS cancel bho bhane k garne?
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters