[Show all top banners]

Archu9
Replies to this thread:

More by Archu9
What people are reading
Subscribers
:: Subscribe
Back to: Kurakani General Refresh page to view new replies
 यौनजीवनमा उमेर भिन्नताको प्रभाव.....
[VIEWED 14887 TIMES]
SAVE! for ease of future access.
Posted on 04-14-11 4:51 PM     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

अधिकांश पुरुष आफूभन्दा कम उमेरका युवतीसित विवाह गर्न रुचाउँछन् भने युवतीहरूको विवाह उनीहरूको उमेरभन्दा बढी उमेरका पुरुषसित हुन्छ । हाम्रो सामाजिक परिवेशमा यही चलनलाई नै प्राथमिकता दिइएको पाइन्छ, तर श्रीमान-श्रीमतीबीच उमेरको  भिन्नता कति हुनुपर्छ भन्ने कुरामा न त युवायुवतीको ध्यान जाने गरेको पाइन्छ न त उनीहरूका अभिभावकको नै । भविष्यमा गएर त्यही उमेर भिन्नताले उनीहरूको यौन जीवनलाई प्रभावित तुल्याँउछ । महिला-पुरुषको यौन जीवनको सफलता उनीहरूको  आपसी तालमेलमै निर्भर हुन्छ । यद्यपि यौन सम्बन्धमा उमेरको पक्षलाई पूर्ण रूपले बेवास्ता गर्न भने सकिँदैन ।

कुन हो सही उमेर ?

यौन विशेषज्ञहरूका अनुसार यौनमा उत्तेजनालाई एउटा निश्चित उमेर सीमामा बाँध्नु गलत हुन्छ, किनभने यो व्यक्ति विशेषको इच्छामा भर पर्ने कुरा हो र यो दम्पत्तीको आपसी समझदारीमाथि नै निर्भर गर्छ । उमेरअनुसार हेर्ने हो भने पुरुषको यौन इच्छा र  यौन शक्ति १६ देखि २७-२८ वर्षको उमेरसम्म चरम सीमामा हुन्छ भने महिलाहरूमा यौन इच्छा २५ देखि ३५ वर्षको उमेरमा चरम सीमामा रहन्छ ।

कति ग्याप हुनु ठीक ?

यौनविशेषज्ञहरूका अनुसार श्रीमान-श्रीमतीकाबीच २-३ वर्षको अन्तर राम्रो हुन्छ । त्यसभन्दा बढी अन्तरले यौन जीवन प्रभावित हुने सम्भावना हुन्छ । उदाहरणका लागि यदि विवाहका बेला युवकको उमेर ३० वर्ष र युवतीको उमेर २१ वर्ष छ भने विवाहको  सुरुवाती ४-५ वर्षसम्म कुनै समस्या हुँदैन तर जब पुरुष ४० वर्षको हुन्छ र महिलाले ३० वर्षको उमेर पार गरिरहेकी हुन्छिन् तब यौन जीवनमा समस्या देखा पर्न सक्छ । कारण उमेरको यो अवस्थासम्म पुग्दा-पुग्दै पुरुषको यौनसक्रियता पहिलेजस्तो रहँदैन भने  महिलाहरू त्यतिबेला यौनका दृष्टिकोणले बढी सक्रिय हुन्छन् । यस स्थितिमा एकअर्कालाई सन्तुष्ट गर्न समस्या आउँछ । विशेषज्ञहरूका अनुसार विवाहको तीन वर्षपछि नै श्रीमान-श्रीमतीले आफ्नो यौन जीवनलाई वास्तविक आनन्द अनभुव गर्न थाल्छन् । यति  समय एकअर्कालाई बुझ्न तथा महिलालाई परिपक्व हुन पनि लाग्छ । 

पुरुष उमेरमा जेठो भए

यदि श्रीमान्को उमेर धेरै बढी भए, उनीहरूको यौनचाहनाले मेल नखान सक्छ । कारण विवाहको सुरुवाती वर्षमा महिलालाई यौनभन्दा बढी भावनात्मक सुरक्षा र प्रेमको आवश्यकता पर्छ, जबकि उमेरले जेठो पुरुषले यौनसन्तुष्टिमा बढी जोड दिन्छ । यस  स्थितिमा पुरुष यदि महिलालाई भावनात्मक सहयोग दिन असमर्थ भयो भने महिलाले उक्त पुरुषसित आफ्नो आत्मीयता र लगाव महसुस गर्न सक्दिनन् । फलस्वरूप उनीहरूको यौन जीवन त्यति रोमान्चक हुँदैन र विवाहको केही वर्षपछि जब महिला यौनका द ृष्टिकोणले सक्रिय हुन थाल्छिन् र श्रीमानको नजिक हुन चाहन्छिन् तब बढ्दो उमेरका कारण पुरुषको यौनइच्छा घट्न थालिसकेको हुन्छ ।

महिला उमेरमा जेठी भए

यदि श्रीमतीको उमेर बढी भए उनीहरूबीचको अवस्था थोरै फरक हुन्छ । बढी उमेरमा महिला यौन र भावनात्मक रूपमा परिपक्व हुन्छन् र उनीहरू आफ्नो यौनसाथीलाई सन्तुष्ट राख्न सक्छन् । यस प्रकारको सम्बन्धमा पुरुषले पनि महिला यौनसाथीलाई  सन्तुष्ट राख्न सक्छन्, अतः दम्पती आफ्नो यौनजीवनलाई सन्तुष्ट तुल्याउन सक्छन् ।

यदि दुवैको उमेर बराबर भए

यदि श्रीमान-श्रीमती दुवैको उमेर समान भए वा दुवैको उमेरमा धेरै अन्तर नभए उनीहरूको यौन जीवन धेरै राम्रो र सुमधुर हुन्छ । दुवैको आवश्यकता र चाहना एक समान हुन्छ त्यसैले दुवैले एकअर्कालाई सन्तुष्ट राख्न सक्छन् ।

उमेर र यौन

 १४ देखि २१ वर्षको उमेरसम्म यौनसँग सम्बन्धित रसायन उच्च अवस्थामा हुन्छ । यसबेला सबैभन्दा बढी शारीरिक परिवर्तन हुन्छ । २१ देखि २८ वर्षको उमेरसम्म यौन क्षमता र इच्छा सबैभन्दा बढी हुन्छ । प्रायः युवायुवतीको विवाह यही उमेरमा हुन्छ । २८  देखि ३५ वर्षको उमेर नै यौनका लागि सर्वोत्कृष्ट समय हो । यस बेला सबै जोडी यौन जीवनको सबैभन्दा बढी आनन्द अनुभव गर्छन् । ३५ देखि ४१ वर्षको 

उमेरसम्मको समयमा बढ्दो तौल र बिमारीका कारण बिस्तारै यौनप्रतिको रुचि कम हुन थाल्छ । ४२ देखि ४९ वर्षको उमेरमा यौन इच्छा तीव्र रूपमा कम हुन पुग्छ । महिलाहरूमा यौनअनिच्छा र पुरुषमा सक्रियताको स्तरमा कमी आउनाले यौन इच्छामा कमी  आउन थाल्छ । ४९ वर्षको उमेरपश्चात् व्यक्तिविशेषको इच्छा र फिटनेसमा उसको यौन जीवन निर्भर हुन्छ । यदि व्यक्तिले स्वयंलाई शारीरिक एवं मानसिक रूपलाई फिट राख्छ भने उसले लामो समयसम्म यौन जीवनको आनन्द उठाउन सक्छ ।
 
Posted on 04-14-11 5:52 PM     [Snapshot: 99]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 nice one! kaha bhetiyo ho yesto article? 
bhanepachhi maile aba umermildo keti khojnuparo hoina ta jhyaai paarnalai? 
 
Posted on 04-15-11 7:42 AM     [Snapshot: 374]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tayhi ta Drkancho khoj hala Ani chadai jhayi para
 
Posted on 04-15-11 10:06 AM     [Snapshot: 484]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

This idea about age 49 being the end of one's sex life sounds antiquated.  Maybe this was true back when the life expectancy was very short.  Yes yes?
 
Posted on 04-15-11 10:09 AM     [Snapshot: 488]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Archu nani,

Timro Umer kati bhayo? match garam ki bhanera ni.... cheers
 
Posted on 04-15-11 10:39 AM     [Snapshot: 523]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 @Archu 
bihe ta garne bhanya ho kere, yo amrika bhanne thaam ma keti paunai muskil pardo ra'chha! khairi bihe garam bhane hajuraamale bhanya samjhinchhu - "khairi ta bihe nagar hai baabu, dukha pauchhas. baru hatti palna sajilo hola, khairi palna muskil parchha" bhanthin ghar chhodne belama 
yahaka nepali keti patyainasaknu huda raichhan (sajhama aayedekhi dherai jandai chhu) - dui tharika keti tannai raichhan:
- lamkhutte jasta : jas jaslai bhetyo tyasailai chusne, tirkha metne, ani baato lagne
- churot ka thuta jasta: arue sabai use garisakera filter matra baaki raheka

yi bahek ka saddhe keti bhettauna tapasyanai garnuparla jasto chha! 


@khumbule
naani ta bhaneu baa, bhare umerle aunti parlin ni! 

 
Posted on 04-15-11 12:43 PM     [Snapshot: 635]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

yo Viagra Siagra banako k kaam ta
 
Posted on 04-15-11 1:32 PM     [Snapshot: 691]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

There is Viagra, do not worry about it.

 
Posted on 04-15-11 5:25 PM     [Snapshot: 815]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina khumbele bro Archu bhannay bitikai kaytinai Kasari guess hanay ko ho ? Pattu liyera future hernay business cha jasto lagyo bro ko malai :p
 
Posted on 04-15-11 9:20 PM     [Snapshot: 905]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 viagra 60 barsa nageka budha-budhilaai ani erectile dysfunction bhaka hamra mitraharulai....haha
 
Posted on 04-16-11 7:54 AM     [Snapshot: 1053]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 
 
Posted on 04-16-11 1:30 PM     [Snapshot: 1176]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Archu did you got this knowledge working with those guys? 

 
Posted on 04-16-11 1:42 PM     [Snapshot: 1189]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Tuccha Syanjali dimag. Tero ta treatment nai garnu parnay rahay cha. I get this knowledge from your mom. Coz she can't Handel it any more. Now stop barking over here.
 
Posted on 04-16-11 1:57 PM     [Snapshot: 1199]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Yes, I thought so about you, why did you drag me? You did not think about that? Now you feel sorry on my comment. It is a simple question is that how you learn or you research?

 
Posted on 04-16-11 2:05 PM     [Snapshot: 1211]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Hoina yo jatho janmanay bayla yesko baulay khursani Dali Dali thokay ko thiyo jasto cha yesko AMA lai Kati saro jiray khursani jasto piro rahay cha jatho ta afnu bato
 
Posted on 04-16-11 2:06 PM     [Snapshot: 1212]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

 sajhama syanjaali ra paataki le nihu khojna bahek aru kehi garna jaanya rainchhan! gundruk dekhi liyera sex samma, kehi baaki narakhne bhaye yinle! 
 
Posted on 04-16-11 2:06 PM     [Snapshot: 1215]     Reply [Subscribe]
Login in to Rate this Post:     0       ?    
 

Lagnnu ni khurruka lagay ra ?
 


Please Log in! to be able to reply! If you don't have a login, please register here.

YOU CAN ALSO



IN ORDER TO POST!




Within last 90 days
Recommended Popular Threads Controvertial Threads
Conservative discussions
TPS To F-1 COS
Homeland Security revokes temporary status for 532,000 Cubans, Haitians, Nicaraguans and Venezuelans
Nepal TPS has been Extended !!!
Nepal TPS decision
Got my F1 reinstatement approved within 3 months(was out of F1 for almost 2 years)
ICE kidnapping people off the streets over op eds
Has anyone here successfully reinstated to F-1 status after a year-long gap following a drop from F-1?
महँगो अण्डाको पिकल्प : कुखुरा र खोर भाडामा लिने
US citizen Petitioning my wife who was out of status when she was in H1B. What to do ?
TPS to F1 Status.
TPS of Nepal to be automatically extended for 6 months based on South Sudan decision
Genuine Question.... Why so many folks still in TPS after 10 years. Is the statistics wrong?
What is the purpose of an F1 student visa in the U.S.?
Please ask KRISTI NOEM in her facebook and other social media to renew TPS
#MAGA#FAFO is delicious
Any input on remote jobs(IT related or Sales or Marketing)?
Don’t Just Read—Join the Conversation
Supreme Court allows Trump to end TPS for Venezuelans
Nepal TPS
NOTE: The opinions here represent the opinions of the individual posters, and not of Sajha.com. It is not possible for sajha.com to monitor all the postings, since sajha.com merely seeks to provide a cyber location for discussing ideas and concerns related to Nepal and the Nepalis. Please send an email to admin@sajha.com using a valid email address if you want any posting to be considered for deletion. Your request will be handled on a one to one basis. Sajha.com is a service please don't abuse it. - Thanks.

Sajha.com Privacy Policy

Like us in Facebook!

↑ Back to Top
free counters